भक्तपुरको सल्लाघारी नजिकैको च्वङा गणेशस्थान आइतबार डढेलो लागेको छ। भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी नजिकैको धार्मिकस्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो। डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन।
दमकलको सहायताले झण्डै आधा घण्टामा डढेलो नियन्त्रणमा लिइएको थियो। त्यसका लागि स्थानीयले पनि सहयोग गरेका थिए। नजिकै रहेको दमकल कार्यालयबाट दमकल समयमै पुगेकोले आगो छिटो नियन्त्रणमा ल्याउन सजह भएको थियो। घटनास्थलबाट दमकलको कार्यालय करिब तीन चार मिटरमै छ।
घटनास्थल नजिकै रहेका स्थानीय मानिसहरुले दमकललाई डढेलोको खबर गरेका थिए। स्थानीयले त्यहाँं डढलो लागेको चार बजेतिर चाल पाएका थिए। अनि उनीहरुले दमकललाई फोन गरेर खबर गरेका थिए। त्यहाँं कार्यालय रहेका नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले दमकल आएको आधा घण्टा जतिमा आगो नियन्त्रण गर्न सफल भएको बताए।
यो ठाउँं भक्तपुरको एउटा मुख्य धार्मिकस्थल हो। यो अरनिको राजमार्गको सल्लाघारीबाट उतरतिर नगरकोट जाने सडकमा रहेको छ। यही नजिकै सैनिक आवासयी स्कुल अनि भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी पनि छ। साथसाथै यो ठाउँं डा इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उतरमा छ। यो ठाउँं थुम्कोमा रहेको छ। यसको चारैतिरको भिरालो ठाउँंहरुमा जंगलजस्तै रुखविरुवा तथा झारपाटहरु छन्।
यो ठाउँंमा समयसमयमा धार्मिक मेलाहरु लाग्छ। साथै यहांँ पिकनिक पनि उतिकै चल्छ। माथितिर सुन्दर ठाउँं रहेकोले यो चलचित्र छांकांकनका लागि पनि प्रख्यात छ। यो ठाउँमा पिकनिकमा आएकाहरुले फालेको चुरोटको थुटोबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।