काठमाडौं- उद्धारमा प्रयोग गर्न पिक, साबेल, घन, अनि केही थान इलेक्ट्रिक कटर, व्यक्तिगत सुरक्षाका लागि सामान्य प्रकृतिका हेल्मेट र पञ्जा। भग्नावशेषमा कोही भेटिए बाहिर निकाल्न सामान्य स्ट्रेचर।धरहराको भग्नावशेषभित्र पुरिएकाको खोजीमा होस् या लाङटाङको पहिरोमा पुरिएका या बारपाकमा घरको भग्नावशेषले थिचिएकालाई जीवित पहिल्याउन होस् बैशाख १२ को शक्तिशाली भूकम्पपछि खोजी र उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग भएका अधिकतम भौतिक साधन यति नै थिए।
भूकम्पबाट संगठनकै सदस्यका परिवारसमेत जोखिममा थिए। तीनवटै संगठनले समेत ठूलो मानवीय र भौतिक क्षति बेहोरे। सेनाका ९ जनाको ज्यान गयो। भूकम्पका कारण ६ हजार २७ जना प्रहरी प्रभावित भए।
५ जना प्रहरीले ज्यान गुमाए, १ सय ४० जना घाइते भए। भूकम्पबाट २ हजार ९ सय ३१ जना प्रहरीले घरबास गुमाए भने ३ हजार ९६ जनाको घर बस्न योग्य रहेन। सशस्त्रले संगठनको १ जना सदस्य गुमायो भने २१ जना घाइते भए। तर यसको नकारात्मक प्रभाव खोजी तथा उद्धारमा देखिएन।
जल, वायु, आगो र भूकम्पको प्रकोपमा खट्ने सेना र सशस्त्रको दक्ष जनशक्ति अनि अनुभवी प्रहरी सानातिना विपद्मा समेत उद्धार गर्न हम्मेहम्मे पर्ने यस्तै सामान्य औजार बोकेर खटिए पनि उनीहरूले असामान्य रुपमा प्रशंसनिय काम गरेर देखाए। बाढी पहिरोजस्ता विपत्तिको सामना गर्दै आएका तीनवटै सुरक्षा निकायको अनुभवले धेरैको ज्यान जोगियो।
शक्तिशाली कम्पनलगत्तै अत्यधिक क्षति भएका १४ जिल्लामा केन्द्रित भएर खोजी, उद्धार र राहतमा ६५ हजार नेपाली सेना, ४१ हजार ७ सय ७६ प्रहरी र २४ हजार ७ सय ७५ सशस्त्र लागिपरे। अधिकांश अझै भग्नावशेष हटाउन र पुनःनिर्माणमा खटिरहेका छन्।
सामान्य प्रकृतिका उपकरण पनि भन्न नमिल्ने औजार बोकेर भग्नावशेष खोतल्न पुगेका सुरक्षा संगठनका सदस्यले जिउँदै फेला पार्न असम्भव मानिएका १६ जना पुरिएकाको जीवितै उद्धार गरे। संयुक्त सहकार्यले एक महिनामै खोजी र उद्धार कार्य अन्तिम चरणमा पुग्यो।
न पूर्वतयारी र न साधन उपकरण
आपतकालीन रुपमा आइपरेको विपद्को सामना गर्दै विपद् व्यवस्थापनमा प्रशंसनीय भए पनि केही पक्षमा भने कमी खट्कियो। विपद्मा उद्धारका लागि खटिने सुरक्षा संगठनसँग आवश्यक साधन उपकरणसँगै अनुभवी र दक्ष जनशक्तिको अभाव प्रष्टै खट्कियो भने नेतृत्वदायी गृह मन्त्रालयमा समन्वयको।
खोजी तथा उद्धारका लागी आवश्यक दक्ष जनशक्ति र उपकरणको अभाव भएको भन्दै सरकारले विदेशी सहयोग आव्हान गर्योध। तर, कति संख्यामा कस्तो अनुभव भएको टोली र कस्ता उपकरण आवश्यक रहेको छुट्टयाउन नसक्दा उद्धारका लागि आएका विदेशी टोलीहरू उनीहरूको विशेषज्ञता अनुसार उपयुक्त क्षेत्रमा परिचालन हुन सकेनन्।
भूकम्प र निरन्तरका अनुकम्पनबाट क्षति पुगेको हिमाली र पहाडका दुर्गम ग्रामीण क्षेत्रमा खोजी र उद्धार टोली पुर्या उन नेपाली सेनाको हेलिकप्टर पर्याप्त भएनन्। यस्तो स्थितिमा सरकारले सबै निजी कम्पनिका हेलिकप्टर उपयोग गर्न सकेन। हवाई उद्धारमा सघाउन भारत, चीन र अमेरिकाबाट आएका हेलिकप्टर भौगोलिक संरचनाका कारण प्रभावकारी हुन सकेनन्।
पूर्वतयारी नगरी उद्धारका लागि विदेशी गुहार्दा आवश्यकताभन्दा बढी अन्तर्राष्ट्रिय टोली आएपछि दातृ निकायबाट आउने सहयोग रकमको ठूलो अंश टोलीकै लागि खर्च भएको निष्कर्ष गृह मन्त्रालयको छ।
'स्वदेशी जनशक्तिसँग आवश्यक स्रोत, साधन र उपकरण अभाव हुँदा भग्नावशेषमा पुरिएकाहरूको तत्काल उद्धारमा कठिनाइ भयो,' गृह मन्त्रालयले तयार पारेको भूकम्पसम्बन्धी खोज, उद्धार र राहतको एकमहिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।
तीनवटै सुरक्षा संगठनका सदस्य खोजी र उद्धारमा खटिइसक्दा भूकम्प प्रभावित १४ जिल्लामा निजामती कर्मचारीको उपस्थिति न्यून थियो। गृहले केन्द्रबाटै समन्वय गरेर सुरक्षा संगठनलाई झैं निजामती कर्मचारीलाई राहतमा एकिकृत रुपमा परिचालन गर्न गरेको प्रयास तत्काल सफल भएन।
अन्य मन्त्रालयका कर्मचारीले राष्ट्रिय विपद्मा खटिने जिम्मेवारी गृहअर्न्तगतका कर्मचारीको मात्रै हो भन्ने व्यवहार गर्दा गृहका अधिकारी र स्थायी सरकार भनिने निजामती कर्मचारीबीच टकरावको अवस्था सिर्जना भयो। अन्य मन्त्रालयका कर्मचारीको साथ नपाएपछि गृहले केन्द्रबाट एक उच्च अधिकारीसहित सेना, सशस्त्र र प्रहरी अधिकारीको टोली जिल्लामा पठायो।
प्रहरीले भूकम्प प्रभावित क्षेत्रका सबै निर्वाचन क्षेत्रमा डिएसपी खटाएर खोजी, उद्धार र राहत कार्यमा समन्वय गरेपछि मुख्य सचिव लिलामणी पौडेल अन्य मन्त्रालयका कर्मचारीलाई प्रभावित क्षेत्रमा खट्न राजी गराउन सफल भएका थिए।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकाल अन्य मन्त्रालयका कर्मचारीबाट भएको असहयोगप्रति अहिले पनि चित्त दुखाउँछन्। 'विपद्को व्यवस्थापन गृहको मात्रै जिम्मेवारी हो भनेर अन्य निजामती कर्मचारी पन्छेकाले पनि सुरुमा असहज भएको थियो,' उनले भने।
कर्मचारी परिचालनमा मात्रै हैन, खोजी, उद्धार र राहतमा परिचालित सुरक्षा संगठनबीच कार्यक्षेत्रमा समेत समन्वयको अभाव खट्कियो । खोजी र उद्धारमा विदेशी टोलीसहित तीनवटै संगठनका सदस्यहरु एकिकृत रुपमा परिचालित भए पनि उपलब्धीमूलक खोजी र उद्धारको जस एक्लै लिने प्रतिस्पर्धाले सुरक्षा संगठनबीचको सम्बन्ध तितो बनाएको थियो।
विपद्लगत्तै परिचालित सेना र गृह नेतृत्वविच मनमुटाव बढ्यो। राहत र उद्धारमा आएको विदेशी सैनिक टोलीले आफूअनुकूल परिचालन र हेलिकप्टर उडाउँदा गृहसँग समन्वय नगरेकोमा गृहका अधिकारी रुष्ट भए। गृहले आफू मातहतका संगठनझै निर्देशन दिएको भन्दै सैनिक नेतृत्व गृहसँग चिढियो।
गृह र सेनाबीचको सम्बन्धमा बढेको चिसोपनाले राहत वितरणमा नकारात्मक प्रभाव देखिएपछि सरकारले ढिलै भए पनि सेना परिचालनको निर्णय गरेर सम्बन्धमा परेको चिरा पुर्ने प्रयास गर्यो्।
विदेशीको साथ
विपद्पछिको खोजी, उद्धार र राहत कार्यमा जति सफलता पाइयो त्यो परम्परागत सिप र साधनको भरमा मात्र सम्भव भएको भने हैन। अनुभवी विदेशी टोली र उनीहरूसँगै भित्रिइएका साधन, उपकरण र प्रविधिले खोजी र उद्धार कार्य धेरै सहज बनाएको थियो।
नेपाली सेनाले समेत सार्वजनिक रुपमै जनशक्ति भए पनि आवश्यक साधन र उपकरणको अभावमा उद्धार कार्यमा कठिनाइ भएको प्रतिक्रिया दियो। त्यसपछि जोशले मात्र खोजी र उद्धार अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै सरकारले विदेशी सहयोग आव्हान गरेपछि नेपालको आव्हान स्वीकार्दै ३४ राष्ट्रका ४ हजार ५ सय २१ उद्धारकर्मी नेपाल आएका थिए ।
अल्जेरिया, अस्ट्रेलिया, बेल्जियम, बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत, इन्डोनेसिया,, इजरेल, जापान, जोर्डन, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, नर्वे, ओमन, फिलिपिन्स, पोल्यान्ड, पाकिस्तान, रसिया, दक्षिण कोरिया, श्रीलंका, सिंगापुर, स्पेन, स्विडेन, स्विजरल्यान्ड, टर्की, युएई, बेलायत र अमेरिकाका उद्धारकर्मी सुरक्षा संगठनलाई सघाउन आए। उनीहरु एक्लै आएनन्, साथमा नेपाली सुरक्षा संगठनसँग नभएको आधुनिक प्रविधि र उपकरण पनि ल्याएर नेपाली सुरक्षा टोलीको प्राविधिक अभाव विदेशी टोलीले पूरा गरिदिएका थिए।
अझै भूकम्पको अनुकम्पन रोकिएको छैन। भूकम्पले चिरा पारेका पहाडमा पहिरो जाने क्रम शुरु भइसक्यो भने मनसुनसँगै तराईमा बाढीको त्रास कायम छ।
के यी सबै विपद्मा पनि पिक साबेलकै भरमा सधैं खनिखोस्री उद्धार सम्भव छ? सबै प्राकृतिक विपद्मा वैदेशिक सहायताकै भर पर्ने वा आफैं पूर्वतयारी गर्ने?
विपद्लगत्तै सुरक्षा संगठनहरूसँग समन्वय गरेर खोजी, उद्धार र राहतमा एकिकृत परिचालन गरे पनि विपद्का लागी आवश्यक साधन, उपकरण र आधुनिक प्रविधि नहुँदा विदेशी सहयोग माग्नु परेको गृह प्रवक्ता ढकालले बताए।
सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेल विपद् व्यवस्थापनमा दक्ष जनशक्ति भए पनि समयानुकूल उपकरण नहुँदा विदेशी टोली मगाउनु परेको बताउँछन्। खोजी, उद्धार र राहत वितरणमा हवाई साधनलगायत यातायातका साधन तथा ठूला संरचना भत्काउने उपकरणको अभावमा विदेशी सहयोग डाक्नु परेको बताउँदै पोखरेलले यस्ता उपकरण भए नेपाली टोली आफैं खोजी, उद्धार र राहत वितरणमा सक्षम रहेको दाबी गरे।
'हामीसँग जनशक्तिको अभाव छैन, साधन, उपकरण र आधुनिक प्रविधि मात्रै नभएको हो,' पोखरेलले भने, 'समयानुकूल साधन, उपकरण र प्रविधि जुटाए विपद्मा खोजी, उद्धार र राहत वितरण गर्न हामी आफैं सक्षम छौं।'
खोस्रिएर उद्धार
भूकम्पपछि समीक्षामा जुटेका गृहका अधिकारीले कमजोरी स्वीकार्दै नीति कार्यान्वयनको पाटोसँगै सुरक्षा संगठनको क्षमता विकास प्राथमिकतामा राखेका छन्।
सुरक्षा संगठनले विपद्पछिको खोजी र उद्धारका लागि लाइफ डिटेक्टर मेसिन (जीवित वा मृत पत्ता लगाउने), थर्मल एक्सरे, आधुनिक क्यामरा, भग्नावशेषबाट सकुशल बाहिर झिक्न विशेष प्रकृतिको स्ट्रेचरसँगै हवाई सुविधालाई समेत प्राथमिकतामा राखेका छन्।
प्रहरीले ५ वर्षदेखि हेलिकप्टर मागेको भए पनि गृहले त्यसका लागि प्रक्रिया अगाडि बढाएकै थिएन। विपद्मा हवाई सुविधा खट्किएपछि गृहले सरकारलाई 'भोलिको विपद्मा खोजी, उद्धार र राहत प्रभावकारी बनाउन प्रहरीसँगै सशस्त्रलाई समेत छुट्टाछुट्टै र पर्याप्त संख्यामा हेलिकप्टर व्यवस्था गर्नुपर्ने' प्रस्ताव गरेको छ।
पूर्वतयारीका लागि नेपाली सेना र सशस्त्र प्रहरी बलमा एक–एक मध्यमस्तरको र नेपाल प्रहरी र बारुणमा सात वटा सामान्यस्तरको खोजी तथा उद्धार टोली गठन र प्रभावकारी विपद् व्यवस्थापन तालिम केन्द्र निर्माण गर्न समेत सिफारिस गरेको छ।
विपद् व्यवस्थापनसम्बन्धी ज्ञान नहुँदा खोजी र उद्धारमा खटेका सुरक्षाकर्मीले सकस पाएका थिए। सेनामा दुई वटा विपद् व्यवस्थापन निर्देशनालय छन्। सशस्त्रले तालिम केन्द्र नै बनाएर दक्ष जनशक्ति उत्पादन गरे पनि त्यस्ता जनशक्ति ६ सयको हाराहारी मात्रै छ। प्रहरीले पनि यस्तो तालिम दिन्छ। तीनवटै संगठनमा सामान्य जानकारको सख्ंया उल्लेख्य भए पनि दक्ष जनशक्तिको संख्या न्यून छ।
प्रहरी प्रवक्ता कमलसिंह बमले विपद्मा परिचालन गर्न दक्ष जनशक्तिको संख्या बढाएर केन्द्रदेखी जिल्लासम्म परिचालनका लागि संगठनभित्र नयाँ संरचनाको गृहकार्य शुरु भएको जानकारी दिए।
छुट्टै दरबन्दी कायम गरि साधनसम्पन्न समूह तयारी अवस्थामा राख्न गृहकार्य भइरहेको जानकारी दिँदै उनले भने, 'सधैं हातले खोसि्रएर खोजी र उद्धार सम्भव हुन्न, यसका लागि साधन, उपकरण र आधुनिक प्रविधि आवश्यक छ।'
सशस्त्र प्रहरी बलका प्रवक्ता पुष्पराम केसी विपद् व्यवस्थापनमा संगठनका दक्ष जनशक्तिसँगै सघाउन सक्ने जनशक्तिलाई एकिकृत रुपमा परिचालित गर्दा खोजी र उद्धार सहज भएको बताए। उनले क्षेत्रीय तहमा रहेको ५० जनाको संख्या बढाएर १ सय ७० पुर्याएउन गृहकार्य सुरु भएको जानकारी दिए।
गृह प्रवक्ता ढकालले दक्ष जनशक्ति बढाउन र आधुनिक उपकरण जुटाउन मन्त्रालय सक्रिय भएको जानकारी दिए। 'भोलि आउनसक्ने विपद् व्यवस्थापनको तयारीका लागि अहिले खट्किएका स्रोत साधन जुटाउन प्रक्रिया अघि बढेको छ।'
भूकम्पबाट संगठनकै सदस्यका परिवारसमेत जोखिममा थिए। तीनवटै संगठनले समेत ठूलो मानवीय र भौतिक क्षति बेहोरे। सेनाका ९ जनाको ज्यान गयो। भूकम्पका कारण ६ हजार २७ जना प्रहरी प्रभावित भए।
५ जना प्रहरीले ज्यान गुमाए, १ सय ४० जना घाइते भए। भूकम्पबाट २ हजार ९ सय ३१ जना प्रहरीले घरबास गुमाए भने ३ हजार ९६ जनाको घर बस्न योग्य रहेन। सशस्त्रले संगठनको १ जना सदस्य गुमायो भने २१ जना घाइते भए। तर यसको नकारात्मक प्रभाव खोजी तथा उद्धारमा देखिएन।जल, वायु, आगो र भूकम्पको प्रकोपमा खट्ने सेना र सशस्त्रको दक्ष जनशक्ति अनि अनुभवी प्रहरी सानातिना विपद्मा समेत उद्धार गर्न हम्मेहम्मे पर्ने यस्तै सामान्य औजार बोकेर खटिए पनि उनीहरूले असामान्य रुपमा प्रशंसनिय काम गरेर देखाए। बाढी पहिरोजस्ता विपत्तिको सामना गर्दै आएका तीनवटै सुरक्षा निकायको अनुभवले धेरैको ज्यान जोगियो।