सङ्खुवासभा-मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा खोज्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ। माङ्तेवा–८ का पर्वलाल कुलुङ र ताम्कु–९ का हस्तबहादुर कुलुङको लेक लागेर मृत्यु भएको हो।
यार्सागुम्बा टिप्न गएका उनीहरुको निकुञ्ज अन्तर्गत ताम्कु सेक्टरको सौर्यदोबाटो भन्ने स्थानमा मृत्यु भएको सो क्षेत्र पुगेर खाँदबारी फर्केका रेञ्जर मन्जित विष्टले जानकारी दिए। सो स्थान निकुञ्जको उच्च क्षेत्रमा पर्दछ। रेञ्जर विष्टका अनुसार, पर्वलालको असार ५ गते र हस्तबहादुरको गत बिहिवार मृत्यु भएको हो।
यार्सागुम्बा खोज्नेहरुको बर्षेनी लेक लागेर तथा लडेर मृत्यु हुने गरेपनि अघिल्लो बर्ष भने त्यस्तो घटना भएको थिएन। निकुञ्जले जेठ र असार दुई महिनालाई मात्र यार्सागुम्बा सङ्कलनको अनुमति दिएको छ।