काठमाडौं- सेनाले राणाकालीन वास्तुकला दर्शाउने राजधानीको महांकालस्थित त्रिचन्द्र सैनिक अस्पताल भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माण गर्न थालेको छ। ९० वर्ष पुरानो संरचना पुरानै शैलीमा निर्माण गर्नुपर्ने प्रावधान भए पनि पुरातत्व विभागसँग कुनै परामर्श नगरी सेनाले अस्पतालको आधुनिक भवन निर्माण थालेको हो।सेनाले विभागलाई राणाकालीन पुरानो भवन भत्काएर नयाँ बनाउने गर्ने कुनै जानकारी नदिई धमाधम भवन निर्माण गरिरहेको छ। सेनाले नयाँ भवन ४ सय ९० शऒ्ढयाको भूपूसैनिक तथा सर्वसाधारणमैत्री अस्पताल खोल्ने जनाएको छ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १६ 'क'अनुसार एक सय वर्ष ननाघेका अद्वितीय कलाकृति तथा समय दर्शाउने स्मारकहरू पुरातत्व विभागले संरक्षण गर्न/गराउन सक्ने व्यवस्था छ। सय वर्ष पुराना संरचना विभाग आफैंले संरक्षण गर्नुपर्ने भए पनि सय वर्ष नपुगेका संरचनाका हकमा महत्वका आधारमा विभागले संरक्षण गराउन सक्ने प्रष्ट व्यवस्था ऐनमा छ।
पुरातत्वविद भीम नेपालले ऐनमा भएको व्यवस्था अनुसार पनि सेनाले विभागसँग समन्वय गर्नुपर्ने जानकारी दिए। 'सय वर्ष पुरानो अस्पताल नभएकाले ऐन प्रत्यक्ष रुपमा आकर्षित हुँदैन,' उनले भने, 'तर संरक्षण गर्न दुई संस्थाको साझेदारीमा सेनाले पुरानो संरचनाकै ढाँचामा भवन बनाउनुपर्छ।'
नेपालका अनुसार सैनिक अस्पतालको पुरानो भवनले राणाकालको १ सय ४ वर्षको इतिहास बोकेको छ। त्यसैले दफा १६ क अनुसार सो भवनको वास्तुकला बेलायती शैलीको भए पनि ऐतिहासिक भएकाले अत्यन्त महत्वको रहेको उनले बताए। उनले अन्य कतिपय ठाउँमा पनि यस्तै शैलीका कैयौं दरबार राणाहरूले बनाएको बताए।
'कानुन प्रत्यक्ष आकर्षित नहुने भएकाले कारबाही नै गर्न भने नसकिएला,' उनले थपे, 'तर हाम्रा ऐतिहासिक महत्वका अद्धितीय संरचना बचाउन सबै लाग्नै पर्छ।'
विभागका प्रवक्ता रामबहादुर कुँवरले विभागसँग कुनै समन्वय नगरी सेनाले भवन धमाधम निर्माण गरिरहेको प्रष्ट पारे। 'पुरानोको ठाउँमा नयाँ भवन बन्न लागेकोबारे विभाग बेखबर छ,' उनले भने, 'ऐतिहासिक भएको नाताले पुरानो भवन मास्न हुँदैन।'
उनले नयाँ भवन पुरानो शैलीमै बनाउनु उपयुक्त हुने बताए। 'शैली परिवर्तन नगरी निर्माण गर्नु उचित हुन्छ,' कुँवरले भने, 'यसको ऐतिहासिक महत्व बुझेर भवन पुरानै शैलीमा निर्माण गरिनुपर्छ।' अहिलेसम्म कुनै औपचारिक जानकारी नगराएको सेनाले सुझाव लिनकै लागि भए पनि विभागलाई निर्माणबारे जानकारी गराउनु पर्ने उनले बताए। उनले भने, 'सेनालाई बाध्य पार्ने हामीसँग बलिया कानुनी आधार नभए पनि सेनाले विभागसँग सुझाव लिनुपर्थ्याे।'
कुँवरले पनि वास्तुकलाका हिसाबले एउटा कालखण्डको प्रतिनिधित्व गर्ने भएकाले भवन पुरानै शैलीमा पुनर्निर्माण गरिनुपर्ने बताए। 'निर्माणका हिसाबले सय वर्ष पुरानो छैन। १ सय २५ वर्ष अघि वीरशम्शेरले निर्माण गरेको वीर अस्पतालपछि चन्द्र शम्शेरले यो अस्पताल बनाएका हुन्,' उनले भने, 'अस्पतालको इतिहास सम्झन पनि यो महत्वपूर्ण छ।'
नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले पुरानो भवनकै शैलीमा बनाउन सम्भव नहुँदा ३/४ महिनादेखि फरक शैलीको भवन निर्माणको तयारी गरिएको बताए। 'अस्पताल भवन बनाउने निर्णय भएपछि ठाउँ अभावले पुरानै भवनका ठाउँमा निर्माण गर्नुपर्ने भएकाले यस्तो भयो,' उनले भने, 'तर भवनको अग्र भाग पुरानै शैलीको हुन्छ।'
पोखरेलका अनुसार सेनाले अवकासप्राप्त सैनिक र सर्वसाधारणका लागि सर्वसुलभ र अत्याधुनिक सुविधासम्पन्न अस्पताल खोल्ने तयारी गरिरहेको छ। निर्माणाधीन अस्पताल पाँचतले आधुनिक भवनमा दुई तला अन्डरग्राउन्ड हुने उनले बताए। उनले अस्पताल भवनमा सपिङ कम्प्लेक्स पनि हुने जानकारी दिए।
'भवन राणाकालीन भए पनि त्यस्तो अद्वितीय देखिँदैन,' पोखरेलले भने, 'हामीले अगाडिको पुरानो भाग जस्ताको तस्तै राखी पछाडि नयाँ संरचना निर्माण थालेका थियौं,' उनले भने, 'तर भूकम्पपछि प्राविधिकले पुरानो भाग भत्काउनुपर्ने सुझाव दिएपछि भत्काए पनि भवनको अग्र भाग पुरानै शैलीमा बनाउने निर्णय सेनाले गरेको छ।' उनले अस्पताल भवन ४ सय ५९ शैऒ्ढयाको हुने बताए।
प्रवक्ता पोखरेलले भवन निर्माण भइरहँदा पुरातत्व विभागले चासो नदिएको बताए। 'सय वर्ष पुरानो भए मन्दिरहरूजस्तै भवन संरक्षण गर्नु पर्ने होला,' उनले भने, 'तर ९० वर्ष मात्रै पुरानो भएकाले यसलाई त्यसै राख्दा अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई असर गर्न सक्थ्यो।'