आठ वर्षमै पुग्दो चिकित्सक!
२६ असार २०७२
•
८ मिनेट पाठ
आठ वर्षमै पुग्दो चिकित्सक!
काठमाडौं- नेपालमा कति चिकित्सक चाहिएला? त्यो आवश्यकता पूरा हुन कति समय लाग्ला? स्वास्थ्य सेवामा लामो बहस भएर पनि जवाफ नमिलेको यो पेचिलो प्रश्नको जवाफ 'चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२' ले सुझाएको छ।सन् २०३१ सम्मका लागि स्वास्थ्य जनशक्ति प्रक्षेपणसम्बन्धी विश्लेषणमा प्रतिवेदनले अहिलेको उत्पादनका आधारमा बढीमा ८ वर्षभित्रै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुपातमा चिकित्सकको संख्या पुग्ने जनाएको छ।




कार्यदलले गत असार १४ गते प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको नीति तर्जुमा सम्बन्धी प्रतिवेदनमा अबको १५ वर्षमा नेपालमा करिब ३५ हजार चिकित्सक चाहिने प्रक्षेपण गरिएको छ। प्रतिवेदनले अहिले र थपिने मेडिकल कलेजको अनुमानित संख्याका आधारमा त्यतिबेला नेपालमा ५४ हजार ६ सय ६६ चिकित्सक काउन्सिलमा दर्ता हुने जनाएको छ।

हालसम्म नेपाल मेडिकल काउन्सिलमा १५ हजार ६ सय ६६ चिकित्सक दर्ता छन्। विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत तहको स्वास्थ्य सेवाका लागि पनि हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिडवाइफसमेत गरेर २३ जनाको अनुपातमा स्वास्थ्यकर्मी उपलब्ध हुनुपर्छ। संगठनका अनुसार एक हजार जनसंख्या बराबर एक चिकित्सक हुनुपर्छ।

नेपालमा ४ हजार ८ सय जनसंख्या बराबर एक चिकित्सक छन्। यस्तै, भारतमा १ हजार बराबर १, अमेरिकामा ३ सय ९०, क्युबामा १ सय ७०, चीनमा ९ सय ५० जनसंख्या बराबर एक चिकित्सक छन्। सबैभन्दा कम तान्जानियामा ५० हजार जनसंख्या बराबर १ चिकित्सक छन्। प्रतिवेदनले भौगोलिक र क्षेत्रीय आधारमा यसको वितरणमा पनि ठूलो असमानता पाइने औंल्याएको छ। सरकारी दरबन्दी र उपलब्धतालाई मात्रै आधार मान्ने हो भने, सुदूरपश्चिममा करिब २७ हजार जनसंख्या बराबर एक चिकित्सक छन्।

हालको उत्पादन दरका आधारमा सन् २०३१ मा चिकित्सक संख्या करिब ३२ हजार पुग्ने प्रतिवेदनले अनुमान गरेको छ। नीतिअनुसार अब खुल्ने संस्थाबाट करिब ८ हजार थपिन्छन् भने करिब १० हजार विदेशबाट आउँछन्। प्रतिवेदनले यस अवधिमा करिब १ हजार चिकित्सक सेवाबाट विस्थापित हुने अनुमान गरेको छ।

सन् २०११ को जनगणनाअनुसार जनसंख्या २ करोड ६४ लाख ९५ हजार ५ सय र वृद्धिदर १.३ छ। त्यतिबेला हालको वृद्धिदर कायम रहे जनसंख्या ३ करोड ५५ लाख ३८ हजार २ सय ५२ पुग्नेछ। नेपाल मेडिकल काउन्सिलका अनुसार हाल नेपालमा २ हजार चिकित्सक नेपालबाट र करिव ६ सय विदेशबाट अध्ययन गरी आउने गरेका छन्। 'यही अनुपातमा उत्पादन हुँदा करिब ६–८ वर्षमा सो तहमा देशलाई आवश्यक जनशक्ति अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पुग्न सकिने देखिन्छ,' प्रतिवेदनमा भनिएको छ,।

कार्यदलको प्रतिवेदनले विशेषज्ञ जनशक्ति बढाउन नयाँ नीतिसमेत सुझाएको छ। अहिले स्नातकोत्तर (विशेषज्ञ) तहमा मुलुकभरिमा करिब ५ सय मात्र सिट उपलब्ध छ। विशेषज्ञ बन्नका लागि कारण देखाएर समेत धेरै नेपाली चिकित्सक विदेश पलायन हुने गरेको प्रतिवेदनले औंल्याएको छ। नेपालबाट सन् २०१० यता ५ सय ४४ चिकित्सक विशेषज्ञ पढ्न बाहिरिएका छन्। 'विदेशी शिक्षण संस्थाबाट स्नातकोत्तर तह अध्ययन गरी फर्केका चिकित्सकहरू मेडिकल काउन्सिलको विशेषज्ञ परीक्षामा अनुत्तीर्ण हुँदा र उत्तीर्ण भए पनि तदअनुरूपको दक्षता प्रदर्शन गर्न नसक्दा गुणस्तरीय स्वास्थ्य सेवामा चुनौती थपिएको छ,' प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी, नेपालमा हाल २८ हजार १ सय ५३ नर्सिङ जनशक्ति रहेको जनाउँदै प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २०३१ मा १ लाख २५ हजार ३ सय पुग्ने प्रक्षेपण गरिएको छ। मापदण्डअनुसार त्यतिबेला नेपालमा १ लाख १२ हजार नर्स चाहिनेछ।

कार्यदलले विशेषज्ञ पास गरेर आएको बताए पनि सोही विषयमा फेल हुँदा बिरामीको ज्यानै जाने जोखिम पनि रहेको आंैल्याएको छ। कार्यदलले स्नातकोत्तर (विशेषज्ञ) तहमा हाल सञ्चालनमा रहेका कार्यक्रमका अलावा अन्य वैकल्पिक व्यवस्था अख्तियार गरी सिट संख्या वृद्धि गर्न सुझाव दिएको छ।

कार्यदलले विश्व स्वास्थ्य संगठनले प्रति १० हजार जनसंख्यालाई २३ जनाका आधारमा ८१ हजार ७ सय ३७ तथा ३४ जनाको दर प्रक्षेपण गर्दा १ लाख २२ हजार २५१ जना स्वास्थ्यकर्मी हुनुपर्ने जनाएको छ। हाल भइरहेको स्वास्थ्य जनशक्ति (नर्सिङ र मिडवाइफ) उत्पादनको दरलाई आधार लिँदा सन् २०२३ मा नर्सिङ जनशक्ति ८२ हजार २ सय ७४ पुग्ने तथा अन्तर्राष्ट्रिय मान्यताअुनसार सन् २०३१ मा नेपालमा करिब ६० देखि ७० हजार नर्स जरुरत पर्ने प्रतिवेदनले आंैल्याएको छ।

कार्यदलले स्वास्थ्य जनशक्ति योजना तथा प्राथमिकताका आधारमा कुनै विधामा आवश्यकभन्दा बढी र कुनैमा जनशक्ति नै उत्पादन नहुँदा स्वास्थ्य सेवा प्रवाहमै असर पर्ने जनाएको छ। स्वास्थ्य जनशक्ति उत्पादन गर्ने संस्था र उत्पादित जनशक्तिको खपत र परिचालन गर्ने निकायबीच समन्वय र सार्थक संवादको अभाव पनि प्रतिवेदनमा औंल्याइएको छ। जनसंख्याको बनोट र रोगको प्रकृतिमा बदलाव आइरहने भएकाले प्रत्येक पाँच वर्षमा आवश्यकता र उत्पादन हेरेर प्रक्षेपणको अद्यावधिक गर्न पनि कार्यदलले सुझाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस