इलाम- मंगलबार रातभर भारी बर्षा हुँदा मेची राजमार्ग पहिरोले अवरुद्ध भएको छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङ्लिङ जोडिने राजमार्गको इलाम खण्डमा तीन ठाउँ पहिरो जाँदा सवारी आवागमनमा बाधा पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, इलामको गोदकस्थित शिलपुर, जौवारी र कोल्वुङ खण्डमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको हो। पहिरोले वारपार हुनसक्ने स्थिति नभएपछि इलामबाट झापातर्फ जाने र झापाबाट इलाम, पाँचथर, ताप्लेजुङतर्फ चढ्ने सवारी साधन बीचमै रोकिएका छन्।
गोदक गाविसस्थित जौवारीमा ७० फिट माथिबाट खसेको पहिरोले राजमार्गमा झण्डै ४० फिट ढाकेको छ। यस्तै, कोल्वुङस्थित किटेनीमा दुई सय मिटर माथिबाट खसेको पहिरोले राजमार्गमा ७० फिट ढाकेको इलामका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले नागरिकन्युजलाई बताए।
'रातभरको भारी बर्षाले राजमार्ग अवरुद्ध हुने गरी पहिरो गएको सूचना पाएलगत्तै आज बिहानैदेखि त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ' रानाभाटले भने, 'जनपथ र सशस्त्र प्रहरीले एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाई राजमार्ग खुलाउने काम गर्दैछन्।'
पहिरोले राजमार्ग अवरुद्ध भई सवारी साधन नचल्दा सयौं यात्रु प्रभावित छन्। इलामबाट झापा तथा अन्यत्र जाने यात्रु बसपार्कबाटै घर फर्किंदैछन्। राजमार्गको इलाम खण्ड अवरुद्ध भए पनि पाँचथर र ताप्लेजुङ खण्ड सुचारु रहेको प्रहरीले जनाएको छ।