अंग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो
०७ वैशाख २०७९
•
४ मिनेट पाठ
अंग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो
नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ।




बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो।

विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेजलाई हराएको थियो। विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताए। 'हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रुपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ,' उनले भने।

शिवगढी, दाउन्नेगढीलगायतका सामरिक महत्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रर्वद्धन गर्ने बताउँदै उनले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्ने बताए।

उपप्रमुख गुमादेवी आचार्यले यो गढीको संरक्षणका लागि गुरुयोजना बनाउने काम भएको जानकारी गराउँदै यहाँ बन्ने गुरुयोजनाका बारेमा सरोकारवालाको सुझाव लिएर काम अघि बढाएको उल्लेख गरिन्। पर्यटन विकासका लागि स्थानीयवासीले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसँग जोडिने गरी जितगढीको विकासका काम अगाडि बढाइने उनको भनाइ छ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको हो।

किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरुयोजना बनाएको छ। गुरुयोजनाअनुरुपका काम अहिले धमाधम भइरहेका छन्। जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।

उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएको छ। उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन्।

जितगढी किल्लासँगै रहेका कभर्ड हल र वडा कार्यालयलाई हटाइएको छ। किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैंचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रीकालीन बजार, कोशेली पसलहरु, बगैंचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताए।

'बटौली युद्धकालीन संग्रहालय बनाएर त्यो बेला युद्धमा प्रयोग गरिएका तोपहरुको संग्रह गर्ने, मणिमुकुन्दसेन शीतकालीन दरबार, युद्धको बेलामा हतियार भण्डारण गर्ने काठेगढी र नुवाकोटगढीसँग जोडेर विकास गरिनेछ,' उनले भने, 'युद्धका क्रममा शहादत्त प्राप्त गर्ने ९ जनाको नाम खुलेको छ र अरु सेनाको पनि नाम खोजेर शालिक निर्माण गरिनेछ, यसैबाट बुटवलको पर्यटनमा टेवा पुग्नेछ।'

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरुयोजनाअनुरुपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए।

गुरुयोजनाअनुसार दुई बिघा दुई कट्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन्। जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माणकार्य चलिरहेको छ। नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सिमानामा विवाद सिर्जना भएको थियो।

विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन। सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो। पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए।

त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो। बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो। सुरुका युद्धमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालीन अंग्रेजलाई पराजित गर्‍यो।

अमरसिंह थापा (साना) का नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनकै नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लडेको थियो। कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ।

उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ। 'यो अत्यन्तै महत्वको स्थल हो, यसको संरक्षण र व्यस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौँ,' नेपाली सेनाको गरुडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भने।
अर्को समाचार
वीर नेपालीले अँग्रेज फौजलाई हराएको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव
०७ वैशाख २०८०
•
२ मिनेट पाठ
वीर नेपालीले अँग्रेज फौजलाई हराएको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव
बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ। बिक्रम  सम्बत १८७२ बैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्णेल उजीरसिंह थापाको नेतृत्वको नेपाली फौजले अँग्रेज फौजमाथि विजय हासिल गरेको थियो।




त्यही ऐतिहासिक र पुरातात्विक महत्वको जितगढी किल्लामा बिहीबार बुटवल नगरपालिकाले धुमधामसंग जितगढी विजय उत्सव मनाएको हो। सोही अवसरमा गोरखा देखि जितगढी सम्म पैदल यात्रामा आएको नेपाली सेनाको टोलीलाई भव्य स्वागत गरिएको थियो। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायत जनप्रतिनिधिहरूले पैदल यात्रामा सहभागी  नेपाली सेनाका मध्यपश्चिम पृतनापति सहितको टोलीलाई स्वागत र सम्मान गरेका थिए। 

बुटवलको गणेश मन्दिर नजिकैबाट बाजागाजा सहित शुरु भएको पैदल यात्री सहितको विजयर्‍ याली जितगढी किल्लामामा पुगेर विजयोत्सव समारोह गरिएको थियो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवर्धनमा ध्यान दिनु पर्ने बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्त्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए। उनले हरेक वर्ष वैशाख ७ गते बुटवलकै उत्सवका रुपमा जितगढी महोत्सव मनाइने बताए।किल्ला क्षेत्र, पुरानो बुटवल र आसपासको क्षेत्रलाई जोडेर पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना ल्याएको बताए। 

नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवद्र्धन गर्नुपर्ने बताए। जितगढी किल्ला नेपाली सेनाका लागि पनि महत्त्वपूर्ण थलोका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नेपाली सेना बुटवल उपमहानगरपालिका सँगै रहने उनले बताए। 

उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले जितगढी किल्लाले बुटवलको गरिमा बढाएको बताउँदै पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनमा भएको प्रयासले बुटवलले लाभ लिन सक्ने बताए।                 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस