प्रहरी क्षेत्राधिकार खुट्ट्याउन कार्यदल
२६ असार २०७२
•
१० मिनेट पाठ
प्रहरी क्षेत्राधिकार खुट्ट्याउन कार्यदल
काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच क्षेत्राधिकारबारे विवाद बढेपछि विवाद सुल्झाउन गृह मन्त्रालयले कार्यदल गठन गरेको छ। पक्राउ गर्दा पुर्जी जारी गर्न पाउने अधिकार थपेर सशस्त्रको नियमावली आएपछि गृह मन्त्रालयसँग प्रहरीको विवाद चुलिएको थियो। यही कारण सशस्त्रसँग समेत प्रहरीको सम्बन्ध चिसिएको थियो।हालै पारित सशस्त्र प्रहरी नियमावली– २०७१ ले पक्राउ सूचनापत्रका नाममा पक्राउ पुर्जी जारी गर्नसक्ने अधिकार दिएपछि नेतृत्वदायी मन्त्रालयबाटै नागरिक सुरक्षामा समानान्तर संगठन जन्माएको भन्दै आलोचना बढेपछि दुवै संगठनको क्षेत्राधिकार निश्चित गर्न कार्यदल गठन गरिएको हो।

गृहको शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकाल संयोजकत्वमा गठित समितिमा गृहकै उपसचिवद्वय कोषराज निरौला र शम्भुप्रसाद मरासिनी सदस्य छन्।

समितिका संयोजक तथा प्रवक्ता ढकालले प्रहरी र सशस्त्रको कार्यक्षेत्र निर्धारणबारे अन्योल देखिएकाले समाधानका लागि समिति गठन भएको जानकारी दिए। क्षेत्राधिकार मिचिएको गुनासोपछि अध्ययनका लागि समिति गठन गरिएको उनले बताए।

'सशस्त्र र प्रहरीबीच कार्यक्षेत्रका विषयमा केही अन्योल देखिएकाले समिति गठन भएको हो,' ढकालले शनिबार नागरिकसँग भने, 'समितिले दुवैको ऐन, नियमलगायत अध्ययन गरी कार्यक्षेत्र विषयमा सिफारिस गर्नेछ।'

समितिलाई काम सुरु गरेको एक साताभित्र दुवै संगठनको ऐन, नियम र निर्देशिका अध्ययन गरी एकअर्काको क्षेत्राधिकार मिचिएको छ या छैन त्यसको पहिचान गरी मिचिएको अवस्थामा ऐन–कानुनमा सुधार गरी क्षेत्राधिकार निश्चित गर्न सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ।

सशस्त्र प्रहरी ऐन– २०५८ अनुसार विशेष अवस्थामा मन्त्रिपरिषद वा मन्त्रिपरिषदले अधिकार प्रत्यायोजन गरिएका विशिष्ट कर्मचारीको निर्णयमा खटिने सशस्त्र २०६४ पछि प्रहरीझैं नियमित गस्ती, पेट्रोलिङ, चेकिङमा खटिएपछि दुवै संगठनबीच कार्यक्षेत्रबारे विवाद सुरु भएको थियो।

गृहले तीन वर्षअघि सशस्त्र परिचालनसम्बन्धी निर्देशिका– २०६९ बनाएर अर्धसैनिक बल प्रहरीझैं चोरी, लुटपाट नियन्त्रणमा परिचालित हुनसक्ने क्षेत्राधिकार तोकेपछि चर्किएको विवाद हालै पारित सशस्त्र नियमावलीले विवाद उत्कर्षमा पुर्या एको थियो।

सशस्त्र ऐनले पक्राउ अधिकार तोकिएकाले मानवअधिकारको मान्यताअनुसार पक्राउ पुर्जी जारी गर्ने अधिकार पाउनुपर्ने भन्दै सशस्त्रको नेतृत्व सक्रिय भएको थियो भने पक्राउ पुर्जी जारी गर्नु अनुसन्धानको प्रारम्भिक काम भएको र ऐन–नियमअनुसार सशस्त्र अनुसन्धान गर्ने निकाय नभई अर्धसैनिक बल भएको भन्दै प्रहरी नेतृत्व विपक्षमा उभिएको थियो।

विवादबीच सशस्त्र परिचालनसम्बन्धी निर्देशिका कायम राख्दै सशस्त्रलाई पक्राउपत्र भन्दै पुर्जी जारी गर्नसक्ने अधिकारसहितको नियमावली मन्त्रिपरिषद विधेयक समितिले पास गर्दै राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सार्वजनिक कार्यक्रममै एकअर्काको आलोचनामा उत्रिएका थिए।

क्षेत्राधिकार विवाद
गठनताका नै समानान्तर संस्था हुनबाट रोक्न सशस्त्र सुरक्षा बल नाम प्रस्ताव भए पनि सशस्त्रको तत्कालीन नेतृत्वको अडानका कारण सशस्त्र प्रहरी बल राखिएको थियो।

सशस्त्रको गठनसँगै ऐन आउँदा यसको प्रस्तावना समेत उस्तै–उस्तै बनाइयो। नेपाल प्रहरी ऐन २०१२ ले प्रस्तावनामा अपराध रोक्न र पत्ता लगाउने कार्यक्षेत्र तोक्दै शान्ति सुरक्षा सम्बन्धी सूचना संकलन गर्नु, अपराधी पत्ता लगाउने र सजाय गराउनु, पक्राउ गर्नुपर्नेलाई पक्राउ गर्ने, खानतलासी लिने अधिकार दियो।

सशस्त्र प्रहरी ऐन– २०५८ ले को स्थापनाताका नै ऐनमा 'शान्ति र सुव्यवस्था कायम गरी जनताको जिउधन र स्वतन्त्रता संरक्षण क्षेत्राधिकार तोक्यो। सुरुमा परिचालन हुँदा दुवै संगठनबीच कार्यक्षेत्रको विवाद थिएन। शान्ति सुरक्षाको अवस्थामा सामान्य बन्दै गएपछि द्वन्द्वकालमा दुवै संगठनबीच कार्यक्षेत्रमा विवाद देखिएको थिएन।

२०६२/६३ को राजनीतिक परिवर्तनसँगै सशस्त्र ब्यारेकमा खुम्चिएपछि उसले राजनीतिक लबिङका आधारमा कार्यक्षेत्र बढाउदै लैजाँदा कहिले नेपाली सेना र त कहिले प्रहरीसँग कार्यक्षेत्र विवाद सुरु भएको हो।

प्रहरीझैँ कार्यक्षेत्र खोज्दै सशस्त्रले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा अनपोल समूहमा जाने, अपराध अनुसन्धानको कार्यक्षेत्र तोकिएको प्रहरी संगठनको प्रमुख जाने इन्टरपोलको महासभामा सहभागी हुने अधिकार पाएपछि दुवै संगठनबीचको सम्बन्ध चिसिँदै गएको थियो।

विशेष अवस्थामा मात्रै परिचालित हुनसक्ने संगठन २०६४ बाट नियमित गस्तीमा निस्कियो। प्रहरी नेतृत्वको असहमति हुँदाहुँदै २०६९ मा परिचालनसम्बन्धी निर्देशिका ल्याएर प्रहरीझैँ प्रमुख जिल्ला अधिकारीको निर्देशनमा खटिने, नियमित गस्ती, पेट्रोलिङ गर्ने, अपराध नियन्त्रण, चोरी, डकैती,, अपहरण, चन्दा संकलन नियन्त्रण र नाकाहरुमा चेकप्वाइन्ट राख्ने अनुमति तोक्दै प्रहरीको क्षेत्राधिकारमा प्रवेश गराइएको थियो सशस्त्रलाई।

सेना र प्रहरीले समेत ऐनअनुसार सशस्त्रलाई तोकिएको क्षेत्र जान अझै छाडेका छैनन्। सीमा र भन्सारको जिम्मेवारी सशस्त्रले पाए पनि यी दुवै स्थानमा प्रहरीसमेत परिचालित हुँदै आएका छन्। सशस्त्र गठनसँगै उस्तै नाम भएको प्रहरीको सशस्त्र प्रहरी गणको नाम संशोधनका लागि सशस्त्रले गरेको प्रयास अझै सफल भएको छैन। अन्तर्राष्ट्रिय विमानस्थलसमेत सीमा भएको परिभाषा गर्दै सशस्त्रले विमानस्थल सुरक्षासमेत माग गरे पनि पाएको छैन।

सशस्त्र ऐनअनुसार भिभिआइपी, भिआइपीको सुरक्षा सशस्त्रको हो, तर, प्रहरी र सेनासमेत खटिँदै आएका छन्। ऐनले तोकेअनुसार कूटनीतिक नियोग, महत्वपूर्ण भवन र अन्य स्थलको सुरक्षाको क्षेत्राधिकार आफ्नो भएको भन्दै सशस्त्रले दुतावास, सरकारी कार्यालय, निकुञ्ज, जेलको माग गरे पनि पूर्ण रुपमा पाएको छैन।

जेलको सुरक्षामा प्रहरी खटिएको छ। निकुञ्ज सेनाको नियन्त्रणमा छ भने कूटनीतिक नियोग र सरकारी भवनमा तीनवटै संगठन खटिएका छन्।

कार्यदलका प्रमुख ढकालले दुवै संगठनको ऐन–नियम अध्ययन गरी कार्यक्षेत्र निश्चित गर्न सिफारिस गरिने जानकारी दिए।

'एक संगठनको कार्यक्षेत्रमा अर्को संगठनको हस्तक्षेप नहोस् भनेर कार्यदल बनेको हो,' उनले भने, 'तोकिएको कार्यक्षेत्र र भइरहेको गतिविधि अध्ययन गरी सोहीअनुसार सिफारिस हुन्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस