काठमाडौं— युनेस्कोले काठमाडौंलाई विश्व सम्पदा क्षेत्रको खतरा सूचीमा नराख्ने भएको छ। युनेस्को विश्व सम्पदा समितिको जर्मनीको बोन सहरमा आइतबार सुरु ३९ औं बैठकले काठमाडौंलाई खतरा सूचीमा नराख्ने निर्णय गरेको हो।
बैठकमा सहभागी नेपाली प्रतिनिधि पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले काठमाडौंलाई खतरा सूचीमा नराख्ने निर्णय बैठकमा भएको जानकारी दिएका हुन्।
हामी हाम्रा सम्पदालाई खतराको सूचीमा पर्नबाट रोक्न सफल भएका छौं,' नागरिकसँग कुराकानीमा दाहालले भने, 'युनेस्कोले अर्को वर्ष निरीक्षण गरेर यसबारे फेरि छलफल गर्ने जनाएर तत्काल खतराको सूचीमा नराख्ने निर्णय भएको छ ।'
नागरिकसँग छोटो कुराकानी गर्दै दाहालले यस वर्ष काठमाडौं खतराको सूचीमा पर्ने सम्भावना टरेको बताए । युनेस्कोले निर्णयको मस्यौदामा उपत्यकाका सातै स्मारक खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो । बैठक ८ जुलाईसम्म बस्नेछ ।
भूकम्पबाट भएको ठूलो क्षति देखेर विश्व सम्पदा परिचालन निर्देशिकाको दफा १७७, १७८ र १७९ अनुसार खतरा सूचीमा राख्न गरेको प्रस्ताव विफल भएको दाहालले बताए । परिचालन निर्देशिकाअनुसार साँस्कृतिक, पुरातात्विक सामग्री, संरचना तथा गरगहना, वास्तुकला, सहर वा गाउँ वा कुनै प्राकृतिक पर्यावरणमा क्षति भए, ऐतिहासिक प्रमाण नष्ट भए र महत्वपूर्ण सांस्कृतिक धरोहर नोक्सान भएकाले खतरा सूचीमा राख्न प्रस्ताव गरिएको युनेस्कोले जनाएको छ ।
विभागका एक अधिकारीले नेपाल आफैंले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्न सक्ने बलिया आधार पेस गरेकाले तत्कालका लागि बैठकले खतराको सूचीमा नराखेको हुनसक्ने बताए । 'मैले अहिले यसबारे सुनिसकेको छैन, तर यस्तो निर्णय भएको हो भने नेपालका लागि एउटा मौका हो,' उनले भने, 'सरकारले प्राथमिकतामा राखी सम्पदा संरक्षण र पुनर्निर्माण गर्न सक्नुपर्छ ।'
विश्व सम्पदा क्षेत्रमा जथाभावी अग्ला घर बनाएको भन्दै युनेस्कोले यसअघि सन् २००३ मा पनि काठमाडौंलाई खतरा सूचीमा राखेको थियो । नेपालले स्थिति सुधार गरेपछि सन् २००७ मा युनेस्कोले फेरि खतरा सूचीबाट काठमाडौंलाई हटाएको थियो ।
चाँगुनारायण मन्दिर, बौद्ध स्तुप, स्वयम्भू स्तुप, पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्र गरी सात स्मारक रहेको काठमाडौं उपत्यका सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश भएको थियो।