दाङ लमहीमा नमाज पढिरहेको मुस्लिम समुदायको समूहमाथि आक्रमण भएको छ। आक्रमणमा परि ८ जना घाइते भएका छन्। घाइते मध्य एकजना गम्भीर छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको मुस्लिम समुदायका नागरिकमाथि एक समूहले आक्रमण गरेको हो।
शुक्रबार दिउँसो करिब १ बजे लमहीका स्थानीय मुस्लिम समुदायका नागरिकहरूले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेका थिए। त्यहीबेला मस्जिद भित्र प्रवेश गरेको एक समूहले उनीहरुमाथि धारिलो हतियार प्रहार गरेको प्रहरिले जनाएको छ।
घाइते मध्ये एकजनाको टाउकोमा गम्भीर चोट लागेको छ। आक्रमणमा परि लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षीय गुठे कुरेसि, सोही वडा निवासी ३३ वर्षीय अरसद अलि, सवविर अलि, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अलि, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
घाइतेहरू मध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनाको जानकी मेडिकलमा उपचार भइरहेको छ। आक्रमण गर्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ।