भारतबाट चोरी तस्करी गरी नेपाल ल्याउँदै गरेको गाडीसहित सामान मोरङको रंगेली नगरपालिका-६ मधुवनीबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट सामान बोकेर नेपाल आउँदै गरेको नेपाली नम्बरको प्रदेश १–०४–००१ च ०३६० नम्बरको पिकअपलाई चेक गर्दा भन्सार छलेर अवैध तरिका ल्याइएको गाडीसहित सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।
गाडीलाई नियन्त्रणमा लिएर चेक गर्दा विभिन्न ४८ प्रकारका तस्करीका सामान फेला पारेको हो। गाडीबाट साइकल र मोटरसाइकलका पार्टपूर्जा, कपडा, चप्पल, जुत्ता, कार्पेट, हारबोजाइन लिक्विड, इलेक्ट्रिक मोटर, एयर मोटर, टेन्ट, प्लाष्टिकका प्लेटलगायतका सामानहरु बरामद भएको छ। सामान र पिकअपको मूल्य २२ लाख ५ हजार रूपैयाँ बराबर कायम भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानको बिललगायतका कागजपत्र फेला पार्न नसकिएको र गाडी चालक प्रहरीलाई देख्न साथ परै गाडी रोकेर फरार भएको एसपी लामिछानेले बताए। चालक र गाडी धनीको पहिचान खुलेको छैन। उनीहरुको खोजी भइरहेको सशस्त्रले जनाएको छ। बरामद भएको सामानसहित गाडीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।