पुनरावेदन होइन अब उच्च अदालत!
१३ असार २०७२
•
६ मिनेट पाठ
पुनरावेदन होइन अब उच्च अदालत!
काठमाडौं- प्रस्तावित संविधानको पहिलो मस्यौदामा तीन तहका अदालतको प्रस्ताव गरिएको छ। संविधानको भाग ११ धारा १२९ देखि १५९ सम्म न्यायपालिकासम्बन्धी व्यवस्था छ। प्रस्तावनाअनुसार सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत रहने छन्। वर्तमान संविधानमा उच्च अदालतको ठाउँमा पुनरावेदन अदालत छ।दस वर्षसम्मका लागि प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालतको व्यवस्था गरिएको छ। जसमा प्रधानन्याधीश, सर्वोच्च अदालतका वरिष्ठ दुई न्यायाधीश र सर्वोच्चको न्यायाधीश हुन योग्यता पुगेका दुईजना सदस्य रहने छन्। न्यायपरिषदको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने छन्।




संवैधानिक अदालतले संघ–प्रदेश, प्रदेश–प्रदेश, प्रदेश–स्थानीय तहबीचको अधिकार क्षेत्रको विवाद निरुपण गर्नेछ। यस्तै प्रतिनिधिसभा, राष्ट्रियसभा वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद, संघीय संसदका सदस्य वा प्रदेशसभाका सदस्यको अयोग्यतासम्बन्धी विवाद र संघीय संसदका सदस्य वा प्रदेशसभाका सदस्यको अयोग्यताबारे पनि अन्तिम निर्णय संवैधानिक अदालतले गर्नेछ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त १४ न्यायाधीश रहने छन्। सर्वोच्चमा मुद्दाको चाप बढेमा केही समयका लागि उच्च अदालतका अन्य न्यायाधीशलाई सर्वोच्च अदालतको काममा लगाउन सकिने व्यवस्था गरिएको छ। तीन अदालतबाहेक संविधानमा कानुनबमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकताअनुसार अन्य निकाय गठन गर्न सकिने व्यवस्था गरिएको छ।

उच्च अदालत प्रत्येक प्रदेशमा हुने छन्। उच्च अदालतबाट सेवानिवृत्त भएको न्यायाधीशले उच्च अदालत र सर्वोच्च अदालतमा बहस गर्न पाउने व्यवस्था गरिएको छ। यस्तै उच्च अदालतलाई अधिकारसम्पन्न गराउँदै बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिशोध, अधिकारपृच्छालगायत जुनसुकै उपयुक्त आदेश जारी गर्नसक्ने बनाएको छ। प्रस्तावित संविधानमा संघीय न्यायसेवा आयोगको समेत व्यवस्था गरिएको छ। आयोगको अध्यक्षमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहने छन्।

प्रादेशिक कार्यपालिका

प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री रहने छन्। प्रदेश प्रमुख मुख्यमन्त्रीभन्दा माथि हुने व्यवस्था छ। एक पटकभन्दा बढी एकै व्यक्ति प्रदेश प्रमुख हुन नपाउने गरी प्रादेशिक कार्यपालिका प्रस्ताव गरिएको छ। भाग १२ को धारा १६१ (४) मा भनिएको छ, 'एउटै व्यक्ति एकपटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन।' यो प्रावधानले अर्को प्रदेशमा भने प्रमुख हुन पाउने अधिकारलाई सुरक्षित गरेको छ।

प्रदेश प्रमुख बन्नका लागि तीनवटा योग्यता तोकिएको छ। जसअन्तर्गत ३५ वर्ष उमेर पुगेको, संघीय संसदको सदस्य हुन योग्य र कुनै कानुनले अयोग्य नभएको हुनु पर्नेछ।

प्रदेश प्रमुखले राष्ट्रपतिसमक्ष शपथ लिने छन् तर मुख्यमन्त्रीको नियुक्ति प्रदेश प्रमुखले गर्ने छन्। प्रदेशसभाको निर्वाचन भएको २० दिनभित्र मुख्यमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा प्रदेश प्रमुखले सभामा बढी सदस्य भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रदेशसभामा रहेका सदस्यको बढीमा २० प्रतिशत संख्या रहनेगरी मन्त्रिपरिषद गठन गर्नसक्ने व्यवस्था छ।

प्रादेशिक व्यवस्थापिका एक सदनात्मक हुनेछ। प्रदेशसभा न्यूनतम २१ देखि अधिकतम ४५ सदस्यीय हुने प्रस्ताव गरिएको छ। प्रदेशसभामा ६० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचन र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्। प्रदेशसभाको कार्यकाल पाँच वर्ष तोकिएको छ।

प्रदेश सभाको सदस्यका लागि ६ वटा योग्यता तोकेको छ। जसका लागि नेपाली नागरिक, सम्बन्धित प्रदेशको मतदाता रहेका, पच्चीस वर्ष उमेर पूरा भएको, कुनै लाभको पद धारण नगरेको लगायत छन्।

प्रदेशसभाको पहिलो बैठक बसेको २० दिनभित्र सभामुख र उपसभामुख एकजना महिला हुनुपर्ने गरी निर्वाचन गर्नु पर्नेछ। सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने बाध्यात्मक व्यवस्था छ।
अर्को समाचार
तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन, पेसी भोलि
११ फागुन २०७९
•
१ मिनेट पाठ
तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन,  पेसी भोलि
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत गएर पुनरावेदन दर्ता गराएका हुन्। 




उच्च अदालत पाटनेले सन्दीपलाई २० लाख धरौटी र १० सर्त सहित पुस २९ गते रिहा भएका थिए। अदालतले दिएको १० सर्तमा राहदानी रोका गरेको हुनाले सन्दीप युएईमा हुने लिग २ को खेलमा समावेश छैनन्। उक्त विषयलाई लिएर आज सन्दीपले सर्वोच्च अदालतमा पुनरावेदन दिएका हुन्। 

सन्दीपका वकिल सरोज कृषण घिमिरेले आज निवेदन दर्ता गराएको र भोलि पेसी तोकिएको नागरिक न्युजलाई जानकारी दिए। 

उनले भने, ‘हामीले आज सर्वोच्च पुगेर विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा विभिन्न सञ्चार माध्यमले दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको विषयलाई लिएर पुनरावेदन दिएका हौँ।’

सरकारी पक्षले पनि उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो। उक्त पुनरावेदनको पेसी भोलिलाई तोकिएको छ। सन्दीपका वकिलले उक्त पुनरावेदनसँगै आफूहरूको निवेदनमा सुनवाइ हुनुपर्ने माग गरेका छन्। यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी युएई जान पाउँने छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस