पाल्पा–'केटीहरु अगाडि बस्न पाइन्न, तपाइँ पछाडि जानुस्' तानसेन बसपार्कबाट छुट्नै लागेको जीपमा चालक सिट नजिकै बसेकी युवतीलाई सहचालकले पछाडिको सिटमा पठाए।युवती जिल्ल परिन् र सोधिन् म किन पछि जाने ? 'केटी अगाडि राख्दा पुलिसले छोप्छ अनि जरिवाना तिराउँछ,' ती सहचालकले कुरा खुलाए । 'किन ?' अन्य यात्रुहरुले पनि चासोपूर्वक सोधे । 'हाम्लाइ के था ?' ती सहचालकले च्याँठिँदै भने 'पुलिसलाई गएर सोध्नुस् ।'
अगाडिको सिटमा महिला राख्नै नहुने कुनै कानुन छैन । तर, पाल्पामा भने चालकसँगै महिला बस्न नपाइने नियम छ । पहिले महिला आडमा राख्न जोडबल गर्ने जिप चालकहरु आजभोलि महिला यात्रु देखेर तर्कन्छन् । जीपमा मात्र होइन जिल्लामा चल्ने सार्वजनिक सवारीमा महिलाहरुलाई चालकसँगै बस्न 'निषेध' गरिएको छ । बसमा पनि अगाडि क्याबिनमा महिला राख्न गाडीवालाहरुले दुःख मान्न थालेका छन् । बसमा चढेर क्याबिनतर्फ लाग्ने महिलाहरुलाई अहिले सहचालकले त्यता होइन यता भन्दै क्याबिन बाहिरको सिटमा राख्छन् ।
पाल्पा प्रहरीले सकेसम्म महिलालाई चालकसँगैको सिटमा बस्नै नदिने र मिल्दै नमिल्ने भएमा पनि चालकसँग टाँसिन नदिने नीति लिएको छ । कुनै चालकले आफूसँगै महिला राखेको पाइएमा चेकिङमा बस्ने प्रहरीले कारवाही गर्छन् । पहिलो पटकलाई दुईसय जरिवाना लिएर सचेत गराउने गरिएको छ । पटक बढ्दै जादा जरिवाना रकम हजारसम्म लिने नियम छ ।
'महिला टाँसिएर सँगै बस्दा चालकलाई डिस्टर्ब हुन्छ र दुर्घटनाको जोखिम बढ्छ,' पाल्पाका प्रहरी प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाले भने, 'दुर्घटनाको जोखिम घटाउनका लागि यस्तो नियम बनाएका हौं ।' केहीदिन अघि ताहुँबाट तानसेनतर्फ आइरहेको एक सवारी यस्तै कारणले झण्डै दुर्घटनामा परेको घटना सुनाउँदै उनले थपे 'हामीले यात्रुहरुबाटै धेरै गुनासो आएर यस्तो नियम बनाएका हौं ।' आडैमा महिला हालेर हिड्ने होड चलेको उनले बताए ।
अर्कोतर्फ यस्तो नियमले सार्वजनिक सवारी चालकहरुलाई यौनजन्य हिंसाको बात नलाग्ने डिएसपी तिम्सिनाको भनाइ छ । यस्तो नियमले चालकहरुलाई समेत संयमित बनाउने डिएसपी तिम्सिना बताउँछन् । अहिले चालकसँग महिला टाँसिएर बसेको पाइएमा सुरुमा दुई सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । 'चेतावनी दिएर पटके कायम गरी जरिवाना लिएर छोड्छौं' डिएसपी तिम्सिनाले भने, 'यस्तो घटना दोहोरिएमा जरिवानाको रकम बढ्छ ।' पटके कारवाही बढ्दै जाँदा १ हजार रुपैयाँसम्म जरिवाना गराउने नियम बनाइएको उनले बताए ।
जिप चालकहरुबीच महिला आडमा राख्ने होडजस्तै चलेको र दुर्घटनाको जोखिम बढेको भन्दै यात्रुहरुले गुनासो गरेका डिएसपी तिम्सिनाले बताए । उनले भने, 'यस्तो होडबाजीले यात्रा असुरक्षित हुने र असभ्य प्रतिस्पर्धा बढ्ने देखेर यस्तो नियम बनाइएको हो ।'