काठमाडौं- ललितपुरको ग्वार्कोमा मोबाइलको रिचार्ज कार्ड किन्ने रोशनकुमार यादव नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका छन्। उनले दिएको एक हजार रुपैयाँको नोटमा शंका लागी पसलले प्रहरी बोलाएपछि यादवसँग हजार दरका ८ वटा नक्कली नेपाली रुपैयाँ बरामद भएको हो।महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार महोत्तरी बलवा–६ का यादव ललितपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए। मार्केटिङको काम गर्ने उनले मंगलबार बेलुकी करिब ८ बजे ग्वार्कोस्थित एउटा पसलमा रिचार्ज कार्ड किनेका थिए। रिचार्ज कार्डको पैसा तिर्न उनले दिएको हजारको नोट खस्रो खस्रो लागेपछि पसलेले प्रहरी बोलाए।
प्रहरीले यादवलाई नियन्त्रणमा लिँदा उनको साथमा एउटा मात्रै हजारको नोट फेला पारेको थियो। सोधपुछमा एक जना परिचितले आफूलाई दिएको र अरु नभएको दाबी गरेपछि यादवको कोठामा पुगेको प्रहरीले थप ७ वटा नक्कली हजारको नोट बरामद गर्योर। प्रहरीले थप नक्कली नोट बरामद गरेपछि यादवलाई हिरासतमा राखेको छ।
एसएसपी अधिकारीका अनुसार बरामद नोट सामान्य ध्यान दिँदा नै नक्कली भएको पहिल्याउन सकिने निम्न गुणस्तरका भएकाले फोटोकपी स्क्यान गरेर बनाएकोझैं देखिए पनि यादवले यसबारे खुलाएका छैनन्।
कामको सिलसिलामा एक जना परिचितले आफूलाई सो नोट दिएको दाबी गरे पनि उनले ती परिचितको नाम र स्थान खुलाउन सकेका छैनन्। 'प्रारम्भदेखि नै उसले झूटो बोलिरहेको छ,' अधिकारीले भने, 'यसबारे अनुसन्धान अघि बढाएका छौं।'
उपत्यकामा नक्कली नेपाली रुपैयाँ र कारोबारी फेला परेको यो पहिलो घटना हैन। यसअघि पनि सामान किन्न जाने ग्राहक नै नक्कली नेपाली रुपैयाँसहित पक्राउ पर्ने गरेका थिए। तर यस्ता घटनामा प्रहरी पहिलो व्यक्तिबाट दोस्रो व्यक्तिसम्म पुग्न सकेको छैन। बारामा १ लाख नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकाहरूको बयानबाट भारतको रक्सौलस्थित प्रेसमै नक्कली नेपाली नोट छापिने खुलेको थियो।
गत मंसिर १८ मा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरीले नयाँ बसपार्क क्षेत्रमा सामान किन्न गएका नारायणपुर–९, दाङका आशिष चौधरीलाई १५ वटा नक्कली नेपाली नोटसहित पक्राउ गरेको थियो।
प्रहरीले दाङस्थित उनको घरमा छापा मारेर थप नक्कली नेपाली रुपैयाँ बरामद गर्योस। अनुसन्धानमा उनले नक्कली नेपाली रुपैयाँबाटै सुनसमेत किनेको खुलेको थियो। अनुसन्धानमा उनी एक्लैले यो धन्दा शुरु गरेको खुल्यो।
२०६८ मंसिरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित विनोदकुमार साह र शिवशक्ति पोखरेललाई काठमाडौंमा पक्राउ गरेको थियो। उपत्यकाबाहिर समेत नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रम रोकिएको छैन। गत वर्ष झापामा ५० हजार नक्कली नेपाली रुपैयाँ फेला परेको थियो। कात्तिक १९ गते ५० हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक राजगढका श्याम महाली र सिनु महालीलाई पक्राउ गरेको थियो।
२०७० असार २५ गते एक लाख नक्कली नेपाली रुपैयाँसहित भारतीय महम्मद मुस्तकिम र नेपाली रामदयाल ठाकुर लोहार पक्राउ परेका थिए।
२०७० भदौ १९ मा बिराटनगरमा ८ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक किसनकुमार भगत पक्राउ परेका थिए। उनको साथबाट बरामद हजार दरका ८ वटै नोटको नम्बर एउटै देखेपछि सशस्त्र प्रहरीले नोट नक्कली भएको भेउ पाएको थियो।
२०७० बैशाखमा नारायणी प्रहरीले वीरगन्जमा १ लाख ३८ हजार नक्कली नेपाली रुपैयाँसहित स्थानीय वहिद अन्सारीलाई पक्राउ गरेको थियो।