स्वास्थ्यमा महत्वाकांक्षी कार्यक्रम
२९ असार २०७२
•
१० मिनेट पाठ
स्वास्थ्यमा महत्वाकांक्षी कार्यक्रम
काठमाडौं-सरकारले आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न समुदायको पहुँच वृद्धि गर्ने सोचका साथ 'एक गाउँ एक डाक्टर' सहित थुप्रै महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ।

सरकारी संरचनामा हाल प्रत्येक निर्वाचन क्षेत्रमा हुने प्राथमिक स्वास्थ्य केन्द्रमा समेत चिकित्सक उपलब्ध गराउन नसकेको अवस्थामा प्रत्येक गाविसमा चिकित्सक पुर्याहउनेसहित आइसियु र एनआइसियु स्थापना गर्नेसम्मका कार्यक्रम घोषणा गरेको छ।

अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्य क्षेत्रका लागि ४१ अर्ब ३२ करोड बजेट विनियोजन गरेको छ, जुन कुल बजेटको ५ प्रतिशत हो। अघिल्लो वर्ष स्वास्थ्यका लागि ३१ अर्ब २६ करोड विनियोजन गरिएको थियो, जुन कुल बजेटको ५.५ प्रतिशत थियो। प्रतिशतका हिसाबले बजेट घटे पनि यसपालि बजेटको आयतन भने बढेको छ।

क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नुपर्ने अवस्थामा यो बजेट निराशाजनक भएको टिप्पणी विज्ञहरूले गरेका छन्। स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले विपत्तिपछिको अवस्थामा पनि स्वास्थ्य प्राथमिकता परेको बताए। उनले स्वास्थ्य क्षेत्रमा लिएका विभिन्न लक्ष्य पूरा गर्ने गरी पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थपिएको बताए।

पछिल्लो समय भूकम्प प्रभावित ११ जिल्लाका सबै गाविसमा चिकित्सक पुर्यादउने कार्यक्रमसमेत लागू हुन सकेको छैन। मन्त्रालयले गत वर्ष जारी गरेको २० वर्षे स्वास्थ्य नीतिमा यस्तो घोषणा गरेको थियो। 'नीतिमा राखिसकेको अवस्थामा कार्यक्रम लागू गर्दै जाने घोषणा भएको छ, त्यो सकारात्मक हो,' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवर्द्धन प्रधानले भने, 'यो सपना साकार हुन कम्तीमा २० वर्ष लाग्छ।'

हाल सरकारी स्वास्थ्य सेवामा करिब १ हजार मात्रै चिकित्सक दरबन्दी छ। यो आधारमा चिकित्सक पुर्यारउन थप ३ हजारभन्दा बढी चिकित्सक चाहिन्छ।

डा. प्रधानले यो कार्यक्रम कार्यान्वयन सुरु हुँदा उपत्यका वरपरका जिल्लाका गाविसमा चिकित्सक पुगे पनि मनाङ, मुस्ताङका गाउँमा चिकित्सक पुर्यायउन सजिलो नभएको बताए। उनले सरकारले घोषणा गरेको आइसियु सेवा विस्तार कार्यक्रम पनि मिठो सपना मात्रै भएको प्रतिक्रिया दिए।

आइसियु चलाउन एनेस्थेसियोलोजिस्टसँगै कार्डियोलोजिस्टजस्ता विशेषज्ञ जनशक्ति चाहिने भए पनि त्यस्ता जनशक्ति अत्यन्तै न्यून भएकाले पूरा हुन कठिन रहेको उनले बताए। 'एनेस्थेसियोलोजिस्टको माग देशभर छ,' उनले भने, 'एमबिबिएस चिकित्सकलाई त सरकारले आकर्षित गर्न नसकेको अवस्थामा कसरी विशेषज्ञ ल्याउला?' उनले एनआइसियुका लागि भने नर्सलाई तालिम दिए तथा एमबिबिएस चिकित्सक भए पनि पुग्ने भएकाले इच्छाशक्ति भए कार्यान्वयन हुन सक्ने बताए।

सरकारले कानुनी रूपमा गर्भपतन गराउँदा स्वास्थ्य संस्थामा शुल्क नलाग्ने, २८ दिनसम्मको शिशुको स्वास्थ्य सेवामा निःशुल्क गर्ने, मिर्गौला र पाठेघरको वर्षमा एकपल्ट निःशुल्क जाँच गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ। स्वास्थ्य बिमा १० जिल्लामा विस्तार गरिने भएको छ। डा. प्रधानले स्वास्थ्य बिमा सरकारले गरेर नहुने भन्दै यसलाई पूरा नहुने अभियानको संज्ञा दिए।

विज्ञहरूले महŒवाकांक्षी कार्यक्रम पूरा गर्न स्वास्थ्य मन्त्रालयको खर्च गर्न सक्ने क्षमता र बजेट प्रतिशत दुवै नबढेसम्म उपलब्धि हुन नसक्ने बताए। गत वर्ष पनि स्वास्थ्यमा २६ अर्ब ६१ करोड मात्रै खर्च भएको थियो। सचिव श्रेष्ठले दाताको पैसा खर्च गर्न कठिन भएकाले कम खर्च देखिएको भन्दै आगामी दिनमा यसमा सुधार हुने बताए।

सरकारले बजेटमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि र उपकरणसहितको पूर्वाधार र आवश्यकताअनुसार स्वास्थ्यकर्मी व्यवस्था गर्न, नवगठित नगरपालिकामा कम्तीमा १५ शऒ्ढयाका अस्पताल स्थापना गर्न आगामी वर्षमा २७ करोड छुट्ट्याएको छ। सरकारी स्वास्थ्य शिक्षण संस्थाबाट एमएमएस स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न २७ करोड विनियोजन गरिएको छ।

निजी अस्पतालको अनुगमन बढाउने र सरकारी अस्पतालको अवस्था सुधार्ने बजेटमा उल्लेख छ। बजेटमा सामुदायिक तथा निजी अस्पतालको भौतिक पूर्वाधार, यन्त्र उपकरण, जनशक्ति सेवा औषधिबारे प्रभावकारी अनुगमन गरिने, मापदण्ड पालना नगर्ने र सरकारी निर्णय अवज्ञा गर्ने अस्पताललाई कानुनबमोजिम कडा कारबाही गरिने उल्लेख छ।

यस्तै, सामुदायिक अस्पताललाई दिइने अनुदान स्पष्ट मापदण्डका आधारमा पारदर्शी, औचित्यपूर्ण र आवश्यकता आधारित बनाइने सरकारी कार्यक्रम छ ।

सरकारी अस्पताल र स्वास्थ्य संस्थाबाट नियमित प्रदान गरिने निःशुल्क औषधिको गुणस्तरीय आपूर्तिमा ध्यान दिन, औषधिको नमुना परीक्षण, गुणस्तर एवं मूल्य अनुगमन प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालासहित औषधि व्यवस्था विभागको पुनःसंरचना गर्ने प्रतिबद्धता गरेको छ।

सरकारले काठमाडौं उपत्यकाका ठूला अस्पतालमा बिरामीको चाप कम गर्न र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न उपत्यकाका केही स्थानबाट स्याटेलाइट सेवा उपलब्ध गराउन सुरु गर्ने, क्षेत्रीय स्तरमा रहेका स्वास्थ्य प्रयोगशालाका क्षमता अभिवृद्धि तथा परीक्षणका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वाधार पुर्यासइने जनाएको छ। विपत तथा दुर्घटनामा घाइतेको तत्काल उपचार व्यवस्था गर्न भरतपुर अस्पताल चितवनमा र धौलागिरी अञ्चल अस्पतालमा हरि खड्का ट्रमा सेन्टर बाग्लुङमा स्थापना गरिने भएको छ।

त्यसैगरी, पश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र राप्ती उपक्षेत्रीय अस्पतालमा मेडिकल कलेजका रूपमा विकास गर्न प्रारम्भिक कार्य सुरु र भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी हृदयरोग निवारण केन्द्र स्थापना गर्ने सरकारी प्रतिबद्धता छ।

सरकारी स्तरमा न्युरोलोजी केन्द्र स्थापना गर्न प्रारम्भिक कार्य गर्ने, सर्पदंशका बिरामीका लागि एन्टिभेनम भ्याक्सिन उत्पादन सुरु गर्ने जनाएको छ। यसबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिका लागि २५ करोड बजेट विनियोजन गरिएको छ।

मातृ तथा बालस्वास्थ्य सुधार ल्याउन काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पोसाक भत्ता १ हजारबाट बढाएर ६ हजार पुर्यााइएको छ। यसबाहेक विपन्न समुदायका विशेष र आम नागरिकका लागि आधारभूत स्वास्थ्यका पुराना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस