इलाम—एसएलसी उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययननिम्ति कलेज रोजी छाडी गर्नेक्रम सुरु भइरहँदा अनुत्तीर्ण विद्यार्थी भने निराश छन्। तर एकपल्ट असफल हुँदैमा उनीहरुले निराश भइहाल्नुपर्ने अवस्था छैन।
एसएलसी उत्तीर्ण नभए पनि अध्ययनमा मेहेनत गर्ने विद्यार्थीलाई प्राविधिक शिक्षाले पर्खिरहेको छ। सस्तो शुल्क तिरेरै पढ्न सकिने प्राविधिक शिक्षाले रोजगारीसमेत सिर्जना गर्ने पर्याप्त आधार छ। एसएलसीमा अड्किएका विद्यार्थीका लागि २९ महिने पाठ्यक्रम सान्दर्भिक देखिन्छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा सञ्चालित 'सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा' कार्यक्रम ७३ जिल्लामा चल्दैछ। ती जिल्लाका एक-एक विद्यालयमा यस्तो पढाई हुन्छ। कृषिमा जेटिए, कम्प्युटरमा आइटी, स्वास्थ्यमा अनमी, पशुमा भेटनरी आदि पाठ्यक्रम समेटिएको पढाई २९ महिनामा पूरा हुन्छ। विद्यालय गाउँमा सञ्चालित भएकाले एसएलसी अनुत्तीर्ण विद्यार्थीले थोरै खर्चमै रोजगारमूलक पाठ्यक्रम पूरा गर्नसक्छन् ।
सिटिइभिटीका एक्सान्सन युनिट प्रमुख जीवनारायण भण्डारीका अनुसार, एसएलसी अनुत्तीर्ण भई हतास हुनुभन्दा २९ महिने पाठ्यक्रम पढ्दा अवसरका थुपै्र बाटा सिर्जना हुन्छन्। 'मुलुकमा धेरै पढेर धेरैवटा प्रमाण पत्र हासिल गर्ने विद्यार्थी अत्यधिक छन् तर व्यवसायिक सीपमा दक्षता हासिल गर्ने थोरै' भण्डारी भन्छन्, 'शैक्षिक ज्ञानको प्रमाण पत्रभन्दा व्यवसायिक सीपको प्रमाण पत्र छिटो बिक्ने हुँदा २९ महिने पाठ्यक्रम उपलव्धिमूलक छ।'
भूकम्पपछि पुननिर्माणमा दक्ष जनशक्तिको खा"चो देखेर सिटिइभिटीले नै तीन सय ९० घण्टा अर्थात् तीन महिनाको छोटो पाठ्यक्रम पनि तयार पारेको छ । स्थानीय आवश्यकतामा आधारित दर्जनौ विधामा त्यो तालिम दिइन्छ । एसएलसी नाघ्न नसकेका विद्यार्थी लक्षित उक्त पाठ्यक्रमअन्तर्गत इलेक्ट्रिकल मेकानिक्स, प्लम्वरदेखि मेसन कार्पेन्टर र स्काप होल्डरसम्म तयार पारिन्छ । भण्डारी भन्छन्, 'छोटो अवधिको सीपमूलक तालिमले पनि धेरै विद्यार्थीलाई रोजगारी मिल्छ ।'
उच्च शिक्षा लिने वञ्चित विद्यार्थीलाई शिक्षा मन्त्रालयको इभेन्ट परियोजनाले पनि सीपमूलक पाठ्यक्रम तयार पारि अध्ययनको अवसर दिइरहेको छ । सिटिइभिटीकै स्किल डेभलपमेन्ट परियोजनाले ४५ हजार विद्यार्थीलाई सीपमूलक तालिम दिई दक्ष जनशक्ति बनाउने लक्ष्य राखेको छ । पा"च बर्षे परियोजनाअन्तर्गत अहिलेसम्म १८ हजारले तालिम लिइसकेको जनाउ"दै भण्डारीले भने, 'त्यो तालिम जसले दत्तचित्त भएर लिएको हुन्छ, उसले रोजगारी पाउन र व्यवसाय गर्न सजिलो हुन्छ ।'
पशु विज्ञानमा अवसर
सिटिइभिटीद्वारा इलामको जितपुरस्थित जितपुर उच्च माविमा सञ्चालित छ– पशु विज्ञान पाठ्यक्रम । त्यहा" चार बर्षदेखि यसको अध्ययन अध्यापन भइरहेको छ । 'सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा' कार्यक्रमअन्तर्गत इलामसहित पा"च जिल्लाका पा"चै उच्च माविमा पशु विज्ञान पढाई हुन्छ । खेतीपाती र पशुपालनमा निर्भर किसानको संख्या अधिक भएको मुलुकमा पशु विज्ञान अध्ययन गर्नेले बेराजगार बस्नुपर्दैन ।
उच्च माविका प्रधानाध्यापक खडानन्द अधिकारीका अनुसार, यसपल्टदेखि एसएलसी अनुत्तीर्ण विद्यार्थीलाई पनि पशु विज्ञान अध्ययन गर्ने अवसर मिलेको छ । आगामी साउनमा खुल्ने प्रवेश परीक्षा उत्तीर्ण गरेको खण्डमा त्यहाँ भर्ना हुन पाइन्छ । भर्ना शुल्क १२ हजार र मासिक शुल्क पाँच सय रुपैया" तिर्नुपर्छ । ४० विद्यार्थीको कोटा रहेको उल्लेख गर्दै अधिकारीले एसएलसी अनुत्तीर्ण विद्यार्थीले निराश नभई पशु विज्ञान अध्ययन गरी रोजगारीको अवसर सुनिश्चित गर्न सल्लाह दिएका छन् ।
'एसएलसी परीक्षा बिग्रियो भनेर घोत्लिनुभन्दा प्राविधिक शिक्षामा भर्ना हुनु उपलव्धिमूलक हुन्छ' अधिकारी भन्छन्, 'ग्रामीण भेगको उच्च मावि भएकाले सस्तोमै पाठ्यक्रम पूरा गर्न सकिन्छ ।' सुरुमा एसएलसी उत्तीर्ण विद्यार्थी लक्षित पाठ्यक्रम भए पनि विद्यार्थी संख्या बढाउने उद्देश्यले यसैपल्टदेखि अनुत्तीर्णलाई अध्ययनको मौका दिन लागिएको हो। आगामी साउनदेखि सुरु हुने नया" शैक्षिक सत्रमा एसएलसी अनुत्तीर्ण विद्यार्थीसमेत भर्ना हुने अपेक्षा गरेको अधिकारीले बताए।
पाठ्यक्रमका स्थानीय संयोजक डाक्टर निशान्त शाहका अनुसार, अघिल्ला शैक्षिक सत्रमा नतिजा लोभलाग्दो आएकाले पनि पशु विज्ञानप्रति विद्यार्थीको आकर्षण हुनुपर्ने बताए । पहिलो बर्ष परीक्षामा सामेल ३४ विद्यार्थीमध्ये २७ उत्तीर्ण थिए । दोस्रो बर्ष १३ विद्यार्थीमध्ये १२ उत्तीर्ण भए । 'हाम्रो उच्च माविबाट ९६ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी छन्' शाहले भन्छन्, 'यसपल्ट एसएलसी अनुत्तीर्ण हुनेले पनि पशु विज्ञान पढेर स्थानीय आवश्यकतामा आधारित रोजगारी सिर्जना गर्न सक्छन् ।'
२९ महिने पाठ्यक्रम छिचोलेपछि गाउ"घरमै क्लिनिक खोल्नसक्ने र लोकसेवा आयोगको तयारी गर्न बाटो खुल्ने उल्लेख गर्दै शाह ग्रामीण भेगका घर घरमा पशुपालन गरिएकाले पनि बेरोजगार बस्न नपर्ने दावी गर्छन् । 'सुरुका तीन बर्ष पाठ्यक्रममा पशु विज्ञान मात्र पढाइन्थ्यो, यसपल्टदेखि कृषि वागवानी र माछा मौरीपालनसमेत पढाइन्छ' शाह भन्छन्, 'गाउँघरमा बाबु बाजेले गर्दै आएको पेशालाई व्यवसायिक रुपमा विस्तार गर्न र रोजगारीको बाटो पहिल्याउन पशु विज्ञान पढाई फाइदाजनक छ।'