इलाम– मंगलबार रातभरको भारी वर्षाले ठाउ" ठाउ"मा अवरुद्ध भएको मेची राजमार्ग खुलाउन तीनटा एस्काभेटर सञ्चालन गरिएको छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङ्लिङ जोडिने राजमार्गको इलाम खण्डमा झरेका पहिरो पन्छाउन जिल्लास्थित सरोकारवाला निकायका प्रमुख राजमार्गमै तैनाथ छन्।
'साना खाले पहिरो पन्छाइ सकिएको छ, ठूला पन्छाउन तीनटा एक्साभेटर चलाइएको छ,' इलामका प्रहरी प्रमुख डिएसपी प्रकाश रानाभाटले भने, 'बेलुकासम्ममा राजमार्ग क्लियर भइसक्ने छ।' राजमार्गको पहिरो पन्छाउन प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसमेत घटनास्थलमै पुगेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार, इलामको गोदकस्थित शिलपुर, जौवारी र कोल्वुङ खण्डमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको हो। पहिरोले वारपार हुनसक्ने स्थिति नभएपछि इलामबाट झापातर्फ जाने र झापाबाट इलाम, पा"चथर, ताप्लेजुङतर्फ चढ्ने सवारी साधन बीचमै रोकिएका छन्।
गोदक गाविसस्थित जौवारीमा ७० फिट माथिबाट खसेको पहिरोले राजमार्गमा झण्डै ४० फिट ढाकेको छ। यस्तै, कोल्वुङस्थित किटेनीमा दुई सय मिटर माथिबाट खसेको पहिरोले राजमार्गमा ७० फिट ढाकेको इलामका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले नागरिकन्युजलाई बताए।
'रातभरको भारी वर्षाले राजमार्ग अवरुद्ध हुने गरी पहिरो गएको सूचना पाएलगत्तै आज बिहानैदेखि त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ,' रानाभाटले भने, 'जनपथ र सशस्त्र प्रहरीले एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाई राजमार्ग खुलाउने काम गर्दैछन्।'
पहिरोले राजमार्ग अवरुद्ध भई सवारी साधन नचल्दा सयौं यात्रु प्रभावित छन्। इलामबाट झापा तथा अन्यत्र जाने यात्रु बसपार्कबाटै घर फर्किंदैछन्। राजमार्गको इलाम खण्ड अवरुद्ध भए पनि पाँचथर र ताप्लेजुङ खण्ड सुचारु रहेको प्रहरीले जनाएको छ।