अमृता मृत्यु प्रकरण: सिआइबीले थाल्यो अनुसन्धान
०७ वैशाख २०७९
•
६ मिनेट पाठ
अमृता मृत्यु प्रकरण: सिआइबीले थाल्यो अनुसन्धान
गत चैत ३० गते संकास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी अमृता टण्डन खात्रीको शव अझै अन्त्यष्टि गरीएको छैन। उनले विष सेवन गरी आत्महत्या गरेको अमृताका श्रीमान र सासु ससुराले बताईरहेका छन्। तर,माइती पक्षले परिवारले उनको हत्या गरेको आरोप लगाँउदै निश्पक्ष छानविनको माग गरेका छन्। माइती पक्ष र स्थानीयले अमृताको न्यायका लागि भन्दै दिनहुँ जसो तिलोत्तमा सडक अवरुद्ध गरेर प्रदर्शन गरीरहेका छन्।




६ दिनदेखि अमृताको शव प्रादेशिक अस्पतालको शव गृहमा छ। कर्तब्य ज्यान मुद्दाको जाहेरी परे लगत्तै प्रहरीले अमृताका श्रीमान,सासु,ससुरालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। घटनाको अनुसन्धानका लागि सीआईबीको तीन सदस्य टोली सोमबारै बुटवल आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए। डिएसपि पौडेलका अनुसार शवको भिसेरा जाँचका लागि मंगलबार नमुना काठमाडौं पठाइएको छ। 

तर, माइती पक्षले भने काठमाडाैं पठाइएको नमुनाको रिर्पोट नआउँदै अन्त्यष्टि गरिँदा न्याय नपाइने होकी भन्ने आशंका व्यक्त गरेका छन्। सुरुमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले शंकास्पद मृत्युका सम्बन्धमा सुक्ष्म अनुशन्धान नै नगरी अमृताले आत्महत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गर्न आलटाल गरेकाले न्याय पाइन्छ भन्नेमा आस्वस्त हुन नसकेको अमृताका दाइ पुष्पक खत्रीले बताए। तर डिएसपी केसीले भने पीडितहरुको जाहेरीका आधारमा तत्कालै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरीएको बताए।  

परिवारको मानप्रतिष्ठा  र इज्जत जोगाइदिन मिलापत्र गराइएको घरेलु हिंसाले निम्तीएको घटना

परिवारको मान प्रतिष्ठा र इज्जतकाकालागि भन्दै महिलामाथि हुने घरेलु हिंसाका घटनालाई सामान्यीकरण गरिँदा हिंसाले कसरी महिलाको ज्यानै लिन्छ भन्ने उदाहरण हो अमृता मृत्यु प्रकरण। २९ वर्षे अमृतामाथि हुँदै आएको घरेलु हिंसालाई परिवार,आफन्त र जनप्रतिनिधिहरुले समेत नजरअन्दाज गरिदिँदा चैत ३० गते राती उनले ज्यान गुमाउनु पर्यो। वडा कार्यालय सम्मपुगेको घरेलु हिंसाको घटनालाई परिवारको इज्जत मानप्रतिष्ठासंग जोडेर मिलापत्र गरिदिँदा ८ वर्षे नावालकबाट आमाको काख खोसीएको छ।

के हो घटना? 

‘माइतीले भन्छन घर जा घरकाले भन्छन तेरो माइत जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो बिहे गरेर गएकी चेलीलाई घरकाले टेक्न नदिने, चेलीको फेर्ने सास गयो।' अमृताले आफ्ना दाजु पुष्पकलाइ गत चैत ३० गते राती करिब ९.१४ मा पठाएको म्यासेज हो यो। पुष्पकले म्यासेज देख्ने बित्तिकै सोधे ‘के भयो र बहिनी,खाना खाइस?'  

अमृताले ९.३२ मा फेरि म्यासेज पठाइन् ‘दाई म मर्न चाहान्न, म यहाँ बस्न नी सक्दिनँ, प्लिज दाई हजुरको बोझ नी हुन चाहान्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन चाहान्छु’। दाई पुष्पकले बहिनीलाई म्यासेजबाटै सम्झाउने प्रयास गरे ‘तँ जस्तो मान्छे मर्ने कुरा गर्ने हो? भोलि भान्जासंग आइज कुरा गरम्ला।' त्यसपछि अमृताले न जवाफ दिइन् न फोन उठाइन्। 

बहिनीमाथि केही नराम्रो हुने हो की भनेर आमा र श्रीमतीसंग चिन्ता व्यक्त गर्दागर्दै दश बजेतीर अमृताले विष सेवन गरर अस्पताल पुर्याइएको खबर पुष्पकले पाए। पुष्पक र उनकी श्रीमती मुना दौडीदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुगे। भाउजु मुनाले नानीलाइ के भयो कहाँ हुनुहुन्छ भनेर सोध्दा अमृताका श्रीमान प्रेमले ठाडो जवाफ दिए ‘माथि गइ (मरी)’। ‘ज्वाइँको अनुहारमा चिन्ता पिर केही थिएन। त्यस्तो दुखद खबर कति सजिलै सुनाउन सकेको होला हामीलाई विश्वासै लागेन’ मुनाले भनीन्। तर खबर सत्य थियो। आफूलाइ बचाउन दाजुसंग याचना गरेको आधा घण्टा नहुँदै अमृताले सदाका लागि यो सन्सारबाट बिदा लिइन्।  

श्रीमान र सासु ससुराले अमृताले आत्महत्या गरेको दावी गरेका छन्। परिवार मिलेर अमृताको हत्या गरेको दावी माइती पक्षले गरीरहेका छन्। १२ कक्षा पढ्दै गर्दा अमृता खत्री र प्रेम टण्डनबीच ९ वर्षअघि प्रेम विवाह भएको थियो। अहिले उनीहरुका ८ वर्षका छोरा छन्। प्रेम र उनको परिवार रोजगारीका सिलसिलामा भारत बस्थ्यो। विवाहपछि अमृता पनि भारत गइन्। पाँच वर्षअघि जानकीनगर २ भेट्नरीलाइनमा घर बनाएपछि प्रेमको परिवार यतै बस्न थाल्यो। अमृताको माइती र घर ३ सय मिटरको दुरीमा छ। विवाहको केही वर्ष सम्बन्ध राम्रै भएपनि नेपाल आएपछि सम्बन्ध सुमधुर हुन सकेन।

श्रीमान र सासुले आफूमाथि शारिरीक र मानसिक हिंसा गरेको गुनासो अमृताले साथी र माइतीसंग पटक पटक गरेकी थिइन्। ‘स–सानो कुरामा पनि सासुले तथानाम गाली गर्नुहुन्छ ज्वाइँले पनि हात उठाउनुहून्छ भनेर नन्दले सुनाउनुहुन्थ्यो’ अमृताकी भाउजु मुना खत्रीले भनीन्। टहलसिंह टण्डन र दीपा टण्डनका प्रेम एक्ला छोरा हुन्। उनकी एउटी दिदी छन्। भारतमा छँदा जागिरे उनी नेपाल फर्केपछि बेरोजगार थिए। परिवारको गर्जो टार्न सहज होस भनेर अमृताले फर्निचर उद्योगमा जागीर गर्थिन्। घरधन्दा नगरेर जागीरमा गएको र पैसा पनि पुरा नदिएको भन्दै सासु र श्रीमानले गाली गर्ने गरेको अमृताले आमा र भाउजुलाइ सुनाएकी थिइन्।

घर झगडा बढ्दै गएपछि गत भदौमा अमृताले वडा कार्यालयमा निवेदन दिइन्। छलफलका क्रममा अमृताले सम्बन्धविच्छेद गर्न चाहेको बताएकी थिइन्। तर समाज, इज्जत मान प्रतिष्ठाको हवाला दिँदै वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सचिव,सदस्यहरु,घर र माइती पक्ष बसेर अबआइन्दा अमृता घरमै बस्ने र परिवारका सदस्यले पनि अमृतालाई स–सानो कुरामा खोट नलगाउने, घरमा बस्ने वातावरण मिलाउने भनी मिलापत्र गराए।

सामान्य झैझगडा होला भनेर सुरुमा छोरीलाइ सहनुपर्छ, छोराको भविष्य हेर्नुपर्छ भनेर सम्झाएर घर नै पठाउने गरेको अमृताकी आमा सावित्रा खत्रीले बताइन्। ‘पहिले त सामान्य होला भनियो, अति नै भएपछि छोडपत्र गराउने कि भन्दा भन्दै छोरी नै गुमाउनु पर्यो’ सावित्राले पीडा व्यक्त गरिन्।  

अमृताका माइती,आफन्त,जनप्रतिनिधि सबैले उनीमाथि भइरहेको घरेलु हिंसालाइ सुरुमा सामान्य घर झगडा ठाने। समाजमा इज्जत मान प्रतिष्ठा गुम्ने भयसंगै ८ वर्षका छोराको भविष्यकालागि भन्दै हिंसालाइ नजर अन्दाज गरिँदा अन्ततः त्यसैले अमृताको ज्यान लियो। वडामा मिलेर बस्ने भनी सहमति गरेका सासु ससुरा र श्रीमानले घरको इज्जत वडासम्म लगेको भन्दै अमृतासंग झन् रुष्ट बने। प्रेम विवाह गरेकाले धेरै कुरा माइतीलाई बताउन नसक्ने साथीलाई बताउने गरेकी थिइन्। चाडपर्वमा बोलाउँदा ज्वाँई ससुराली नजाने मोबाइल नम्बर पनि ब्लक गर्ने गरेपछि बल्ल अमृता र परिवारको सम्बन्ध अझै नसुध्रेको आफूहरुले चाल पाएको दाइ पुष्पकले बताए।  

स्थानीयका अनुसार घटनाको अघिल्लो दिन चैत २९ गते पनि अमृता र प्रेमबीच झगडा भयो। अमृताले रुँदै फोन गरेपछि पुष्पक र भाउजू मुना घर पुगे। त्यहाँ छिमेकी पनि जम्मा भइसकेका थिए। केहीबेर पुष्पक र अमृताका सासू सुसुराबीच भनाभन भयो। पारिवारिक कुरामा माइतीले हस्तक्षेप गरेको आरोप सासु ससुराले लगाएपछि बहिनीसंग केही परे खबर गर्नु भन्दै पुष्पक घर फर्के।  

भोलीपल्ट चैत ३० गते बिहानै अमृता  झोला बोकेर माईत आईन। दिउँसो काममा गइन्। साँझ प्रेमले पटक पटक फोन गरेर बोलाए। मसान्तिको दिनमा घर नआए कान्छो सदस्यलाइ जे पनि हुन सक्ने र छोरालाइ केही भए तँ जिम्मेवार हुन्छेस् भनेपछि अमृता अत्तालिँदै राती ८.३० मा घर गाइन्। पाकेको भात समेत नखाइ माइतबाट हिडेकी अमृताले ९.३२ मा दाइसंग आफुलाइ बचाउन याचना गर्दै म्यासेज पठाइन्। त्यसको आधा धण्टा नबित्दै उनको शव अस्पतालमा थियो। अमृतालाइ ९.५० मा अस्पताल पुर्याइएको र अस्पतालले १० बजे मृत्त घोषणा गर्दै डेथ सर्टिफीकेट दिएको प्रहरीले जनाएको छ।

‘मोबाइलमा कुरा गरीरहेको व्यक्ति १८/२० मिनेट भित्रै कसरी आत्महत्या गर्यो। त्यती छोटो विष कहाँबाट आयो?' अमृताका दाजु पुष्पकको प्रश्न छ। अमृताको मृत्यु डि.डि.फैक्स नामक किटनाशक विषादीको सेवनबाट भएको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। जुन विषादी नेपालमा प्रतिबन्धित छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस