भूकम्पन जाँच्न स्टेसन
१९ असार २०७२
•
९ मिनेट पाठ
भूकम्पन जाँच्न स्टेसन
काठमाडौ-ओरेगन स्टेट विश्वविद्यालय अमेरिकाका प्राध्यापक जोन नेबेलेक शनिबार बिहानै बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडास्थित खुला चौरमा खाल्डो खन्दै थिए। भूकम्प र त्यसपछिको अनुकम्पनका ज्ञाता उनले हात्तीगौंडामा 'एक्सिलरोमेटि्रक' स्टेसन स्थापना गर्ने उनको उद्देश्य थियो।
जिओ फिजिक्सका ज्ञाता उनले झन्डै अढाई घन्टाको प्रयासमा खुला ठाउँमा एउटा स्टेसन स्थापना गरे।

प्राध्यापक भए पनि खाल्डो खन्नेदेखि सोलार प्यानल र उपकरण जडानसम्म एक्लै गरिरहेका थिए उनी।

 

त्यसो त यो एउटा उदाहरण मात्र हो। वैशाख १२ र त्यसपछिका अनुकम्पनपछि नेपाल भूगर्भविद र भूकम्पविदहरुका लागि एउटा अनुसन्धान केन्द्र नै बनिरहेको छ।

अमेरिका, बेलायत, जापान, युरोपेली मुलुक र सिंगापुरका विज्ञ तथा प्राविधिक भूकम्पको अध्ययन र अनुसन्धानका लागि नेपाल केन्द्रित भएका छन्।

नेबेलेकजस्ता थुपै्र वैज्ञानिक हिजोआज भूकम्पबाट अति प्रभावित १४ जिल्लाका कुनाकाप्चामा विभिन्न उद्देश्यका लागि स्टेसन केन्द्र राख्दैछन्।

 

'भूकम्प र अनुकम्पनपछि सर्वसाधारणबाट एउटा जिज्ञासा आइरहेको छ। कतै धेरै घर भत्किए। कतै भत्किएनन् र कतै धेरै क्षति भयो, किन? यिनै जिज्ञासाका कारण पत्ता लगाउन यो स्टेसन स्थापना गरिएको हो,' खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद्‌ मुकुन्द भट्टराई भन्छन्।

विभागस"गको सहकार्यमा करिब एक वर्षका लागि अस्थायी स्टेसन स्थापना गरिएको उनले जानकारी दिए।

'यति मात्र होइन, यो स्टेसनबाट प्राप्त डाटा भवनसंहितामा पनि काम लाग्छन्। कुन ठाउँको जमिन कसरी हल्लियो र त्यसले त्यस वरपरका संरचनालाई कसरी हल्लायो भन्ने बिषयको जानकारी पनि हुन्छ', भट्टराईले भने, 'यिनै तथ्यांकका आधारमा ठाउँअनुसार भवनसंहिता बनाउन सकिन्छ।'

ओरेगन विश्वविद्यालयको सहयोगमा उपत्यकामा यस्ता चार वटा स्टेसन जडान गरिएका छन्। भट्टराईका अनुसार ती स्टेसन कार्तिपुरको बागवानी केन्द्र, खुलमलटारस्थित नास्ट भवन परिसर र भक्तपुरको सल्लाघारीनजिकैको सिर्जना बस्तीमा ती स्टेसन स्थापना गरिएका हुन्।

'उपत्यका र प्रभावित जिल्लामा ३५ वटा ब्रोडब्यान्ड स्टेसन पनि स्थापना गरिएको छ,' उनले भने। नेबेलेकले नेतृत्व गरेको सात/आठ जनाको समूह ३९ वटा स्टेसन स्थापना गरेर शनिबार साँझै स्वेदश फर्किएको छ। यी स्टेसनबाट आएका तथ्यांक नेपाल सरकार र विश्वविद्यालयले आवश्यकताअनुसार प्रयोग गर्नेछन्।

'अब आउने पराकम्पनको प्रकृतिबारे एक्सिलरोमेटि्रक स्टेसनले जानकारी दिन्छ। ती जानकारी यहा" जडान भएका उपकरणमा रेकर्ड हुन्छन्। तिनलाई अपलोड गरेर कम्प्युटरमा राखेर विश्लेषण गर्न सकिन्छ। यस क्षेत्रमा भूकम्पको तरंगले पार्ने प्रभाव आँकलन गर्न सकिन्छ,' केन्द्रमा रहेर एक्सिलरोमेटि्रकबारे विशेष अध्ययन गरिरहेका भट्टराईले नागरिकस"ग भने।

उनका अनुसार भूकम्प वा अनुकम्पन जाँदा घर कुन दिशामा (दाया"बाया", तलमाथि) कसरी हल्लियो। कति बेगमा हल्लियो र कतिबेर हल्लियो भन्ने कुराको जानकारी यो स्टेसनबाट प्राप्त हुन्छ। 'त्यहीअनुसार भवनसंहिता र निर्माण प्रक्रिया तय गर्न योजनाकारहरुलाई सजिलो हुन्छ,' भट्टराईले भने, 'अनुकम्पन बन्द नहु"दासम्म यी स्टेसन यथास्थानमा हुन्छन्।'

केन्द्रले देशभर गरी यसअघि नै यस्ता स्टेसन ९ वटा स्थापना गरेको छ। तीमध्ये ४ वटा उपत्यकाभित्र छन्। 'जापानजस्ता मुलुकको तुलनामा नेपालमा यिनको संख्या अत्यन्त कम छ। कम–कम दुरीमा जति धेरै यस्ता स्टेसन राख्न सक्यो, त्यति अध्ययन र अनुसन्धान प्रभावकारी हुन्छ,' भट्टराईले भने। यसबाहेक त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागले चिनियाविज्ञस"ग मिलेर एक्सिलरोमेटि्रक स्टेसन स्थापना गरिरहेको छ।

यसैगरी 'ब्रोडब्यान्ड स्टेसन' सम्भावित भूकम्प कसरी, कुन स्रोत र कुन प्रक्रियाबाट गयो भनेर अध्ययन र अनुसन्धान गर्न सबैभन्दा महत्वपूर्ण मानिएको छ। यस्ता स्टेसन वैशाख १२ को भूकम्पपछि अति प्रभावित जिल्लामा जडान भइरहेका छन्। 'भूकम्पको स्रोत र प्रक्रियाको सूक्ष्म अध्ययन गर्न ब्रोडब्यान्ड स्टेसन सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ,' उनले भने।

भट्टराईका अनुसार यस्ता स्टेसन ओरेगन विश्वविद्यालयलगायत बेलायतको क्याम्ब्रिज विश्वविद्यालय, सिंगापुरको अर्थअब्जरभेटिभ नामक संस्थाले राखिरहेका छन्। ओरेगनका विज्ञ सबै स्टेसन केन्द्र स्थापना गरेर शनिबार फर्किए भने पछिल्ला दुई संस्थाले भूकम्प अति प्रभावित जिल्लाका विभिन्न स्थानमा धमाधम स्थापना गरिरहेका छन्।

यसैगरी, अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) ले पनि विभागस"ग समन्वय गरी २९ वटा र फ्रान्सेली संस्था सिएनआरएसले १५ वटा जिपिएस स्टेसन स्थापना गरिरहेका छन्। 'जिपिएस स्टेसनले देशका कुनकुन भागमा शक्तिसञ्चय भइरहेको छ वा कहा"को जमिन हल्लिरहेको छ र कहा"को छैन भन्ने मुख्य बिषयको तथ्यांंक उपलब्ध गराउ"छ,' उनले भने, 'यसबाट प्राप्त तथ्यांकहरुबाट सम्भावित भूकम्प जोखिम क्षेत्रको पहिचान गर्न सकिन्छ। अझ कुन क्षेत्रमा शक्तिसञ्चय भएर बसेको छ वा जमिन चलायमान छैन र कुन क्षेत्रको जमिन चलायमान छ वा शक्ति निस्किएर जमिन हल्लिरहेको छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ।'

हिजोआज लैनचौरस्थित मापन केन्द्रको भण्डारण कक्ष अहिले भूकम्प र अनुकम्पनका विविध पक्षहरुको अध्ययन–अनुसन्धानमा प्रयोग गरिने उपकरणले भरिएको छ। त्यहा" यिनै तीन प्रकारका स्टेसन जडानमा आवश्यक उपकरण राखिएका छन्। विभिन्न देशका संघसंस्थाका सहयोगमा ती उपकरणसहितका केन्द्र स्थापना भइरहेका छन्।

अहिले विभागअन्तर्गतको भूकम्प मापन केन्द्रअन्तर्गत देशभर गरेर २१ वटा जेटएम ५०० सिंगल कम्पोनेन्ट साइस्मिक स्टेसन, ९ वटा एक्सिलरोमेटि्रक र २९ वटा जिपिएस स्टेसन छन्। केन्द्रले बैशाख १२ अघिसम्म यिनै स्टेसनबाट भूकम्पसम्बन्धी जानकारी दिँदै आएको थियो। र, पछिल्लो समय सबै स्टेसनहरुको तथ्यांकहरुको विश्लेषण गरिरहेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस