लहरै हाकुपटासी (स्थानीय कालो फरिया) लगाएका हजारौ महिलाहरुको लामा लस्कर। ठाउँंठाउँंमा सयौं बाजागाजाको टोली। सबैतिर जात्रैजात्रा। यो दृश्य हो बिस्काः जात्राको आठौं दिन आइतबार भक्तपुरमा भएको सगुन जात्राको। स्थानीय नेपाल नेपाल भाषामा यसलाई द्यो स्वगं वियजु जात्रा भनिन्छ। विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख ४ गते यहाँं यसरी नै जात्रा हुन्छ।
जात्रालुहरु दिनभर लगाएर नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताहरुको परिक्रमा गर्छन्। त्यस क्रममा उनीहरुले देवी देवताहरुलाई सगुन दिन्छन्। लामो लस्कर अनि हजारौको सहभागिता रहने भएकोले सानो नगरका बजारभरि दिनभर जात्रालुहरु भेटिन्छन्।
जात्राको क्रममा बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुको हुन निस्केको थियो। घरघरबाट महिलाहरु परम्परागत हाकुपटासी लगाएर बाहिरिएका थिए। पुरुषहरु भने बागाजाका साथ आएका थिए। यही कारणले दिनभर नगर बाजागाजाले गुन्जायमान भएको थियो। बाजागाजाका मात्रै सयौं टोलीले नगर परिक्रमा गरेको थियो भने हजारौ जात्रालुहरुले सगुन चढाएका थिए।
देवी देवताहरुलाई सगुन पूजा गर्न आ–आफ्ना द्योःछें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो। जात्राकाक्रममा सहभागीहरुले देवी देवताहरुलाई आ–आफ्ना गच्छे अनुसारका परिकार चढाएका थिए। कसैले अण्डा, कसैले विस्कुट, कसैले चोकोपन त कसैले के चढाएका थिए। पछिल्ला वर्षहरु विस्कुट, चोकोपनलगायतका बजारमा पाइने खाद्य वस्तु चढाउने प्रवृत्ति बढी छ। नगरभरिका देवीदेवताहरुकहाँं पुगेर उनीहरुले आफूलाई इच्छाएको एउटा एउटा खाद्य वस्तु चढाएका थिए।
यो पूजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख छ। बिस्काः जात्राका क्रममा विघ्न बाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद ओम धौभडेलले जानकारी दिए।
आठ रात नौ दिन लामो विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख ४ गते यहाँं यसरी नै जात्रा हुन्छ। भक्तपुरको विस्का जात्रा जात्राको सोमबार अन्तिम दिन हो। भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तान्न क्रमसँंगै यहाँंको जात्रा सम्पन्न हुने गर्दछ। सोमबार साँंझ यो भैरबनाथको रथ तान्ने गरिन्छ। रथ तान्न सकेपछि यो रथलाई टौमढीमा राखेर छाडिन्छ। अनि त्यसको भोलिपल्टबाट रथ विगारेर काठ पाँंचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ। अर्काे वर्षको विस्केट जात्रामा यही काठको प्रयोग गरी रथ बनाइन्छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...