जानकीमा मन्त्रीको अवरोध
२१ असार २०७२
•
९ मिनेट पाठ
जानकीमा मन्त्रीको अवरोध
काठमाडौं- दुई वर्षदेखि शिक्षण अस्पताल र पठनपाठन अवरुद्ध जनकपुरको जानकी मेडिकल कलेजको विद्यार्थी व्यवस्थापनमा पुनः शिक्षा मन्त्रालयले अवरोध गरेको छ। सञ्चालकबीच जारी विवाद र कमजोर व्यवस्थापनका कारण कलेजको स्तर ओरालो लागेपछि सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयले सुरु गरेको विद्यार्थी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको हो।शिक्षा मन्त्रालयले पछिल्लोपटक गत १५ गते एक साताभित्र अस्पताल र पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो। तर, कलेज व्यवस्थापन नसकिए पनि मन्त्रालय मौन रहँदै आएको थियो।

शिक्षामन्त्री चित्रलेखा यादवले सोमबार शिक्षा मन्त्रालयमा सर्वपक्षीय बैठक बोलाएर सञ्चालकलाई सहयोग गर्न नियमनकारी निकायहरूसँग आग्रह गरेकी छन्। सम्बन्धन दिने, सिट तोक्ने, परीक्षा गर्ने निकाय त्रिविअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), गुणस्तर कायम गरे/नगरेको नियमन गर्ने नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि समेतलाई बोलाएर मन्त्री यादवले कलेजका लागि सहयोग मागेकी हुन्।

मन्त्रालयमा उपस्थित काउन्सिल र आइओएमका प्रतिनिधिले एक दशकदेखि अतिरिक्त भौतिक तथा प्राज्ञिक विकास नगरेको कलेज प्रशासनलाई विश्वास गरेर पढिरहेका विद्यार्थीको भविष्य अन्योलमा पार्न नहुने बताएका थिए। उनीहरूले विद्यार्थी व्यवस्थापनका लागि मन्त्रालयसँग सहयोग मागे पनि मन्त्री यादवले थप समय लचक भएर मौन बस्न आग्रह गरेकी थिइन्। 'मन्त्रीले आग्रह भन्दै कुनै प्रक्रिया अगाडि नबढाउन निर्देशन दिनुभयो,' बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने, 'चल्नै नसक्ने कलेजप्रति मन्त्रीको किन यति ठूलो सदासयता छ, बुझ्नै सकिएको छैन।'

एक महिनाअघि मात्रै अनुगमन टोली पठाएको आइओएमले कलेज चल्न नसक्ने निष्कर्षसहित हालै एमबिबिएस पास भएका विद्यार्थीलाई गण्डकी मेडिकल कलेजमा इन्टर्नसिप गराउन सुरु गरिसकेको छ। आइओएमले बाँकी करिब साढे तीन सय विद्यार्थीलाई पनि अन्य मेडिकल कलेजमा व्यवस्थापनका लागि काउन्सिलसँग सहमति मागेको छ। आइओएमले ती विद्यार्थी अन्यत्र सार्न लाग्ने खर्च सञ्चालकबाट असुली गर्न समेत मन्त्रालयसँग सहयोग मागेको थियो। तर, मन्त्रालय सकारात्मक नहुँदा प्रक्रिया अवरुद्ध भएको छ। कलेजका विद्यार्थी करिब एक महिनादेखि नियमनकारी ती निकायमा धाइरहेका छन्।

बैठकमा कलेजका पूर्व सञ्चालकहरू ओपी पाण्डेलगायतले कलेज नयाँ व्यवस्थापनले किन्ने सहमति भइसकेको भन्दै नयाँ ढंगबाट सञ्चालन गर्न समय मागेका थिए। उनीहरूले विद्यार्थी अन्यत्र नसार्न आइओएमलाई आग्रह गरे। बैठकमा कलेजलाई ऋण लिएको प्रभु बैंकका प्रमोटरहरू नै नयाँ व्यवस्थापनको रूपमा कलेज लिन तत्पर भएको भन्दै बैठकमा उपस्थित भएका थिए। उनीहरूले आफूहरू कलेजको अवस्था हेर्न टोली पठाउने भन्दै यही वर्षदेखि नयाँ विद्यार्थी भर्ना दिए कलेज चलाउन सक्ने बताए।

मेडिकल काउन्सिलले जानकीलाई दुई वर्षदेखि कुनै पनि सिट दिएको छैन। आइओएम र काउन्सिल अधिकारीले अस्पताल र कलेज तत्काल पहिलाको अवस्थामा फर्कन नसक्ने भन्दै यो वर्ष सिट पाउने सम्भावना नभएको जनाएका छन्। उनीहरूले सुधारेर देखाए अर्को वर्षबाट मात्रै सिट दिन सक्ने जनाउ दिएका छन्।

बैठकमा काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले समेत अहिले कलेज चल्न नसक्ने भन्दै अन्य कलेजको गुण स्तरमा असर नपर्ने गरी विद्यार्थी व्यवस्थापन गर्न काउन्सिल लचक हुने बताए।

काउन्सिल र आइओएमले कम्तीमा एक वर्ष कलेजमा प्राज्ञिक वातावरण फर्कन नसक्ने भन्दै हाल विद्यार्थी व्यवस्थापन गर्न सघाउन आग्रह गरेका थिए। आइओएमका प्रतिनिधिले हाल जानकीका विभिन्न वर्षमा अध्ययनरत विद्यार्थी अन्यत्र व्यवस्थापनका लागि सञ्चालकबाट खर्च जोहो गरिदिन मन्त्रीसँग आग्रह गरेका थिए।

आइओएमका सहायक डिन डा. विमल सिन्हाले बैठकमा आफ्नो पुरानै निर्णय दोहोर्यासएर त्यसको कार्यन्वयका लागि सहयोग गर्न आग्रह गरेको नागरिकलाई बताए। 'अहिले कलेज र शिक्षण अस्पताल चलिहाल्न सक्ने अवस्था छैन,' उनले भने, 'अब सुरु गरे पनि अस्पताल पुरानै अवस्थामा फर्कन लामो समय लाग्छ, पढाउने प्राध्यापक, कर्मचारीलाई पुरानो तलब दिएर पनि काममा फर्काउन सजिलो छैन।'

स्रोतका अनुसार पटक–पटक अवसर दिँदा पनि पूर्वाधार पूरा गर्न र व्यवस्थापन सुधार्न नलागेको भन्दै आइओएमका अधिकारी विद्यार्थी व्यवस्थापन गरेर कलेजलाई एकपटक विद्यार्थीविहीन बनाउने तयारीमा छन्। उनीहरूले पछि सुधार गरेर नयाँ रूपमा सञ्चालन गर्ने बाटो बचाई राख्नका लागि सम्बन्धन भने खारेजी नगर्ने जनाएका छन्।

तर, शिक्षामन्त्री यादवबाट कलेज सञ्चालकलाई संरक्षण भइरहेको आरोप आइओएम अधिकारीको छ। यसबीचमा कलेजको किनबेचसमेत तीन–तीनपटक भएको सार्वजनिक भएपछि सञ्चालकको सेयर विवाद र व्यवस्थापकीय समस्या अझै सल्टिन सकेको छैन।

चार वर्षदेखि नै कलेजको अवस्था निरन्तर ओरालो लागेपछि आइओएमले गत पुस–माघमै सम्बन्धन खारेजीको चेतावनी दिएको थियो। तर, शिक्षा मन्त्रालयले सो विपरीत गत माघ २१ मा सरोकारवालाको बैठक बोलाएर साताभित्रै पठनपाठन र अस्पताल सञ्चालनको सर्तमा सञ्चालकलाई छुट दिएको थियो। बैठकमा सञ्चालक पाण्डेले कलेज एकलौटी रूपमा खरिद गरेको भन्दै विज्ञप्तिसमेत जारी गरेका थिए। त्यसलगत्तै अन्य दुई सञ्चालक समीर ढुंगेल र बलराम गुप्ताले आफ्नो सेयर दिन नमानेपछि झगडा बल्भि्कएको थियो। त्यसअघि पनि पूर्व शिक्षा सचिव रामस्वरूप सिन्हा र खुमा अर्यालले कलेज किन्ने प्रक्रिया अगाडि बढाएका थिए। तर, विवादका कारण सफल हुन सकेनन्।

अहिले पनि भवन निर्माण गर्ने बेला लिइएको सहित झन्डै ५० करोड ऋण रहेको यो कलेजले करिब १५ करोड राजस्व तिर्न बाँकी छ। नयाँ सञ्चालक कलेज किन्न तयार भए पनि सुरुमै बैंकको ऋण चुक्ता गर्नुपर्छ। यसबाहेक डाक्टरसहित साढे ५ सय कर्मचारीले पाउनुपर्ने १५ महिनाको तलब पनि बक्यौता नै छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस