निर्वाचनप्रति जनताको उत्साह
०७ वैशाख २०७९
•
५ मिनेट पाठ
निर्वाचनप्रति जनताको उत्साह
उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ। आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत संग्रहसँग तुलना गर्छन्।




'त्यसबेला दुई ठाउँमा भोट हाल्नुपथ्र्यो', उनले भने, 'एकातिर राजा (सुधारिएको राजसंस्था), अर्कातिर बहुदल थिए। अहिले त्यस्तै चल्दैछ जस्तो लाग्छ। यस पटक पनि दुईतर्फी नेतामात्र गाउँ पसेका छन्। एकातिर सत्ता गठबन्धन र अर्कातिर प्रतिपक्ष नेकपा (एमाले)।'

यसपटक गुरुङलाई दुई पार्टी मात्र छन् कि जस्तो लागेको छ। गठबन्धन भनेको गुरुङका लागि एउटै पार्टी लागेको छ। यति मात्र होइन, गुरुङ यस पटकको चुनावमा केही आशावादी छन्। विसं २०७४ को स्थानीय तहका प्रतिनिधिले केही विकास गरेझैँ लाग्छ गुरुङलाई।

'स्थानीय तहका प्रतिनिधि माथिजस्तो (सङ्घ र प्रदेश) भोट जितेर हराइ हाल्दा रहेनछन्। बाटोघाटो बनेको छ।' माईजोगमाई गाउँपालिकास्थित लक्षुमन काफ्लेलाई उनी जस्तै लाग्ने गरेको छ। उमेरले ६० टेकेका काफ्लेलाई स्थानीय तहको पहिलो कार्यभार समाहलेका जनप्रतिनिधिको काम उल्लेखीय लागेको छ।

'सानातिना विवाद लिएर जाँदा पनि जनप्रतिनिधिले मिलाइदिन्छन्। गाउँकै मान्छेले जित्दा समस्यामा पर्दा सजिलैसँग भन्न पाइन्छ', उनले भने, 'अपेक्षा गरेर जस्तो त भएन तर अरु जनप्रतिनिधि जस्तो लागेन।' जनप्रतिनिधिले प्रतीक्षा गरे जति काम नगरेकामा भने काफ्लेको दुखेसो छ।

यस पटक पुराना भन्दा पनि नयाँ जनप्रतिनिधि आए हुने जस्तो लाग्छ उनलाई। 'यो पार्टी, उ पार्टी भन्दा पनि पहिलैदेखि चिनेजानेकैलाई भोट हाल्ने हो', उनले भने, 'कम्तीमा दुःख परेको बेला घरसम्म त आइदिन्छ।' लक्षुमनलाई त वैशाखमै चुनाव भइहाल्नेमा अचम्म लाग्दैछ।

किनकी उनले २०५४ साल पछिको स्थानीय निकाय पनि देखेका छन्। 'त्यतिबेला पनि पाँच वर्षका लागि हो भन्थे। २० वर्ष चुनावै भएन। उनले भने, थप्नुभयो, 'अघिल्लो चोटीका जनप्रतिनिधि पनि त्यस्तै होलान् जस्तो लागेको थियो तर होइन रहेछ।' हुन त पाँच वर्षको अवधिमै स्थानीय तहको चुनाव हुनेमा केही दिन अघिसम्म धेरै जना आशावादी नै थिएनन्।

अब भने हुन्छ कि भन्ने लागेको छ। स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक कार्यसूचीभन्दा पनि विकासका कार्यसूची अघि सारेकाले धेरै खुसी छन्। गुरुङ र काफ्ले मात्र होइन, जिल्लाका धेरैलाई यस पटकको चुनाव नौलो र उत्साह छाएको छ। स्थानीय तहका जनप्रतिनिधिको जनतासँग सिधै भेट हुन्छ।

त्यसैले पनि ‘अनावश्यक’ र ‘पूरा गर्न नसकिने’ कामको प्रतिबद्धता जनप्रतिनिधिले गर्दैनन्। एकातिर झुट प्रतिबद्धता जनताले नगर्ने र अर्कातिर गरेका बाचा पूरा गर्नै पर्ने बाध्यता हुन्छ। आउँदो चुनावमा फेरि जनतासमक्ष जानुपर्ने बाध्यता भएकाले पनि अनावश्यक बाचा गर्दैनन् जनप्रतिनिधिले।

गएको चुनावका ९९ प्रतिशत बाचा र प्रतिबद्धता पूरा गरेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईको भनाइ छ। 'जति गरे पनि आफ्नै गाउँका लागि गर्ने हो। हामीले त बोलेका कुरा पूरा गरेका छौँ', उनले भने। कोरोना महामारी नआएको भए सबै प्रतिबद्धता पूरा हुने अध्यक्ष राईको दाबी छ।

आफूले विकास निर्माण, मानव संशाधन, पर्यटकीय विकास सबै क्षेत्रलाई समेटेर विकास गरेको उनको भनाइ छ। राई पनि अब विगतकै कामलाई अघि सारेर जनतामा जाने बताए। मलाई अब जनतामा जान असहज छैन। गाउँपालिकाको भवन निर्माणदेखि रेडपाण्डा जोन निर्माण गरेकोसम्मका उपलब्धि गरेको उनको भनाइ छ।

जिल्लामा दश स्थानीय तह छन्। तीमध्ये छ गाउँपालिका र चार नगर छन्। यी सबै स्थानीय तहमा जनप्रतिनिधि आएपश्चात् केही न केही उपलब्धि भएकै छन्। न्यायिक क्षेत्र, व्यक्तिगत घटना दर्ता, भौतिक निर्माण, घरायसी समस्या सबैमा उल्लेखनीय प्रगति भएको छ। यसै कारण पनि सर्वसाधारणमा आशा पलाएको छ।

‘जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरुन्’

जनताले एक चरण जनप्रतिनिधिको कार्यशैली हेरिसके। काम मात्र होइन, जनप्रतिनिधिकै कारण कतिपय ठाउँमा समस्या पनि भएको छ। त्यसमा पनि इलाममा त पालिका प्रमुख, उपप्रमुख बाझाबाझ गर्नेदेखि जनप्रतिनिधिले कुट्नेसम्म काम गरे। तर यी सबै विषय बिर्सिएर जनता भोट खसाल्न आतुर छन्।

जनताका पीडा बुझेर काम गर्नुपर्ने सर्वसाधारणको राय छ। यस पटक अनावश्यक प्रतिबद्धता नगर्न सर्वसाधारणको आग्रह छ। 'जनप्रतिनिधिले धेरै काम होइन। गाउँघरको पीडा बुझिदिए मात्र हुन्छ', देउमाई नगरपालिकाकी सर्वसाधारण पवित्रा आचार्यले भनिन्, 'प्रतिनिधिले कच्ची काम नगरुन्। बनिने वित्तीकै भत्किने बाटो नबनाउन्। केटाकेटीलाई गुणस्तरीय ठाउँमा पढाउन पाऔँ।'

महँगिएको बजार भाउ घटोस र स्थानीय सामग्री बेच्ने बजार होस् भन्ने चाहना आचार्यको छ। 'लगाएको सब्जी बेच्ने पाइँदैन। सबै कुइँएर जान्छ। टाढा बोकेर लान सकिँदैन। नजिक बिक्दैन', उनले भनिन्, 'भनेको बेला सब्जी होइन, खसी पनि बिक्दैन यो ठाउँमा। यत्ति काम भयो भने भातै चाहिँ खाइन्छ।'

जनप्रतिनिधिको अपेक्षा विद्यालय, यातायात अनि कृषिसँग सम्बन्धित बढी छन्। आधारभूत आवश्यकता पूरा गर्न स्थानीय तह लागि पर्नुपर्नेमा उनीहरुको जोड छ। गाडी भाडा र निजी विद्यालयको शुल्क घट्नुपर्ने इलाम नगरपालिकाकी टीका घिमिरेको भनाइ छ।

यसप्रति स्थानीय सरकारले काम गरेमा चर्को खर्च घट्ने उनको अनुमान छ। जेनतेन निजी विद्यालयमा पढाइरहेएकी उनले पुराना जनप्रतिनिधिसँग पनि यी गुनासो राखेकी थिइन् तर पूरा भएन। आफूहरुका भावना बुझिदिने जनप्रतिनिधि उम्मेदवार आएमा पार्टी नहेर्ने सर्वसाधारणको भनाइ छ।

उपयुक्त उम्मेदवार आउनेमा आशावादी

स्थानीय तहको चुनाव आउन २४ दिन बाँकी छ। अझै पनि राजनीतिक दलले उम्मेदवारी छनोट गर्न सकेका छैनन्। आन्तरिक रस्साकस्सीमै दल गिजोल्लिरहेका छन्। यसैले पनि दलले कस्ता उम्मेदवार छनोट गर्छन् भन्ने दोधारमा छन् जनता। भरसक उपयुक्त र सही छनोट गर्नुपर्ने उनीहरुको माग छ।

'पछिल्ला दिन खास प्रगति देखिँदैन। हाम्रा कुला, पैनाका समस्या समाधान हुन् भन्ने लाग्छ', सन्दकपुर गाउँपालिकाका इन्द्र गुरुङले भने, 'हामीलाई बुझेका प्रतिनिधि आउन।' हालसम्म नेकपा एमालेले केही स्थानीय तहमा प्रतिनिधि टुंग्याएको छ। अन्य दल आन्तरिक रस्साकस्सीमै छन्। एमालेले देउमाई नगर, सूर्योदय नगरमा मात्र उम्मेदवार छनौट गरेको छ। अन्य पालिकामा छनोट प्रक्रिया जारी छ।

यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका राष्ट्रिय दलले चाँडै उम्मेदवार चयन गर्ने बताइरहेका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १७ दल दर्ता भएका छन्। गएको चुनावमा भन्दा केही दल बढेको निर्वाचन आयोगले जनाएको छ।
अर्को समाचार
इलामको सन्दकपुरमा ट्र्याक्टर र ट्रकमा गोलिया बोक्न नपाइने
२२ असार २०७९
•
१ मिनेट पाठ
इलामको सन्दकपुरमा ट्र्याक्टर र ट्रकमा गोलिया बोक्न नपाइने
सन्दकपुर गाउँपालिकाको सुर्कने–सरस्वती मावि जोड्ने सडक। तस्बिर: नागरिक
सन्दकपुर गाउँपालिकाले पालिकाका सबै वडामा ट्र्याक्टर र ट्रक चल्न रोक लगाएको छ। बर्खामा ट्र्याक्टर र ट्रकले सडक बिगारेर अनिवार्य आवश्यकता समेत पूरा गर्न समस्या देखिएको भन्दै गोलिया ढुवानीमा ट्र्याक्टर र ट्रक प्रयोग नगर्न गाउँपालिकाले सूचना गरेको हो।  




प्रमुख प्रशासकीय अधिकृत महेश राईले सूचना जारी गर्दै गोलिया बोक्ने काममा ट्र्याक्टर र ट्रक प्रयोग नगर्न भनिएको बताए। ‘कार्यपालिकाको सर्वसम्मत् निर्णय अनुसार ट्र्याक्टर र ट्रकबाट गोलिया ढुवानी बन्द गरिएको हो,’उनले भने, ‘ट्र्याक्टर र ट्रकले बर्खामा सडक धेरै बिगारेर खाद्यान्न ढुवानी, स्वास्थ्योपचारमा अस्पतालसम्म जाने–आउने समस्या हुने भएकाले कार्यपालिकाको बैठकबाट सर्वसम्मत् रूपमा यस्तो निर्णय भएको हो।’

अब अर्काे सूचना नभएसम्मका लागि सबै वडामा ट्र्याक्टर र ट्रकमा गोलिया ढुवानी गर्न पाइने छैन। दैनिक उपभोग्य वस्तु अभाव हुँदा लिन जाने–आउने, बिरामी हुँदा एम्बुलेन्स चलाउने सडक नै ट्र्याक्टर र ट्रकका कारण बर्खामा बन्द हुने अवस्था हुन नदिन यस्तो निर्णय गरिएको पालिकाले जनाएको छ।  

जिल्लाकै माइजोगमाई गाउँपालिका–५ मा पनि ट्र्याक्टर गुडाउन बन्द गरिएको छ। बर्खामा ट्र्याक्टरले सडक बिगारेको भन्दै वडाको बैठकले आउँदो भदौ १५ सम्म लागू हुनेगरी मुख्यबाहेक वडाका सबै शाखा सडकमा ट्र्याक्टर चलाउन रोकेको हो। वडाले नयाँबजार–स्यालढुंगा–कटुसे हुँदै इलाम बजार जाने तथा स्यालढुंगा–सरस्वती मावि हुँदै इलाम बजार पुग्नेबाहेक अन्य सडकमा ट्र्याक्टर  चलाउन रोकेको हो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस