महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रुपन्देहीको बेलहिया सिमानाकाबाट बैशाख १ गते राति पक्राउ गरेको जानकारी दिएको छ।
यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन।
केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सिमानाकामा आएको खवर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयान अनुसार मोवाईल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाटी छिनाली हत्या गरिएको थियो।
हत्याको आरोपमा सलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरुलाई कैलाली प्रहरीलाई जिम्मा लगाइने पनि महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए। महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ।