काठमाडौं– अमेरिकाको सेन्ट लुसियाको लेम्बर्ड एकेडेमीमा अध्ययनका लागि पठाइदिने भन्दै प्रतिविद्यार्थी १२ लाख रुपैयाँका दरले १५ जनालाई ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
चितवन जिल्लाको भरपुर उपमहानगरपालीका ११ घरभई भरतपुरमै भिसा एब्रोड एजुकेशन कन्सल्टेन्सी चलाउँदै आएका २६ वर्षका सुजन न्यौपानेलाई गठी अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
सेन्ट लुसियाबाट एक वर्षपछि सिधै संयुक्त राज्य अमेरिका पठाइदिने भन्दै उनले १५ विद्यार्थीलाई त्यहाँ पठाएका थिए। तर, ती विद्यार्थीहरु त्यहाँ पुगेपछि उक्त कलेज(लेम्बर्ड एकेडेमी)विरुद्ध मानवबेचविखनको मुद्दा परेर बन्द रहेको र त्यो नाममात्रको कलेज रहेको थाहा पाएपछि उनीहरु १० दिनमै नेपाल फर्किन बाध्य भएका थिए।
पीडित विद्यार्थीहरुको उजुरीका आधारमा प्रहरीले गरेको अनुसन्धानपछि कन्सल्टेन्सी सञ्चालकले ठगी गरेको ठहरपछि प्रहरीले सञ्चालक सुजन न्यौपानेलाई काठमाडौंको केशरमहलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि चितवन पठाएको जनाएको छ।