भारतबाट नेपाल आउँदै गरेका ४ जनालाई स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले स्रोत नखुलेको भारतीय रुपैयाँसहित विराटनगर–१५ सीमा क्षेत्रबाट २ भारतीय र २ नेपाली नागरिकलाई पक्राउ गरेको बताए।
इलाका प्रहरी कार्यालय रानीको टोलीले भारत बिहारको सहरसा जिल्लाको मनोहर–१४ का ३७ वर्षीय अभिषेक मुखिया र २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरी बर्जु गाउँपालिका–१ का ३८ वर्षीय सुरज ऋषिदेव र सोही ठाउँका ३८ वर्षीय शिवकुमारी ऋषिदेवलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथबाट भारतीय रुपैयाँ ३ लाख ८ हजार ५ सय बरामद गरेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्रोत नखुलेको रुपैयाँसहित ४ जनालाई आवश्यक कारबाहीका लागि इहटरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ।