काठमाडौं- ठूलो भूकम्प! त्यसपछिका निरन्तर पराकम्पन! आम नागरिक घरबाहिर! घरभित्रै जानु पनि कसरी! अब ठूला भूकम्प आउन्न नभनेसम्म जानुभन्दा नजानु राम्रो भनेर विज्ञले समेत सुझाइरहेका थिए। जसरी आम नागरिकलाई पराकम्पनको समयमा भित्र नगई पनि सुख थियो तर सबै पेसा र व्यवसायका मानिसले यसमा छुट पाउने अवस्था थिएन। त्यस्तै बाध्यात्मक सेवामध्ये थियो, स्वास्थ्य सेवा।प्राथमिक उपचार खुला चौरमै गर्न सकिए पनि सबै सेवा त्यसरी दिन सम्भव थिएन। जीवनरक्षाका लागि तत्काल आवश्यक पर्ने शल्यक्रिया, आइसियु भेन्टिलेटरजस्ता सेवालाई हल्लिएका र अवस्था अज्ञात रहेका भवनमा बस्नैपर्ने बाध्यता थियो। केही सेकेन्ड–मिनेटभित्र अस्पतालहरु घाइतेले भरिभराउ हुन थालिसकेका थिए। शनिबारको दिन थियो, अधिकांश स्वास्थ्यकर्मी र चिकित्सकको बिदा थियो।
विपत्ति एक्लै आउँदैन भन्ने नेपाली भनाइ सायद सार्थक हुँदैथियो। हजारौं घाइतेलाई समयमै उपचार दिन न संरचना तयार थिए, न औषधि, उपकरण र जनशक्ति। ठूलो संख्याका घाइते (मास क्याजुल्टी) आउँदा व्यवस्थापन गर्ने दीर्घकालीन सोच र योजनासमेत थिएन। यी दर्जनौं प्रतिकूलतका बीच यो महाविपत्तिलाई सम्हाल्ने क्रममा प्रशंसित भएका निकै कम क्षेत्रमध्ये थियो स्वास्थ्य क्षेत्र। यसको प्रमुख कारण थियो, स्वास्थ्य जनशक्तिमा विद्यमान सेवाभाव।
...
भूकम्प आउनु केही मिनेट अघिसम्म त्रिवि शिक्षण अस्पतालमा खासै चलहपहल थिएन। अस्पतालमा न्यून मात्रामा भर्ना गरिराखेका बिरामीका कुरुवा आकस्मिक ड्युटीमा रहेका जनशक्तिको मात्र केही चलहपहल थियो। भूकम्पको पहिलो धक्काको केहीबेरमै अस्पताल परिसर सेताकोटधारी (चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी)ले भरिएका थिए। अस्पतालका निर्देशक डा. दिपक महरा सम्भि्कन्छन्, 'भूकम्पपछि घरपरिवारलाई सम्हालेर विभागीय प्रमुखहरुलाई फोन गर्दै उनी अस्पताल पुग्दा अस्पताल परिसरभित्र रहेर एमबिबिएस विद्यार्थी, रेजिडेन्ट डाक्टर लगायत सयौं अन्य फ्याकल्टीका विद्यार्थी बिरामीको सेवामा जुटिसकेका थिए।'
त्यस्तै अनुभव छ, वीरका चिकित्सक डा. स्वयंप्रकाश पण्डितको। मेरो ड्युटी आज हैन, म जान सक्दिनँ भने कोही पनि जनशक्ति घरमै बसेको भए मृत्यु संख्या धेरै बढ्ने थियो। डा. पण्डित त चिकित्सा जनशक्तिजस्तै अस्पतालमा घाइते व्यवस्थापनमा लागेका आम सर्वसाधारणबाट पनि निकै प्रभावित भए। 'त्यतिबेला ओइरिएका भोलिन्टियर हेर्दा कुनै विपत्तिको व्यवस्थापनमा प्रत्येक जनतालाई तालिम दिएको देशजस्तै थियो,' त्रिवि शिक्षण, निजामती कर्मचारी र पाटनबाहेक भवनको भर भएका अस्पताल थिएनन्। तर पनि अस्पतालहरुले घाइतेको उपचारमा पहिला प्राथमिकीकरण गरेर घाइतेको अवस्थाका आधारमा हरियो, पहेँलो र रातोमा वर्गीकरण गरेका थिए। धेरै अस्पतालले कम जोखिम भएकालाई अस्पतालका चौर र अल्लि बढी जोखिम भएकालाई अस्पतालका प्यासेजमा राखेरसमेत उपचार दिएका थिए।
धेरै संघसंस्थाले विपत्तिका समयमा रगतको समेत अभाव हुने अनुमान गरेका थिए। तर त्रिवि शिक्षण अस्पतालले पुराना रक्तदातालाई अलर्ट गराउँदा मात्रै पनि करिब ६ सय पिन्ट ब्लड दुई दिनमै संकलन भएको थियो। 'पर्याप्त औषधि, अक्सिजन र इम्पान्ट थिएन, अहिलेको पुस्ताले यस्तो विपत्ति भोगेको पनि थिएन,' डा.पण्डितले भने। यतिसम्म कि वीर भवन भूकम्प प्रतिरोधी थिएन, धेरै बिरामी सो भवनमा जान डराइरहेका थिए। धेरै अस्पताल जस्तै वीरले पनि परिसरमा पाल राखेरै एकै दिन सयांै घाइतेलाई सेवा दिए। अहिलेसम्मको अवस्थामा अस्पतालहरु योजनामा रहेका शल्यक्रियामा मात्र बानी परेका अस्पतालले एकैपटक धेरै शल्यकक्षमा काम गर्नुपर्ने अवस्थालाई सम्हाले। 'पुरानो भवनमा ओटी कोही जानसक्ने अवस्था थिएन, ट्रमामा शल्यकक्ष सञ्चालनमा थिएन तर भवन बलियो थियो,' डा.पण्डितले सम्झे, 'ओटी लाइट, एनेस्थेसिया मेसिन, भेन्टिलेटर रातारात जोहो गर्न थालियो। त्यसपछि मात्र अपराह्नदेखि थप पाँच ओटी सञ्चालनमा ल्यायौं।'
राजधानीको ठूला सरकारी अस्पताल वीर, त्रिवि शिक्षण अस्पतालमा एउटा पक्ष निकै विपत्तिमा काम लाग्यो। ती दुवै संस्थामा विशेषज्ञ तहसम्मको पढाइ हुने भएकाले जनशक्ति व्यवस्थापन कठिन भएन। दुवै अस्पतालमा गरी करिब ५ सय रेजिडेन्ट (विशेषज्ञ) चिकित्सा पढ्दै गरेका जनशक्ति मात्र होइन, एमबिबिएस र अन्य विषय पढ्दै गरेकाले पनि स्वस्फुर्त रुपमा सकेको सेवा दिए। अर्को ठूलो अस्पताल पाटनले पहिलो दिनमै शल्यक्रिया गर्नुपर्नेबाहेकका अन्यलाई अस्पताल परिसरका बेडमा सुत्केरी गराउन थाल्यो। निर्देशक डा. पवन शर्माका अनुसार भोलिपल्टदेखि अस्पतालले नजिकैको फुटबल मैदानमा अर्को आपतकालीन फिल्ड अस्पताल बनाएर सेवा दियो।
निजी र सरकारी अस्पतालले गरी करिब २२ हजारभन्दा बढी घाइतेलाई सेवा थिए। जसमध्ये १४ सयभन्दा बढी घाइतेको मेजर शल्यक्रिया गर्नुपरेको थियो। चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीको अनुभवमा सरकारी अस्पतालको सेवा निकै प्रभावकारी बन्यो। उनले यति धेरै मान्छेलाई उपचार गर्दा गुणस्तरीय सेवाको चुनौतीमा समेत अस्पताल खह्रो उत्रिएको बताए। उनले भने, 'धेरै शल्यक्रिया गरेका बिरामीमा संक्रमण भएन। अस्पताल आइसकेकामा मृत्युदर पनि कमै भयो।' लोहनीले चिकित्सक, स्वास्थ्यकर्मी र नर्सलगायतले पेसागत धर्म नभुलेको बताए। 'पराकम्पन आइरहँदा पनि डाक्टरहरु बिरामी छाडेर भागेनन्, टेन्ट र पालमुनि सेवा जारी रह्यो,' उनले भने।
...
महाविपत्तिका समयमा स्वास्थ्य सेवाको केही वर्षअघि सुरु गरेको तयारी अपुरै थियो। तर मन्त्रालय परिसरमा आपतकाल स्वास्थ्य व्यवस्था केन्द्रको भवन थियो। यसबाट विपद व्यवस्थापनमा लाग्यो मन्त्रालय। मन्त्रालयले विपत्तिलाई लक्ष्य गरेर केही महिनाअघि मात्र २५ अस्पताललाई हब अस्पताल घोषणा गरेको थियो। चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीका अनुसार राजधानीको केन्द्रीय सरकारी अस्पताल र अन्य हब अस्पतालसँग पनि मन्त्रालयले पटकपटक बैठक गरेर विपत्तिमा कसरी काम गर्ने भनेर प्रशिक्षित गरेको थियो। हब अस्पतालको अवधारणा पूर्ण रुपमा लागु गरिसक्दा ५० शैयामाथिका सबै अस्पतालमा हुने बेड, जनशक्ति, उपकरण, सेवाको सम्पूर्ण स्टे्रन्थ मन्त्रालयमा रेकर्ड हुनुपर्छ। त्यो सिस्टमअनुसार जनशक्तिको रेकर्ड र कार्य वितरणसमेत भइसकेको थिएन। लोहनीले भने, 'तर पनि हब अस्पतालका कारण भूगोलका आधारमा घाइतेको स्थानीय रुपमा व्यवस्थापन गर्न सजिलो भयो।'
सरकारी अधिकारीहरुका अनुभवमा अधिकांश निजी अस्पतालले राम्रो सेवा दिए पनि निःशुल्क भनेपछि भवन चर्किएको बहानामा समेत केही अस्पतालले सेवा रोकेर हिँडेका थिए। चिकित्सकका अनुसार आपतकालीन अवस्थामा स्पष्ट निर्देशिका अभावमा धेरै जिल्लामा यस्ता विपत्तिमा अत्यावश्यक औषधि, इम्प्लान्ट, र अक्सिजनसमेत अभावको अवस्था आएको थियो। स्वास्थ्य सेवामा औषधि ढुवानी र छुट्टै हवाई एम्बुलेन्सको अभावसमेत विपत्तिका बेला खड्किएको थियो। 'औषधि स्टक थिएन, इम्प्लान्ट (शल्यक्रिया गरेका बिरामीमा राख्ने कृत्रिम अंग) को समस्या भयो, अक्सिजन पुगेन,' डा. लोहनीले थपे, 'जनशक्ति कमी नभए पनि संकट पर्योी।' लोहनीले सरकारी अधिकारीले यस्तो सामग्रीको गोदाम चहारेरै व्यवस्थापन गरेको बताए।
विज्ञहरुले यसपटकको विपत्तिले अस्पताल भवन भत्किएर क्षति नगराए पनि ठूला अस्पतालकै भवन भरोसायोग्य भने नभएको देखाएको छ। बढी प्रभावित जिल्लाका अधिकांश अस्पताल र स्वास्थ्य संरचना ध्वस्त भएको स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार भूकम्पले १४ जिल्लाका ४ सय ५० भवन पूर्ण रुपमा क्षति भएका छन् भने ६ सय ५० भवन आंशिक क्षति पुगेको छ। डा. लोहनी स्वास्थ्यमा सबैभन्दा पहिलो आवश्यकता भनेकै बलियो संरचना भएको बताउँछन्। 'हब अस्पतालमा पर्याप्त मात्रामा औषधि, टेन्ट लगायत सामग्री पर्याप्त मात्रामा राख्नुपर्ने र तालिम पनि चाहिन्छ,' लोहनी थप्छन्, 'हाम्रो रिफरल सिस्टम पनि निकै व्यवस्थित बनाउँन बाँकी छ।'
विज्ञहरु प्रभावकारी स्वास्थ्य बिमा नहुँदा पनि आकस्मिक अवस्थामा सेवा प्रभावकारी बन्न नसकेको बताउँछन्। वीर अस्पतालका वरिष्ठ विशेषज्ञ डा. ढुण्डीराज पौडेलले जस्तोसुकै अवस्थामा पनि आकस्मिक सेवा निःशुल्क हुनुपर्छ/दिनुपर्छ भन्ने प्रावधान संविधानमै राख्नुपर्ने बताउँछन्। 'जीवनमरणको अवस्थामा पैसा नभएकै कारण आकस्मिक सेवा नदिएर/नपाएर मृत्युवरण गर्नुपरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था हुनुपर्छ,' उनले भने, 'अहिले भूकम्पमा निजी अस्पतालले निःशुल्कभन्दा बिरामी पन्छाउने अवस्था आउने त्यही लुपहोलको परिणाम हो।' डा. लोहनी पनि बिमा अभावमा जहाँसुकै भए पनि जस्तोसुकै घाइतेले सहज उपचार पाउने अवस्था नआएको स्विकार्छन्। 'बिमा नहुँदा कतिपय औषधिको घाइतेले पैसा तिर्नुपर्ने अवस्था आयो,' उनले भने।
स्वास्थ्यले पहिलो प्राथमिकता भनेकै भत्किएका क्षेत्रमा र प्रभावित क्षेत्रमा नियमति स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था भएको जनाएको छ। नियमित रुपमा सेवा प्रभाव गर्दै आएका करिब साढे ११ सय स्वास्थ्य संस्थालाई पुरानै अवस्थामा फर्काउने चुनौती अबको प्रमुख चुनौती भएको नीति योजना महाशाखा प्रमुख श्रेष्ठको छ। 'इन्टरमिडियट सर्भिस रिज्युम गर्न हामीले प्रिफ्याब्रिकेटेड भवन बनाउने योजना अगाडि सारेका छौं,' उनले भने, 'अहिले पाल र टेन्टमा केही सुचारु भएको छ, डिसेम्बरभित्रै फेब्रिकेटेड भवन बनाइसक्नुपर्छ।'
स्वास्थ्य मन्त्रालय आफूलाई आवश्यक पर्ने आधारमा स्वास्थ्य संस्थाका तीन वटा मोडल तयार पारिदिइसकेको छ। पहिलो प्राथमिकता ६ कोठे प्रिफ्याब भवन जसको ३५ लाख लागत अनुमान गरिएको छ। बढी जनसंख्या र भूगोललाई समेट्ने गरी ४५ लाखको अर्को नमुना छ, त्योभन्दा ठूलो चाहिने अवस्थामा ९५ लाखको अर्को नमुना छ। 'हाम्रो आवश्यकता र मोडलमा पैसा र काम दाताले गरिदिने हो,' श्रेष्ठले भने, 'हामीले करिब १५ अर्ब स्वास्थ्य सेवाको पुनर्निर्माणमा लाग्ने अनुमान गरेका छौं।'
...
महाविपत्तिले धेरै बनिरहेका संरचना र थिति भत्काएर मात्र होइन, नयाँ सृजनाको अवसर पनि दिन्छ। आकस्मिक स्वास्थ्य सेवा एवं उद्धारमा धेरै हदसम्म देखिएको स्वास्थ्य सिस्टमको साखलाई विपत्तिपछि पनि जोगाइराख्नु निकै चुनौतीपूर्ण भएको सरकारी अधिकारी बताउँछन्। श्रेष्ठले विपत्तिमा पनि स्वास्थ्य सेवा प्रवाहका लागि भवन महत्वपूर्ण हुने पाठ सिकेर नै सरकारले देशभर अब बन्ने संरचनामा एकरुपतासहितको मोडल बनाएको बताए। सरकारी अधिकारीले अहिले पनि विपत्तिमा भावनाले धेरै काम गरे पनि क्लिनिकल्ली रेस्पोन्स गर्ने तयारी टिम अभाव रहेको स्विकारेका छन्। 'हाम्रोमा विपत्ति आयो, भुटानले २४ घन्टाभित्रै प्राविधिक टिम पठायो,' श्रेष्ठले भने, 'हामी त्यस्तो गर्न सक्छौं त? अब हामीले पनि सबैकुरा तत्कालै काम गर्नसक्ने गरी बनाउनुपर्छ?'