चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन्। बुधवार साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन्।
महेन्द्रलीला मावि हर्मीमा कक्षा ११ मा पढ्ने भण्डारी चट्याङ लागेर बेहोस भएका हुन्। उनलाई उपचारका लागि आँपपिपल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।
उनी बोल्न सक्ने अवस्थामा छैनन्। आफ्नै घरको पिँडीमा बसिरहेका बेला उनलाई चट्याङ लागेको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ।