हजारौ मानिसको बाहवाहीबीच मध्यपुर थिमिका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले यसपटक पनि जिब्रो छेडाएका छन्। भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा बुद्धकृष्णले शुक्रबार नवौँपटक जिब्रो छेडाएका हुन्। प्रत्येक वर्ष जस्तै वैशाख २ गते यहाँं जिब्रो छेड्ने जात्रा सकिएको हो।
जिब्रो छेडिसकेपछि बुद्धकृष्णले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गरेका छन्। बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ।
यसअघि जिब्रो छेड्ने व्यक्तिलाई सम्मानस्वरुप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। त्यसपछि जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गरिन्छ। जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ।
जिब्रो छेडाउन अघि केही वैज्ञानिक प्रक्रियाहरु अपनाएका हुन्छन्। त्यसका लागि जिब्रो छेडाउने व्यक्ति दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन्। दुई दिन कुनै प्रकारका खाद्यवस्तु नखाइ बस्ने गर्दछन्। नखाई बस्दा जिब्रो मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ।
दुई दिनपछि जिब्रो छेड्ने दिन एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिएने गर्दछ। जिब्रो छेड्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ।
बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपालमैत्री अस्पतालमा एम्बुलेन्स चालकका रुपका कार्यरत छन्। उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडेर २०६५ सम्म निरन्तर रुपमा जिब्रो छेडाएका थिए।
हालसम्म १२ जनाले निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन्। अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६२ देखि २०७९ (वीचमा बन्द गरेको) सम्म नौ पटक र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।