काठमाडौं- चिकित्सक हुन चाहने विद्यार्थीले अब विज्ञानसँगै समाज र मानवीय स्वभावसँग जोडिएका विषयवस्तुको ज्ञानवृद्धिमा समेत उत्तिकै ध्यान दिनुपर्ने भएको छ। सरकारद्वारा गठित चिकित्सा शिक्षा सुझाव उच्चस्तरीय कार्यदलले दिएको सुझावअनुसार प्रवेश परीक्षाका प्रश्नहरूमा आधारभूत विज्ञानका साथै सञ्चार सीप, समालोचनात्मक सोचाइ, नैतिकशास्त्र, मानविकी तथा मनोविज्ञानजस्ता विषयसमेत समावेश गरिनेछ।
पछिल्ला दिनमा चिकित्सा शिक्षामा बढ्दो व्यापारीकरणका कारण सामाजिक भावना भएका चिकित्सक उत्पादनमा कमी आएको भन्दै कार्यदलले नेपालको आवश्यकताअनुसारको चिकित्सक उत्पादनका लागि नयाँ स्वरुपको पाठ्यक्रम र विषय लागू गर्न सुझाव दिएको हो।
यसअघि चिकित्सा विज्ञानमा स्नातक तहमा भर्ना हुन विज्ञान विषय लिई उच्च माध्यमिक तह ५० प्रतिशत अंक प्राप्त गरे पुग्थ्यो। यो परम्परा बेलायती चिकित्सा शिक्षा प्रणालीको ढाँचामा आधारित छ। कार्यदलले यो मान्यताअनुसार चिकित्साशास्त्रको मूल आधार विज्ञान नै भएको हुँदा उच्च माध्यमिक तहमा पढाइने विज्ञान केन्द्रित पाठ्यक्रम पूरा गरेपछि चिकित्सक बन्न आवश्यक पर्ने शैक्षिक योग्यता पर्याप्त भएको विश्वास गरिन गरेका जनाएको छ।
तर अब पछिल्ला दिनमा यससम्बन्धी मान्यता परिवर्तन हुँदै देश र समाज सुहाउँदो चिकित्सक उत्पादनका लागि विज्ञानसँगै अन्य सामाजिक विज्ञानका विषय पनि महत्वपूर्ण हुने कार्यदलको निष्कर्ष छ। 'असल चिकित्सक बन्नको लागि चाहिने ह्युमन विहेविअरल साइन्सको महत्व र भूमिकालाई यथोचित स्थान दिएको देखिदैन।' कार्यदल प्रतिवेदनमा भनिएको छ, 'विद्यार्थी मूल्यांकनको आधार तथ्य र सूचनाहरूको जानकारी मात्र नभई विश्लेषण र विवेचना गर्ने क्षमता पनि हुनुपर्छ।'
प्रतिवेदनमा 'यस्ता ज्ञानको उपयुक्त व्यावहारिक प्रयोगबाट समस्या समाधान गर्न सक्ने क्षमतालाई समेत आधार बनाइनु पर्ने उल्लेख छ। कार्यदलले १४ गते प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनको १६ बुँदे सुझाव तेस्रो बुँदामा चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न विद्यार्थी प्रक्रिया महŒवपूर्ण हुने भन्दै नेपाल सुहाउँदो चिकित्सक तयार पार्न यी विषय पनि पढाउने गरी पाठ्यक्रममै नै परिमार्जनको लागि सुझाव दिइएको छ।
'ह्युमन विहेविअरल साइन्ससम्बन्धी विषयवस्तुमा सैद्धान्तिक पठनपाठनका साथै व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने कार्यक्रमहरु पनि समावेश गरिनुपर्नेछ, ' प्रतिवेदनमा छ, 'यो कोर्स सफलतापूर्वक पास गरेपछि मात्रै प्रवेश परीक्षामा आवेदन दिन योग्य हुने व्यवस्था लागू गनुपर्छ।'
कार्यदलले संयुक्त राज्य अमेरिका तथा क्यानाडामा चिकित्सक बन्न उच्च माध्यमिक तहको अध्ययनपछि चार वर्ष लामो अन्डरग्राजुएट तहको अध्ययन सकेको हुनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै पछिल्ला दिनमा यस मान्यतालाई बेलायत तथा अस्ट्रेलियाका केही विश्वविद्यालयमा समेत अवलम्बन गर्ने क्रम बढ्दै गएको आंैल्याएको छ।
कार्यदलले चिकित्सा पेसाजस्तो संवेदनशील पेसा अवलम्बन गर्न चाहने विद्यार्थीको बौद्धिक, भावनात्मक तथा सामाजिक परिपक्वता, जिम्मेवारीबोध, मानवीय संवेदनशीलता, जीवनको मूल्यको अनुभूति जस्ता गुणहरूको आवश्यकता पर्ने निष्कर्ष निकालेको छ।
'यस किसिमको योग्यता १६ वर्षे शिक्षा र विभिन्न विधाको थप अध्ययनपछि मात्र प्राप्त गर्न सकिने सम्भावना बढी हुने हुँदा यो प्रणालीले विश्वव्यापी रूपमा मान्यता पाइरहेको छ र नेपालमा पनि यस अवधारणालाई अवलम्बन गर्नु आवश्यक देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ।
कार्यदलले मेडिकल तथा डेन्टल विषयको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीहरुमा परिपक्वता तथा चिकित्सा पेसाका लागि आवश्यक पर्ने गुणहरुसमेत सुनिश्चित गर्न प्रस्तावित नयाँ आयोगले उपयुक्त फाउन्डेसन कोर्सको व्यवस्था गर्नेसमेत सुझाव दिएको छ।
कार्यदलले मध्यमस्तरीय स्वास्थ्य जनशक्तिलाई तोकिएको सेवा अवधि पूरा गरेपछि ब्रिजकोर्स गराई चिकित्सा शास्त्रको स्नातक (एमबिबिएस लगायत अन्य) कार्यक्रममा अध्ययनका लागि सहभागी हुन पाउने अवसर प्रदान गर्दासमेत सुझाएको छ।
चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको मूल्यांकनको प्रमुख आधार सैद्धान्तिक ज्ञानलाई अपनाइरहेको वर्तमान अवस्थाका कारण उत्पादित जनशक्तिमा व्यावहारिक ज्ञानको कमीका कारण कार्यक्षेत्रमा गएर स्वतन्त्र रूपमा र सक्षमतापूर्वक कार्य गर्न नसके निष्कर्ष निकालेको छ।
कार्यदलले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यावहारिक सीप, पेसागत कार्यदक्षता र पेसाधर्मिताप्रतिको प्रतिबद्धतासमेतको मूल्यांकन गरिने परिपाटी विकास गरी अविलम्ब कार्यान्वयनमा ल्याउनु जरुरी भएको भन्दै अन्यथा, गुणस्तरीय चिकित्सा शिक्षामा रहेको यो चुनौतीको सम्बोधन हुन कठिन हुने जनाएको छ।
कार्यदलले योग्य चिकित्सक तयार पार्न योग्य उमेदवार छनोट हुनुपर्ने भन्दै त्यसका लागि बहुवैकल्पिक प्रश्न तयार गर्न, कम्तीमा ३ सय अंकको बनाउन प्रवेश परीक्षामा नवीन विधि अपनाउन, म्यारिटका आधारमा भर्ना प्रणाली लागू गर्न, न्यून आय भएका योग्य विद्यार्थी बिनाधितो ऋण उपलब्ध गराउन, विदेश जाने र नेपालमा पढ्न चाहाने विदेशी विद्यार्थीलेसमेत प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था लागू गर्नसमेत सुझाव दिएको छ।
हाल नेपालमा योग्यताका आधारमा भर्ना नभई ठूलो प्रवेश परीक्षामा न्यूनतम अंक (५०) ल्याएका जो पहिला कलेजमा भर्ना लिन्छन् उसैले भर्ना पाउने प्रचलन छ। जसले गर्दा योग्यता भन्दा पैसा बढी दिने पहिला भर्ना पाउने गरेका छन्।