काठमाडौ-स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन सार्वजनिक नुहँदै निजी मेडिकल कलेजका सञ्चालकहरू यसलाई कार्यान्वयन नै हुन नदिन लागिपरेका छन्।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएलगत्तै निजी मेडिकल कलेज सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले प्रतिवेदन नमान्ने जनाइसकेको छ। विज्ञप्ति जारी गरेरै प्रतिवेदनका सिफारिसप्रति संस्थाले आपत्ति जनाएको हो।
कलेज सञ्चालकहरू प्रतिवेदन कार्यान्वयन रोक्न राजनीतिक तथा प्रशासनिक लबिङ थालिसकेका छन्। प्रतिवेदनको सारका रूपमा सार्वजनिक तथ्यलाई विज्ञहरूले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि सकारात्मक भनिरहेका बेला कलेज सञ्चालकहरूले भने आफूहरूसँग अन्तर्क्रिया र समन्वय नगरी प्रतिवेदन कार्यन्वयन गरे जुनसुकै कदम चाल्ने धम्की दिएका छन्।
समिति गठनका समयमा औपचारिक र सार्वजनिक रूपमा कुनै आपत्ति नजनाएका संचालकहरूले आफूप्रतिकूल प्रतिवेदन आएको सुइँको पाएपछि प्रतिवेदन नै 'तुहाउन लागिपरेको' स्रोतको भनाइ छ। आफूनिकट दल र नेतामार्फत प्रतिवेदन कार्यान्वयन नगर्न दबाब दिइरहेको सञ्चालकहरूले स्विकारेका छन्। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रतिवेदन कार्यान्वयन हुन नदिन सहयोग मागेका थिए। उनीहरूले कांग्रेसका कोइराला परिवारकै अन्य नेतालाई समेत गुहारेका थिए।
खास गरी हाल सञ्चालनमा रहेका कलेजमध्ये युर्निभसल मेडिकल कलेजका सञ्चालक खुमा अर्याल, नेपालगन्ज मेडिकल कलेजका सुरेश कनौडिया, नोबेल कलेजका सुनील शर्मा र नेसनल मेडिकल वीरगन्जका जयरुद्धिन अन्सारी प्रतिवेदन कार्यान्वयन हुन नदिन लागिपरेका छन्। अर्याल कांग्रेसमा देउवानिकट, कनौडिया कोइरालानिकट हुन्। शर्मा पनि कोइराला परिवारका सदस्यसँग अन्यन्त निकट छन्। अर्याल र कनौडिया संविधानसभामा कांग्रेसबाट समानुपातिक तर्फका उम्मेदवार हुन्। अन्सारीका भाइ बसुरुदिन एमाओवादी पर्साका उम्मेदवार हुन्। अर्याललाई शिक्षामन्त्री चित्रलेखाका यादवको पूर्ण संरक्षण छ।
उनीहरूले प्रतिवेदनविरुद्ध लबिङका लागि सम्बन्धनको पर्खाइमा रहेका कलेजसमेतलाई साथ लिएका छन् जसमा मनमोहन मेडिकल कलेजका सञ्चालक प्रमुख छ।
एसोसिएसनका अध्यक्ष डा. भोला रिजालले योजनाबद्ध रूपमा प्रतिवेदन कार्यान्वयन गरेर नेपालका निजी कलेज सिध्याउने खेल भएपछि विभिन्न नेताको घर पुगेर गुनासो गरेको जानकारी दिए। उनले ओलीलगायतका नेताबाट आश्वासन आएको भन्दै आफूहरूलाई सिध्याउने खेलविरुद्ध सबैलाई एकजुट हुन आह्वान गर्दै विज्ञाप्ति जारी गरेको पनि बताए।
मेडिकल कलेज सञ्चालकहरूले सरकारले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने तयारी गरेको भन्दै प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउन समय मागिरहेका छन्। बालुवाटारमा माथेमा समितिले उच्च तहको राजनीतिक एवं प्रशासनिक समिति सिर्जना गरेर प्रतिवेदन बुझाएको थियो।
कलेज सञ्चालकहरूले शुल्क ३५ लाख तोक्ने, छुट्टै चिकित्सा शिक्षा सेवा आयोग बनाउने, कलेजहरूलाई एक शैक्षिक वर्षमा सय सिट मात्रै दिने, आगामी दिनमा उपत्यकामा मोडिकल कलेज खोल्न नदिने, पिजी (स्नातकोत्तर) निःशुल्क गर्ने जस्ता निर्णयमा बढी आपत्ति जनाएका छन्। माथेमा समितिका सदस्यहरूले भने निजी मेडिकल कलेज सञ्चालकहरूका प्रतिनिधिसमेत सम्मिलित बैठककै सिफारिसमा ३५ लाख शुल्क तोकिएको बताउँदै आएका छन्।
हाल कलेजहरूले ५२ लाखसम्म शुल्क लिँदै आएका छन्। समितिका सदस्यहरूले यसअघि निजी मेडिकल कलेजको समेत प्रतिनिधित्व रहने गरी योजना आयोग उपाध्यक्षको संयोजकत्वमा गठित समितिले नै ३२ लाख तोक्न सिफारिस गरेको अवस्थामा अहिले बढाएरै राखिएको बताएका छन्। कलेज सञ्चालकहरूले म्यारिटभन्दा बढी र एकमुष्ठ पैसा दिनेलाई भर्नामा प्राथमिकता दिने गरेका छन्। त्यसलाई चिर्न समितिले योग्यताका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था लागू गर्न सुझाव दिएको छन्।
कलेज सञ्चालकहरूले यो निर्णय कार्यान्वयन भए प्रत्येक वर्ष करिब थप ५ सय विद्यार्थी एमबिबिएस पढ्नका लागि बाहिरिन बाध्य हुने दाबी गरेका छन्। तर, कार्यदलको प्रतिवेदनले नेपालको प्रवेश परीक्षामा पास नभएका र नेपालमा महँगो शुल्क भएकाले मात्रै विदेश विदेश गइरहेको उल्लेख छ। 'अहिले प्रत्येक वर्ष ६ सय विद्यार्थी एमबिबिएस पढ्न विदेश जाने गरेका छन्,' एक सदस्यले भने, 'यो प्रतिवेदन लागू भएको एक वर्षमा घटेन भने हामी जिम्मेवारी लिन्छौं।'
कलेज सञ्चालकहरूले आफ्नो सहभागिताबिना प्रतिवेदन दिएकोमा समेत आपत्ति जनाएका छन्। तर, कार्यदलका सदस्यहरूले भने डा. रिजाल, कनौडिया र चितवन मेडिकल कलेजका हरिश न्यौपानेसमेतलाई बोलाएर कुरा राख्न दिएको बताएका छन्।
समितिका संयोजक माथेमाले प्रतिवेदन सरकारको सम्पत्ति भएकाले सार्वजनिक नगर्दासम्म थप प्रतिक्रिया दिन नमिल्ने बताए। उनले सबैका कुरा सुने पनि निचोड र विवेक समितिका सदस्यहरूले नै प्रयोग गरेको बताए। 'उहाँहरूको नसुनेको हुन सक्छ, तर दायाँबायाँ भएको छैन,' उनले भने, 'यो प्रतिवेदन नेपालीका लागि हेरेर बनाइएको हो र नेपालीकै हितमा छ।'
विज्ञहरूले पनि प्रतिवेदनमा आएका सुझाव कार्यन्वयन भए चिकित्सा शिक्षा क्षेत्रमा सुधार हुने बताएका छन्। चिकित्सा शिक्षाविद डा. जगदीशप्रसाद अग्रवालले प्रतिवेदनले म्यारिटका आधारमा विद्यार्थी भर्ना, प्रवेश परीक्षा, मेडिकल शिक्षा आयोग गठन, नयाँ मेडिकल कलेज नयाँ सहर तथा ग्रामीण क्षेत्रमा खोल्न प्रोत्साहन गर्ने नीगिगत व्यवस्था गर्न दिएको सुझाव सकारात्मक रहेको बताए। उनले प्रतिवेदन कार्यान्वयन भए गुणस्तरीय चिकित्सक उत्पादन र स्वास्थ्य सेवामा पहुँच बिस्तारले छलाङ मार्ने बताए। 'कार्यान्वयनमा पनि उत्तिकै इमानदारिता चाहिन्छ, नियमन गर्ने मान्छे पनि त्यस्तै चाहिन्छ,' उनले भने, 'समितिको सिफारिसको भावना सही रूपमा कार्यन्वनय भए धेरै राम्रो हुन्छ।'
एसोसिएसन अध्यक्ष डा. रिजालले भने प्रतिवेदनले दिएको सुझाव नेपालको चिकित्सा शिक्षा क्षेत्र सिध्याउने खेल भएको बताए। 'अहिले काठमाडौंबाहिर भएका कलेज नै चलाउन धौधौ परिरहेको अवस्थामा काठमाडौं बाहिर जान भन्नु, ३५ लाख शुल्क तोक्नु, सिट घटाउन सिफारिस गर्नु यसका उदाहरण हुन्,' उनले भने, '१ सय ५० सिटका लागि बल्लतल्ल पूर्वाधार र फ्याकल्टी बनाएका छौं। 'हाम्रा उत्पादन गुणस्तरको परीक्षामा संसारभर दाँजेर प्रमाणित भइसकेका छन्। अब गुण स्तरका नाममा सिट कटौती गर्ने ?'
माथेमा समितिले नियतवश नै हतारमा प्रतिवेदन बुझाएको जनाउँदै उनले योजनाबद्ध रूपमै गोप्य राखेर लागू गरेपछि मात्रै सार्वजनिक गर्ने खेल भइरहेको बताए। 'त्यति शक्तिशाली मान्छे लागेका छन्, एकलौटी रूपमा लागे लागू गरे हामीले के गर्ने भन्ने योजना बनाउँदैछौं,' डा.रिजालले भने।