पाल्पा- बर्खामा उर्लेर बग्ने पाल्पाको निस्दी खोलामा यातायातका साधन तार्न हम्मे पर्छ। स्थानीयले अनेक जुक्ती लगाएर बस, जिप, मोटरसाईकल जस्ता सवारी साधन खोला वारपार गराउँछन्।यो बर्षपनि खोलाको सास्ती सुरु भैसकेको छ। निकै जोखिम मोलेर सवारी साधन खोला वारपार गरेका दृश्य स्थानीयका लागि सामान्य लाग्छ। रोचक पक्ष के छ भने बर्खाको समयमा स्थानीय युवाहरु खोलामा सवारी तारेर राम्रै आम्दानी गर्छन्।
उर्लेको खोलामा माछा मारेर हुने आम्दानी भन्दा सवारी साधन तारेर आम्दानी बढी हुन्छ। दिनभर युवाहरु खोलामा माछा र सवारी साधन कुरेर बिताउँछन्।
'खोलामा पानीको तह हेरेर एउटा मोटरसाइकल तारेको पाँचसय देखि दुईहजारसम्म लिने नियम छ,' ढंगानाबेसीका स्थानीय रमेश रानाले नागरिकन्युजसँग भने, 'स्काभेटरले बस तारेको दशहजारसम्म पनि लिन्छ।' उनका अनुसार जिप तारेको हजारदेखि पाँच हजारसम्म लिन्छन्। पुलको सुबिधा नहुँदा जोखिम मोलेर खोला तर्ने क्रममा वर्षेनि यात्रुले ज्यान गुमाउने गरेका छन्।
पक्की पुल नहुँदा...
बर्खा सुरु भएपछि पाल्पाको पूर्वी भेगमा यो बर्षपनि यातायात सेवा प्रभावित बनेको छ। पूर्वी भेगका दर्जन बढी गाविसलाई छोएर बग्ने निस्दी खोलामा पक्की पुल नहुँदा यो क्षेत्रका स्थानीय सुरक्षित यातायात सेवाबाट वञ्चित हुनुपरेको छ।
गल्धाको ढुंगानाबेसी नजिकै निस्दीखोलामा पक्की पुल निर्माणको ठेक्का लिएको काठमाडौंको चाङ्गमिला-गोरखा जेभी कम्पनीले समयमा निर्माण पुरा गरेन। २०६८ चैत्रमा १५ महिना भित्र निर्माण सक्ने ठेक्का सम्झौतामा काम सुरु भएको थियो। 'दुई वर्ष पहिले बनिसक्नुपर्ने पुल अझै बनेको छैन,' गल्धाका स्थानीय श्याम थापाले भने, 'वर्षेनि खोला तर्दा मान्छे बग्छन्, बर्खाभरि खोला वारीपारी सम्पर्क टुट्छ।'
ठेक्का म्यादमा काम नसकेपछि दोस्रोपटक समयावधि थप गरेर निर्माण सुरु भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर भीमार्जुन पाण्डेले बताए। '८ प्रतिशतमात्रै काम गरेकोले हामीले हर्जाना तिराएर पुनः काम सुरु भएको छ।' पाण्डेले भने 'बीचैमा काम छोडेर निर्माण व्यवसायी बेपत्ता भएपछि पत्रिकामा सूचना निकालेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि अहिले हर्जाना तिरेर म्याद थपमा काम भैरहेको छ।' पाण्डेले बाँकी ६ महिनामा पुल बन्ने बताए।
निस्दी खोलामा पक्की पुल नहुँदा पाल्पाका रामपुर नगरपालिका, गल्धा, मित्याल, झिरुवास, सिलुवा, सहलकोट गाविस र नवलपरासीका केही भेगका जनताले बर्खामा समस्या भोग्नु परेको छ।
भिडियो हेर्नुस्: