विराटनगरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ का ३६ वर्षीय राजु महर्जन रहेका छन्। उनको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)१० ग्राम ९८ मिलिग्राम र २० चक्की नाइट्रोसन बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। महर्जनलाई विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरिएको हो।
भारतको जोगबनीदेखि आउँदै गरेका महर्जनको शरीर खानतलासी गर्दा लागुऔषध बरामद भएको डिएसपी श्रेष्ठले बताए। महर्जनविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।