जानकी मेडिकललाई ठगी मुद्दा चलाउन गृहसँग अनुरोध
२८ असार २०७२
•
८ मिनेट पाठ
जानकी मेडिकललाई ठगी मुद्दा चलाउन गृहसँग अनुरोध
काठमाडौं- जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएर विद्यार्थी शुल्क असुल गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको छ। विद्यार्थीबाट शुल्क लिएर पठनपाठन नगरेको र पटक–पटक सञ्चालन गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको भन्दै शिक्षाले कारबाहीका लागि सोमबार गृहसँग सहयोग मागेको हो।कलेजका सञ्चालकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले आइतबार निर्देशन दिएको थियो। त्यही आधारमा शिक्षामन्त्रीस्तरीय निर्णयमा गृहलाई पत्र पठाइएको हो। यसअघि गत शुक्रबार मुख्यसचिव लीलामणि पौडेलले समेत शिक्षा सचिवलाई तत्काल व्यवस्थापन र कलेजविरुद्ध कारबाही तत्काल अगाडि बढाउन निर्देशन दिएका थिए।

शिक्षा मन्त्रालयको यो पत्रपछि विद्यार्थी हालेको उजुरी र अन्य निकायको पत्रका आधारमा जिल्ला प्रशासन कार्यलयले सञ्चालकहरूलाई गिरफ्तार गरेर कारबाही र विद्यार्थीको शुल्क असुली प्रक्रिया सुरु गर्न सक्छ। यसअघि विद्यार्थी जिल्ला प्रशासनमा यस्तो मुद्दा दायर भए पनि मन्त्रालयकै संरक्षणका कारण कारबाही प्रक्रिया अगाडि बढ्न सकेको थिएन। कारबाही प्रक्रिया अघि बढेसँगै कलेज सञ्चालकबाट पैसा असुली गरेर कलेजमा अध्ययनरत ३ सय १७ एमबिबिएस र अन्य विद्यार्थीको विभिन्न कलेजमा पठनपाठन व्यवस्थापन गर्न बाटो सहज हुनेछ।

मन्त्रालयले चिकित्साशस्त्र अध्ययन संस्थान (आइओएम) लाई पनि सोमबारै संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न भनेको छ। संसदीय समिति लगायतका निकायबाट दबाब परेपछि शिक्षामन्त्री चित्रलेखा यादव आफ्नो पुरानो अडानबाट पछाडि हटेकी हुन्। उनले एक साताअघि शिक्षा मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएर कलेज सञ्चालकलाई तत्काल कारबाही नगर्न निर्देशन दिएकी थिइन्।

आइओएम र मेडिकल काउन्सिलका पदाधिकारीले अहिले कलेज चल्न नसक्ने बताउँदा पनि मन्त्री यादवले कम्तीमा १५ दिन समय दिन आग्रह गरेकी थिइन्। सो लगत्तै कलेजका विद्यार्थी अन्यन्त्र सार्ने तयारीमा लागेको आइओएमले प्रक्रिया स्थगित गरेको थियो। मन्त्रीले कलेज सञ्चालकलाई संरक्षण गरेको भन्दै विद्यार्थीले मुख्यसचिव र संसदीय समितिका अध्यक्षसमेतलाई भेटेर गुनासो गरेका थिए।

त्यसपछि मुख्यसचिवले बिहीबार आइओएमा डिन, शिक्षा सचिव विश्वप्रकाश पण्डितसहित विद्यार्थीसँग संयुक्त बैठक राखेका थिए। उनले सो आधारमा शुक्रबारै कलेज सञ्चालकलाई कारबाही गर्न र विद्यार्थी पठनपाठनको वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएका थिए। संसदीय समितिले पनि आइतबार मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय र आइओएमका उच्च अधिकारीलाई डाकेर जानकीका सञ्चालकमाथि तत्काल कारबाही प्रक्रिया थाल्न निर्देशन दिएको थियो।

समितिले पीडित विद्यार्थीलाई समुचित क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। समितिले निर्देशनका क्रममा सम्बन्धित निकायलाई समस्या समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सञ्चालन गरी १० दिनभित्र समितिलाई जानकारी दिन समेत भनेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले पटक–पटक अवसर दिँदा पनि सञ्चालकहरूले पढाइ सञ्चालन गर्न नसकेपछि कानुनअनुसार कारबाहीका लागि लेखिपठाएको बताए। 'ठगी मुद्दा वा सार्वजनिक अपराध जे पनि लाग्न सक्छ,' उनले भने, 'हामीले लामो समय पनि दियौं,'किन नचलाएको भन्दा चलाइसकेका छौं भने, आइओएमको टिम पठाउँदा कलेज चलाएकै रहेनछन्।'

आइओएमका डिन डा. राकेश श्रीवास्तवले मन्त्रालयको निर्देशन आइनपुगेको जनाउँदै आइपुग्नासाथ कार्यान्वनय प्रक्रियामा लाने बताए। उनले विद्यार्थी व्यवस्थापनका लागि खर्च र काउन्सिलको सहमति पनि चाहिने भएकाले पत्रपछि प्रशासनिक निकायको सहयोगमा विद्यार्थी तत्काल व्यवस्थापन गर्न सकिने विश्वास लिए।

सञ्चालकहरूको लापरबाहीका कारण दुई वर्षदेखि नै जानकी मेडिकल कलेज समस्यामा परेका छ। सञ्चालकहरूले सुरुमा विद्यार्थीबाट एकमुष्ठ रकम लिने र पछि सबै रकम बाँडीचुडी लाने, तर कलेज तथा अस्पतालमा कार्यरत कर्मचारीको तलबसमेत नदिने गरेका थिए। दुई वर्षको अवधिमा मुस्किलले ४ महिना मात्रै अस्पताल र पठनपाठन चलेको छ। कर्मचारी र विद्यार्थीले पटक–पटक आन्दोलन गर्दा र नयाँ पक्षले व्यवस्थापन लिन खोज्दा पनि झगडा जारी भएपछि एक वर्षअघि नै आइओएमले सम्बन्धन खारेजी प्रक्रिया सुरु गरेको थियो।

तर, गत माघमा शिक्षा मन्त्रालयले सञ्चालकमध्येका एक ओपी पाण्डेले एकलौटी किनेको भन्ने पत्रका भरमा सो प्रक्रिया रोकेको थियो। त्यतिबेला पाण्डेले एक साताभित्रै पठनपाठन सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए, तर कार्यान्वयन भएन।

आइओएमको टोलीले पुनः अनुगमन गरेर कलेज चल्नै नसक्ने निष्कर्षसहित जेठ ७ देखि विद्यार्थीलाई अन्य कलेजमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्यसपछि १५ गते शिक्षा मन्त्रालयले समेत सूचना जारी गरेर पठनपाठन सञ्चालन नगरे कारबाही गर्ने जनाएको थियो। जानकीका विद्यार्थीले एक महिनाभन्दा लामो समयदेखि राजधानी र जनकपुरमा आन्दोलन गरिरहेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस