कहाँ हराए भन्सार छुटका औषधि?
२६ असार २०७२
•
१६ मिनेट पाठ
कहाँ हराए भन्सार छुटका औषधि?
काठमाडौं- भूकम्पबाट घाइतेको उपचारका लागि विभिन्न देशबाट भन्सार छुटमा भित्र्याइएका करोडांै मूल्यबराबरका औषधि कहाँ र कसरी प्रयोग भयो भन्ने विवरण सरकारलाई अझै उपलब्ध हुन सकेको छैन।




भूकम्पपछि विभिन्न सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले घाइतेको उपचारनिम्ति राहतका रूपमा भन्सार छुट गराएर औषधि भित्र्याएका थिए। तर, कसैले पनि औषधि वितरणको विवरण सरकारी निकायलाई बुझाएका छैनन्। औषधि भित्र्याएको एक महिनाभित्र राहत वितरणको पत्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई भन्सारमा बुझाउनुपर्ने सरकारी नियम छ।

'भूकम्प गएपछि सुरुका केही दिन स्थिति भद्रगोल नै रह्यो। कसले, कति औषधि भन्सार छुटमा भित्र्यायो, कहाँ लग्यो, कसैलाई थाहा छैन। स्वास्थ्य विभागलाई प्राप्त औषधिको आँकडा हामीसँग छ। संघसंस्था र व्यक्तिले लगेका औषधिको विवरण हामीसँग छैन। यस्ता संघसंस्था तथा व्यक्तिले लगेको औषधि बढी भयो भनेर फिर्ता गरेका पनि छैनन्,' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गुणराज लोहनीले नागरिकसँग भने।

वैशाख १२ गतेको भूकम्पपछि जेठ २० गतेसम्म विभिन्न भन्सार नाकाबाट भन्सार छुटमा औषधि भित्रिएको हो। सरकारले जेठ २० भित्र भित्रिने राहत सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो।

नागरिकलाई प्राप्त १३ वटा भन्सार नाकाबाट पूर्ण भन्सार छुटमा भित्रिएका राहत सामग्रीको सूचीमा औषधिको परिमाण निकै ठूलो छ। सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले केजी, बाकस, कार्टुन, पत्ता उल्लेख गरी औषधि भित्र्याएका छन्, जसअनुसार ३ लाख २४ हजार १ सय ४५ केजी, ३ लाख ७८ हजार ७ सय ८० पत्ता, ५३ हजार ७६ कार्टुन र १ हजार ९६ बाकस औषधि भूकम्पका घाइतेका लागि राहत भन्दै भन्सार छुटमा नेपाल भित्रिएको छ। यस बाहेक थप २ गाडी औषधि पनि भूकम्पका घाइतेको नाममा भन्सार छुटमा नेपाल भित्रिएको छ।

यी औषधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), मेची, विराटनगर, जलेश्वर, सर्लाही, गौर, वीरगन्ज, सुक्खा बन्दरगाह भन्सार, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाट भित्रिएका हुन्। 'धेरैले भूकम्प गएको मौका छोपी सुरुका दिनमा भन्सार छुटमा औषधि भित्र्याएका छन्। पछिल्ला दिनमा हामीले कडाइ गरेपछि यो क्रम रोकियो,' प्रवक्ता लोहनीले भने।

भूकम्पका घाइतेको उपचार निःशुल्क गर्ने घोषणा सरकारले गरेको थियो। सोही बमोजिम सरकारले केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट तत्कालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निजी तथा सामुदायिक अस्पतालमा भएका मेजर अपरेसनका लागि एकमुष्ट २ करोड ५० लाख रुपैयाँ र अति आवश्यक औषधि तथा औषधिजन्य उपकरण जिल्ला तथा केन्द्रीय स्तरमा खरिद गरी आवश्यक स्थानमा परिचालन गर्न ३ करोड रुपैयाँ निकासा गरेको थियो। यसका अलावा कोषले नेपाली सेना र प्रहरीका लागि पनि औषधिको लागि भन्दै छुट्टै बजेट निकासा गरेको थियो।

खोज, उद्धार तथा भग्नावशेष हटाउने कार्यमा परिचालित हँुदा लाग्ने सञ्चार, सवारी र हवाई इन्धन, औषधि खरिदका लागि भनी कोषले सेनालाई १० करोड, नेपाल प्रहरीलाई १३ करोड र सशस्त्र प्रहरी बललाई १० करोड रुपैयाँ भूकम्प गएलगत्तै निकासा गरिएको थियो। भन्सार विभागको सूचीमा चढेका औषधि सरकारी बजेटभित्र पर्दैनन्।

विदेशबाट आउने सम्पूण राहत सामग्री के कति आयो र कहाँ वितरण गरियो भन्ने तथ्यांक राख्ने जिम्मेवारी गृह मन्त्रालयले पाएको छ। तर, गृहसँग भूकम्पका घाइतेका नाममा कति औषधि भित्रियो भन्ने तथ्यांक छैन। गृहको राहतसम्बन्धी मासिक प्रतिवेदनमा उसले ३ सय ९५ बाकस र १ सय ३ कार्टुन औषधि वितरण भएको मात्र उल्लेख गरेको छ। बाँकी औषधिका सम्बन्धमा गृहको प्रतिवेदन मौन छ, जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा भूकम्प पीडितको उपचार निःशुल्क गरेको थियो।

गृहको प्रतिवेदनमा उल्लेख भएअनुसार ३५ बाकस र १९ कार्टुन औषधि झापाबाट काठमाडौं पठाइएको छ। २० कार्टुन औषधि रुपन्देहीबाट ललितपुर पठाइएको थियो। यस्तै, १५ बाकस औषधि झापाबाट काभ्रेपलाञ्चोक र पर्साबाट ५५ कार्टुन औषधि काठमाडौं पठाइएको थियो। रौतहटबाट सिन्धुपाल्चोक १ काटुर्न औषधि पठाएको देखिन्छ। पर्साबाट केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा १ हजार ११ बाकस र काठमाडौंका लागि भनेर २ सय ३४ बाकस औषधि पठाइएको छ।

औषधि व्यवसायी संघका महासचिव दीपक दाहालका अनुसार संघले मात्रै भूकम्पका घाइतेको उपचारमा भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभिन्न संघसंस्था र व्यक्तिलाई नेपालभित्र उत्पादन भएको ६८ लाख रुपैयाँ बराबरको औषधि खुद्रा मूल्यमा उपलब्ध गराएको थियो। नेपालभित्रै उत्पादन भएको औषधि त्यति ठूलो मात्रामा भूकम्प प्रभावित क्षेत्रमा पुगेको अवस्थामा विदेशबाट करोडौंको औषधि भित्रिएकोप्रति उनले आश्चर्य प्रकट गरे।

'विदेशबाट भित्रिएको औषधिको परिमाण निकै ठूलो हो। यति धेरै त नआउनुपर्ने। कहीँ न कहीँ गडबड देखिन्छ। हामी खोज्छौं,' महासचिव दाहालले भने।

गृहको तथ्यांकअनुसार वैशाख १२ गतेको भूकम्प र त्यसपछिका अनुकम्पनबाट नेपालभर २१ हजार ९ सय ५२ जना मानिस घाइते भएका थिए। गृहको सूचीमा रहेका घाइतेलाई विदेशबाट आएको औषधि समानुपातिक हिसाबले बाँड्ने हो भने एउटा घाइतेको भागमा १४.७६ केजी, १२.२५ पत्ता, २.४१ कार्टुन र ०.०४ बाकस पर्छ। यसमा दुई गाडी औषधि जोडिएको छैन। भारतबाट भित्र्याइएका २ गाडीमा कति औषधि थियो, खुलाइएको छैन।

सरकारले भूकम्पपीडितका लागि राहत सामग्री ल्याउँदा भन्सार कार्यालयमा कहाँबाट आएको, कसले बुझ्ने, कहाँ वितरण गर्ने खुलाएपछि मात्र भन्सार छुट दिने प्रावधान बनाएको थियो। तर, विदेशबाट औषधि झिकाउनेमध्ये आधाजसोले मात्र औषधिको मूल्य र वितरण गर्ने स्थान खुलाएका छन्। राहत सामग्री वितरण गरेको पत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण गरी एक महिनाभित्र भन्सार नाकामा नपठाए भन्सार शुल्क बुझाउनुपर्ने सरकारी नियम छ। भूकम्पका घाइतेको उपचारपश्चात बाँकी रहेको औषधि सरकारलाई बुझाउनुपर्छ। अहिलेसम्म सरकारलाई कसैले पनि औषधि बुझाएको छैन।

भन्सार विभागको तथ्यांकमा विभिन्न संघसंस्था तथा व्यक्तिले औषधिमा मात्रा धेरै देखाए पनि त्यसको रकम भने निकै कम उल्लेख छ। सरकारी निकायले त्यति नै मात्रामा औषधि भित्र्याउँदा औषधिको मूल्य निकै बढी रहेको भन्सारको रेकर्डमा उल्लेख छ।

ह्याममोक हेलिकप्टर सेल्स एन्ड सर्भिस, मलेसियाले पठाएको १ सय ७४ केजी औषधि नेपालमा द ब्रिटिस नेपाल मेडिकलले बुझेको छ। उसले त्यसको मूल्य १ सय मात्र उल्लेख गरेको छ जसअनुसार एक केजी औषधिको मूल्य १ रुपैयाँ पनि देखिँदैन।

यस्तै, मेडसेयर इन्टरनेसनल, अमेरिकाले पठाएको २ हजार ५ सय ६ केजी औषधि नेपाल अर्थोपेडिक हस्पिटलले बुझेको छ, जसको मूल्य भन्सारमा २ हजार रुपैयाँ मात्र उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि भारतको ट्याब्लेट्स इन्डिया लिमिटेडले पठाएको ५० केजी औषधि बुझेको छ, जसको मूल्य भन्सारमा ८ लाख ३० हजार ६ सय ४५ उल्लेख छ। नेपाल चेम्बर अफ कमर्सले पनि भूकम्प पीडितका लागि भनी १ हजार ५ सय रुपैयाँमा ३० हजार 'एक्वा ट्याब' भित्र्याएको छ। एक संस्थाले भारतबाट भूकम्पको घाइतेको लागि भन्दै ५० हजार पत्ता पेनकिलर र १ लाख ५० हजार पत्ता पसिएम भित्र्याएको देखिन्छ।

वैशाख १३ देखि जेठ २० गतेसम्म नेपाल भित्रिएका औषधिको कुल मूल्य भन्सारमा करिब २ करोड रुपैयाँ उल्लेख छ। यो रकम नेपाल भित्रिएकोमध्ये आधा औषधिको मात्र हो। बाँकीको भन्सारमा मूल्य नै उल्लेख छैन। टिपिएको मूल्य विवरण ठिक हो कि होइन कसैलाई थाहा छैन।

चेक रिपब्लिक सरकारले पठाएको ११ हजार ८ सय १२ केजी, थाइल्यान्ड सरकारले पठाएको १८ हजार ९ सय केजी र स्विडेन सरकारले पठाएको ११ हजार ७ सय ७० केजी औषधि नेपालको भन्सारबाट प्रवेश गरेको रेकर्ड छ, तर कसले बुझ्यो र कहाँ लग्यो भन्ने रेकर्ड भन्सार विभागमा पनि भेटिँदैन। यस्तै, राजीव पोखरेल नाम गरेका व्यक्तिले २ सय ३२ केजी औषधि बुझे पनि औषधिको मूल्य र वितरण गर्ने ठाउँ भन्सारमा खुलाएका छैनन्। मेडिसिन स्यानफ्रन्टियर्स, ललितपुरले पनि मूल्य र वितरण गर्ने स्थान उल्लेख नगरी ४ हजार ८ सय ५३ केजी औषधि बुझेको छ।

काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा र दोलखाका लागि भन्दै सुष्मा कोइराला मेमोरियल ट्रस्टले ७३ बाकस औषधिजन्य सामग्री बुझेको छ। ट्रस्टले बंगलादेशबाट आएको सामग्री बुझेको हो। भन्सारमा ट्रस्टलेे मूल्य खुलाएको छैन।

यस्तै, भन्सारमा मूल्य नखुलाई एसिया फ्रेन्डसिप नेटवर्कले ४ सय केजी औषधि बुझेको छ। सिप्रदियन सहायत संस्थाले भारतबाट आएको ८ हजार केजी औषधि बुझेको छ। संस्थाले औषधिको मूल्य ६ लाख ८७ हजार ९ सय ३८ रुपैयाँ उल्लेख गरे पनि ती औषधि लाने ठाउँ खुलाएको छैन। एड इटी एक्सन नेपाल नामक संस्थाले लमजुङको विचौर, दूधपोखरी क्षेत्रमा वितरण गर्ने भन्दै १० हजार थान औषधि बुझेको देखिन्छ।

ग्रिन सोल्जर्सले बेलायतबाट आएको ६ हजार ४ सय २४ केजी औषधि बुझेको छ। काठमाडौं र ललितपुर क्षेत्रका लागि भन्दै उक्त संस्थाले ल्याएको औषधिको मूल्य ६ हजार रुपैयाँ उल्लेख छ। टेक नेपालले ३१ कार्टुन औषधि बुझेको छ जसको मूल्य भन्सारमा ८ लाख ८ हजार १ सय ४७ उल्लेख छ। गायत्री सिद्ध पिठले पनि काठमाडौंको लागि भनी भारतबाट आएको १ हजार केजी औषधि बुझेको छ, जसको मूल्य खुलाइएको छैन। भारतीय दूतावासले पनि १ सय ७६ कार्टुन औषधि मूल्य नखुलाई बुझेको छ। सिद्धार्थ होटल एसोसिएसन, भैरहवाले समेत सिन्धुपाल्चोकका लागि भनी भारतबाट आएको ३० कार्टुन औषधि बुझेको छ, जसको मूल्य उल्लेख छैन।

भूकम्प पीडितको नाममा एकैचोटि यति ठूलो मात्रामा औषधि भित्रँदा पछाडि समस्या आउने जनसंख्या मन्त्रालयका प्रवक्ता लोहनी बताउँछन्। औषधिको 'एक्स्पायर डेट' धेरै लामो नहुने भएकाले यस्ता औषधि बजारमा गए समस्या निम्तिने उनले बताए। 'एक वर्षभित्र म्याद सकिएका औषधि बजारमा थुप्रै देखिन सक्छ। यो सरकारका लागि पनि ठूलो समस्या हो,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस