जग्गा कारोबारमा लिखत थालनीको सय वर्ष पूरा
०१ वैशाख २०७९
•
३ मिनेट पाठ
जग्गा कारोबारमा लिखत थालनीको सय वर्ष पूरा
सय वर्षअगाडि आजकै दिन लिखत रजिस्टेसन पास गरी घरजग्गाको हक हस्तान्तरण प्रक्रिया लिखतबाट सुरु भएको थियो। भूमि व्यवस्था मन्त्रालयका अनुसार १९७९ वैशाख १ गते पहिलोपटक लिखत रजिस्ट्रेसन पास भएको थियो। यसको रेकर्ड मालपोत कार्यालय डिल्लीबजारमा सुरक्षित राखिएको छ।




डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत रमेश पौडेलका अनुसार १ सय वर्षअघिको कागज निकै पुरानो भएकोले जग्गाको हक हस्तारण गरेका र हक हस्तान्तरण लिएका व्यक्तिको नाम प्रस्ट बुझिन्न तर जग्गा काठमाडौंकै रहेको भने प्रस्ट हुन्छ। ‘पहिलोपटक गरिएको लिखतमा बाँसको कलम बनाएर हातले अक्षर लेखिएको प्रस्ट देखिन्छ,’ पौडेलले भने। पौडेलका अनुसार १९८१ र त्यसपछि पास भएको लिखत रजिस्टे«सनमा भने जग्गा खरिदबिक्री गर्ने व्यक्तिको नाम प्रस्ट थाहा हुन्छ। यसपछिका सबै लिखत मालपोत कार्यालय डिल्लीबजारमा सुरक्षित राखिएका छन्।

भूमि व्यवस्थापन विभागका अनुसार जग्गाको स्वामित्व हस्तान्तरण गर्न १९७८ मा पहिलो पटक पोता रजिस्टेसन अड्डा स्थापना गरिएको थियो। पहिलो लिखित रजिस्टेसन यही अड्डाबाट पास भएको विभागको भनाइ छ। विभागका अनुसार १९७९ वैशाख १ बाट राज्यले जग्गालाई क्रमशः व्यक्तिको निजी सम्पत्तिका रूपमा स्वीकार गर्दै आयो। जग्गाको प्रयोगकर्ताबाट कुत संकलन गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा हक हस्तान्तरण हुन सक्ने अवधारणा पनि त्यसबेलादेखि विकास भयो।

१९७९ वैशाख १ बाट लिखत रजिस्ट्रेसन पास गर्ने प्रक्रिया प्रारम्भ भएको पर्याप्त कागजात सुरक्षित रहेको भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले बताइन्। यस अवसरमा मन्त्रालयले तीन दिन देशभर विशेष कार्यक्रम गर्दैछ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर मन्त्रालयले काठमाडौंमा एक कार्यक्रम गर्ने भएको छ। यसबारे मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले लिखत रजिस्टे«सन प्रारम्भ भएको शतवार्षिकी अवसरमा देशभरका सबै मालपोत र नापी कार्यालयहरूले विभिन्न कार्यक्रम गरी विशेष पर्वका रूपमा मनाउने बताइन्।

विभागका अनुसार लिखित रजिस्टेसन पास गर्ने प्रक्रिया सुरु भएको एक वर्ष पछि १९८० मा भक्तपुरमा कित्ता नापीको सुरुवात भयो र त्यसपछि नक्साका आधारमा लगत राख्ने कामको सुरुवात भयो। १९९६ सालमा काठमाडौं नापी गोश्वाराको स्थापना भयो। २००७ सालअघिसम्म जग्गाको वर्गीकरण खान्की जग्गा, होप जग्गा, किपट जग्गा, लालमोहरिया बिर्ता जग्गा र आवादी जग्गामा वर्गीकरण गरिएको थियो। २०१४ सालमा पहिलोपटक भूमिसुधार ऐन ल्याइयो। २०१८ देखि जग्गा प्रशासनका लागि ७५ जिल्लामा मालअड्डा स्थापन भयो। २०१९ सालमा जग्गा नापजाँच ऐन लागु भयो।

२००८ सालमा पहिलो बजेटमा कुल आयको ५० प्रतिशतभन्दा बढी आम्दानी मालपोत आय रहेको थियो। सय वर्षअघि बाँसको कलमले लेखेर सुरु गरिएको लिखत रजिस्टे«सन पास गर्ने प्रक्रिया आजसम्म आइपुग्दा प्रविधि धेरै बदलिएको छ। भूमि व्यवस्थापन विभाग र नापी विभागले घरबाट जग्गाको स्वामित्व हस्तान्तरण तथा जग्गा प्रशासनसम्बन्धी अन्य सेवा लिन अनलाइन सिस्टमको सेवा सुरु गरेका छन्। अब अनलाइनबाटै फाराम भर्न सकिने व्यवस्था गरिएको छ।

जग्गा प्रशासनसँग सम्बन्धित सेवा प्रवाहलाई आधुनिक सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले भूमि व्यवस्थापन विभाग र नापी विभागले दुई/दुईवटा अनलाइन कार्यक्रम सुरु गरेका छन्। भूमि व्यवस्थापनले भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस), भूसेवा केन्द्र (पाम) सेवा सुरु गरेको छ। यसैगरी नापी विभागले मेरो कित्ता र नेलिस कार्यक्रम सुरु गरेको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस