चिकित्सा शिक्षा सुधार्न आयोग सिफारिस
१३ असार २०७२
•
८ मिनेट पाठ
चिकित्सा शिक्षा सुधार्न आयोग सिफारिस
काठमाडौं- स्वास्थ्यशिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलले अधिकारसम्पन्न 'मेडिकल शिक्षा आयोग गठन' को सिफारिस गर्ने भएको छ। छ महिना लामो अध्ययनपछि प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा रहेको कार्यदलले चिकित्सा शिक्षामा देखिएका समस्या स्थायी समाधान गर्न छुट्टै आयोगको आवश्यकता औंल्याएको हो।हाल नभएका जिल्लामा मात्रै मेडिकल कलेज खोल्न दिने, मेडिकल कलेजको शुल्क निर्धारण, विश्व स्वास्थ्य संगठन र स्वास्थ्य नीतिले प्रक्षेपण गरेअनुसार चिकित्सक र जनशक्ति उत्पादन गर्ने गरी कलेज खोल्ने सिफारिससहितको प्रतिवेदन कार्यदलले तयार पारेको छ।

सोमबार प्रतिवेदनलाई अन्तिम रूप दिएर सबै सदस्यको हस्ताक्षर गराई अपराह्न प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने संयोजक केदारभक्त माथेमाले बताए।

यसअघि प्रतिवेदनलाई आइतबारै अन्तिम रूप दिने तयारी गरिए पनि उच्चस्तरीय आयोगको कार्यक्षेत्र तोक्ने विषयमा सदस्यबीच सहमति नजुट्दा टुंगोमा पुग्न नसकिएको एक सदस्य जानकारी दिए। गत पुस १८ गते प्रधानमन्त्री स्तरीय निर्णयबाट गठित कार्यदलले ६ महिना लगाएर करिब १ सय पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ।

प्रतिवेदनले हालको मेडिकल काउन्सिललाई उत्पादित जनशक्तिको गुणस्तर मात्रै हेर्ने र प्रस्तावित आयोगलाई मेडिकल शिक्षाको पाठ्यक्रम, परीक्षा, सम्बन्धनलगायत विषयको जिम्मेवारी दिनुपर्ने औंल्याएको छ। यसो हुँदा उक्त आयोगले सबै कलेज र विश्वविद्यालयमा एकैखाले प्रवेश परीक्षा र पाठ्यक्रम लागू गराउन सक्नेछ। आयोगसँग राष्ट्रिय आवश्यकताका आधारमा जनशक्ति उत्पादन र गुणस्तर सन्तुलन कायम गर्न पाठ्यक्रम निर्धारण, मापदण्ड परिमार्जनको अधिकारसमेत रहनेछ।

कार्यदल स्रोतका अनुसार डा. गोविन्द केसीको तेस्रो अनशनकै क्रममा गठित पूर्वशिक्षासचिव जयराम गिरी संयोजकत्वको समितिकै सिफारिसलाई टेकेर हाल मेडिकल कलेज नभएका १५ जिल्लामा मात्र नयाँ खोल्न सुझाइएको छ। गिरी समितिको प्रतिवेदनलाई गत मंसिर ४ को मन्त्रिपरिषद् बैठकले समेत कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।

गिरी समितिको प्रतिवेदनकै आधारमा कार्यदलले 'अबउप्रान्त मनसायपत्र (लेटर अफ इन्टेन्ट) प्राप्त गर्ने मेडिकल कलेजको सम्बन्धन नक्सांकनका आधारमा हुने गरी प्रतिवेदनमा समेटेको छ।

सर्तअनुरुप काम नगरेका संस्थाको मनसायपत्र खारेज गर्न गिरी समितिको सुझावलाई पनि कार्यदलले ग्रहण गरेको छ।

त्यसै गरी कार्यदलले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा गठित योजना आयोगका सदस्य तीर्थ खनियाँ संयोजकत्वको समितिको सिफारिस आधारमा मेडिकल कलेजको शुल्क तोक्न सुझाव दिने भएको छ। खनियाँ नेतृत्वको समितिले मेडिकल कलेज शुल्क ३१ लाख रुपैयाँ प्रस्ताव गरेको थियो। तर, कलेज सञ्चालकले ३४ लाख हुनुपर्ने माग उठाएपछि विवाद कायमै थियो।

कार्यदलले १० हजार जनसंख्याबराबर एक चिकित्सक र २३ स्वास्थ्यकर्मी हुने गरी जनशक्ति उत्पादन गर्न सिफारिस गरेको छ। समितिले विश्व स्वास्थ्य संगठनको 'युनिभर्सल हेल्थ कभरेज' को अवधारणाअनुसार स्वास्थ्यसंस्था स्थापना र जनशक्ति परिचालन गर्दा पनि हाल अभाव रहेका क्षेत्रमा पहुँच विस्तार गर्न सुझाएको छ।

स्रोतका अनुसार पछिल्लोपटक कार्यदल सदस्यबीच नै निजी अस्पताललाई समेत ट्रेनिङ सेन्टर बनाउने प्रस्तावमा विवाद उत्पन्न भएको थियो। यसमा अझै सहमति जुट्न सकेको छैन।

कार्यदललाई चिकित्साशिक्षा क्षेत्रमा आवश्यक जनशक्ति, विकास र भौगोलिक अवस्थिति विचार गरी चिकित्सा महाविद्यालय (कलेज/क्याम्पस), तालिमप्रदायक संस्था स्थापना, सञ्चालन र सम्बन्धन तथा यससम्बन्धी नीतिगत व्यवस्था र मापदण्ड सिफारिस गर्न पहिलो कार्यादेश थियो।

डा. केसीको पाँचौं अनशनमा पूर्वाधार नपुगेका कलेजको सम्बन्धन खोस्न सकिने गरी भएको सहमतिको बुँदालाई पनि प्रतिवेदनमा समेटिएको छ। सुरुदेखि नै सम्बन्धनको पखाईमा रहेका चार मेडिकल कलेजबारे कार्यदलले समितिकै सुझावका आधारमा सरकारले निर्णय गर्नुपर्ने औंल्याएको छ।

माथेमा संयोजकत्वको कार्यदलमा केयुका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा.मदन उपाध्याय र डा. रमेशकान्त अधिकारी, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. भगवान कोइराला र शिक्षा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन्।

डा. केसीले तत्काल चिकित्सा शिक्षानीति बनाउनुपर्नेलगायतका माग राखी कात्तिक २० मा दशदिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री निवासमा पाँच दिनपछि भएको उच्चस्तरीय बैठकले स्वास्थ्य शिक्षा नीति गठन गर्न कार्यदल बनाउने निर्णय गरेको थियो। प्रधानमन्त्रीको निर्देशनका आधारमा शिक्षामन्त्री चित्रलेखा यादवले मंसिर १ गते माथेमाको संयोजकत्वमा समिति गठनको निर्णय गरेकी थिइन्। समितिमा डा. शर्मा र उपाध्यायको नाम तय भए पनि अन्य सदस्य छान्न ढिलाइ हुँदा कार्यदलले लामै समय पूर्णता पाउन सकेको थिएन।

डा. केसीको तेस्रो अनशन र चिकित्सक संघको आन्दोलनपछि २०७० माघ १० गते सरकारद्वारा गठित प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव कृष्णहरि बास्कोटा संयोजकत्वको समितिले नीति नबन्दासम्म मेडिकल कलेज सम्बन्धन रोक्ने सम्झौता गरेको थियो। तर, केसीले अनशन तोडेपछि तत्कालीन शिक्षामन्त्री माधव पौडेलले स्वास्थ्यशिक्षा नीति नबनाई पूर्वशिक्षा सचिव जयराम गिरीको संयोजकत्वमा 'मेडिकल कलेज राष्ट्रिय मापदण्ड सिफारिस समिति' बनाएको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस