लेटाङ घटना: महिला प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि
३० चैत्र २०७८
•
३ मिनेट पाठ
लेटाङ घटना: महिला प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि
लेटाङ नगरपालिका-५ खेरुवामा चैत ६ गते साँझमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। प्रहरीले तत्काल श्रेष्ठको मृत्यु धारिलो हतियारबाट भएको देखिएको भनिए पनि पोस्टमार्टमको रिपोर्टले उनको मृत्यु धारिलो हतियारबाट नभएको पुष्टि गरेको छ।




विराटनगरस्थित कोसी अस्पतालमा गरिएको शवको पोस्टमार्टमको रिर्पाट अनुसार गोली लागेर श्रेष्ठको मृत्यु भएको खुलेको छ। पोस्टमार्टम रिपोर्टमा ‘फाइयर आम इन्जुरी’ भनेर उल्लेख गरिएको छ। मृतक महिला प्रहरीको शरीरमा गोली फेला परेको थियो। सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनसमेत श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख गरिएको छ।

हिंसात्मक झडपलाई नियन्त्रण लिन प्रहरीले ३ वटा हतियारबाट हवाइ फायर भएको थियो। महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किेको गोलीसँग मेल नखाएको प्रतिवेदनमा उल्लेख छ। घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोष्टमार्टमबाट पुष्टि भएको हो। आधुनिक हतियारमा लाग्ने गोली उनको पेटबाट निकालिएको बताइएको छ।  

प्रहरीको हतियारसँग महिला प्रहरीलाई लागेको गोली ‘म्याच’ हुन नसकेकोले गोली प्रदर्शनकारीबाटै चलेको पुष्टि भएको प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीवक्ता रामहरी शर्माले मृतकको शरीरमा गोली भेटिए पनि हतियार फेला परेको छैन। घटना घटेको दिन प्रहरीको ३ वटा हतियारबाट फायर भएको खुले पनि प्रहरीको शरीरमा भएको गोली प्रहरीको हतियारबाट चलेको पुष्टि हुँदैन।  

सरकारी वकिल कार्यालयले १५ जनालाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ। अभियुक्तमध्ये १० जना मात्रै पक्राउ परेका छन्। ५ जना फरार रहेको प्रहरीले जनाएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय राजकुमार भनिने कुमारबहादुर खोक्रेल, २० वर्षीय समीर राई, १८ वर्षीय कपिल नेपाली र २५ वर्षीय मनकुमार महरा, २९ वर्षीय लेखबहादुर मगर र १९ वर्षीय अनिल विश्वकर्मालगायतविरुद्ध मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।  

शुक्रबारदेखि सार्वजनिक विदा भएकाले पुनः वैशाख ४ गते प्रतिवादीलाई अदालतमा उपस्थित गराएपछि मुद्दाको थप प्रक्रिया अघि बढ्ने छ। लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १५ जना नाबालकविरुद्ध अदालतमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। पक्राउ गरेर प्रहरीले हिरासतमा लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालयले जनाएको छ।  

कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका १ जना १४ वर्षीय नाबालकलाई मंगलबार थुनछेकको बहसपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले अभिभावकको जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए। पक्राउ परेकामध्ये साबालक २५ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दा दर्ता गरिने भएको छ।

यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका शिक्षक पौडेलविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले बुधबार नै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको छ।  

लेटाङ– ५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको भन्दै कक्षा ७ मा अध्ययनरत विद्यार्थीले उजुरी दिएकी थिइन्। विद्यालय प्रशासनले जनप्रतिनिधिको उपस्थितिमा पटक पटक यौन दुव्र्यवहारको घटनामा संलग्न शिक्षक पौडेललाई जोगाउन खोजिएको भन्दै आक्रोशित बनेका विद्यार्थी, अभिभावक र स्थानीयले सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा महिला प्रहरीको ज्यान गएको थियो।

झडपमा करिब ३ दर्जनबढी प्रहरी र प्रदर्शनकारी घाइते भए। ‘हिंसात्मक झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘महिला प्रहरीलाई लागेको गोली प्रहरीले बोक्ने हतियारसँग मेल नखाएको रिपोर्टले देखाएको छ। कसले गोली हानेको यकिन भएको छैन। हतियार र गोली प्रहार गर्ने व्यक्तिको खोजी तथा घटनाको अनुसन्धान भइरहेको छ।’
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस