दुर्घटनामा परी शिशुको मृत्यु
२९ चैत्र २०७८
•
१ मिनेट पाठ
दुर्घटनामा परी शिशुको मृत्यु
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोकमा मंगलबार भएको दुर्घटनामा परी चार महिनाकी शिशुको मृत्यु भएको छ।

काभ्रेको साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नं.को मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने लोसाङ डोल्मा तामाङको मृत्यु भएको हो।

मृतकका बुवा २२ वर्षीय बुद्ध तामाङ र पछाडि सवार निजकी श्रीमती २१ वर्षीया सुस्मिता तामाङ घाइते भएका छन्। मृतक शिशुका आमाबुवालाई उपचारको लागि डा.इवामुरा अस्पताल सल्लाघारी लगिएको थियो हाल उनीहरुको डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

सोही घटनामा गम्भीर घाइते भएकी निजहरुकी ४ महिनाकी छोरी लोसाङ डोल्मा तामाङलाई उपचारको लागि जिल्लाकै सिद्धि स्मृति अस्पताल लगि प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
अर्को समाचार
मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान
२७ असोज २०७६
•
४ मिनेट पाठ
मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान
सिन्धुपाल्चोक - पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ। इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनीता तामाङ गम्भीर घाइते भएकी थिइन्। उनको पेटमा सात महिनाको शिशु थियो। दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो।

दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको थियो। अस्पतालमा पुग्दा चिकित्सकले गर्भको शिशुको ज्यान गइसकेको घोषणा गरेका थिए। औषधि सेवनले मात्र मृत शिशु घाइते आमाको कोखबाट प्राकृतिक तवरले बाहिर निस्कन नसक्ने बताउँदै चिकित्सकले शल्यक्रिया गर्न सुझाएको उनका काका अमर तामाङले बताए। ‘शिशु त बितिसक्यो। आमालाई बचाउन तत्काल अप्रेसन गर्नुपर्छ,’ चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने, ‘अप्रेसनबाट बच्चा निकाल्दैमा आमालाई बचाउन सकिन्छ भन्ने छैन। तैपनि प्रयास गर्छौं।’ परिवारले स्वीकृति जनाएपछि चिकित्सक टोलीले जोखिम मोलेको उनले जानकारी दिए। शल्यक्रियापछि दुई घण्टा बेहोस भएकी सुनिताको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

‘उनी (सुनिता) गम्भीर घाइतेको सूचीमा छिन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले भने। इन्द्रावती–९ भोटसिपाकी उनी दसैं मनाएर राजधानी फर्कंदै गर्दा दुर्घटनामा परेकी थिइन्। उनको टाउको र पेटमा चोट लागेको थियो। टाउकोको चोटले उनको आँखामा असर पु¥याएकाले अर्को शल्यक्रिया गर्न चिकित्सकले सुझाएको काका अमरले बताए। अस्पतालले मृत शिशुको शनिबार पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको थियो। बडहरे बस दुर्घटनामा चालकसहित ११ को ज्यान गएको थियो भने एक सय ६ यात्रु घाइते भएका थिए।

बाह्रबिसे नगरको पाँच लाख रुपैयाँ सहयोग

बडहरे बस दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारलाई बाह्रबिसे नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ। पालिकाको विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई सहायता रकम प्रदान गरिने नगर प्रमुख निमफुन्जो शेर्पाले बताए।

‘विपद् सबैतिर आइपर्छ। छिमेकमा आएको बिपद्मा एकले अर्को स्थानीय तहलाई सघाउने असल परम्परा बसाल्न खोजेका हौं,’ उनले भने। छिट्टै कोषको बैठक बसी निर्णय गरेर घोषित रकम प्रदान गर्ने उनले जानकारी दिए। स्थानीय सरकार आर्थिक रूपमा सबल भइनसकेकाले दुःखमा सघाउनु कर्तव्य ठानेको उनको भनाइ छ। यसअघि बस दुर्घटना भएको इन्द्रावती गाउँपालिकाले मृतकका परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस