भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता
१२ वैशाख २०७९
•
५ मिनेट पाठ
भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन्।




हिजो आइतबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु आजदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन्। कतिपय राजनीतिक दलले बाजागाजा र कार्यकर्ताहरुसहित आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका छन्।

मध्य वैशाखको समय ग्रामीण भेगका मतदाताहरुलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामकै चटारो छ। गाउँमै आयोजित चुनावी सभाहरुमा मतदाताहरु अपेक्षा गरे अनुसार नआए पछि विभिन्न पार्टीका उम्मेदवारहरु मतदातासँग भेटघाट गर्न र भोट माग्ने खेतबारीमै पुग्न थालेका छन्।

आइतबार तीनवटा स्थानीय तहमा नेपाली काङ्ग्रेसले बाहेक अन्य दलले मनोनयन दर्ता गर्न सकेनन्। वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका अनुसार पहिलो दिन हिजो कांग्रेसले मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पूरै प्यानलसहित उम्मेदवारी दर्ता गरेको हो।

आइतबार रघुगङ्गा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवारबाट मनोनयन दर्ता भए बाहेक अन्य पालिकामा मुख्य पदमा उम्मेदवारी खासै पर्न सकेन। कांग्रेसले मालिका, रघुगङ्गा, अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएको छ।

उम्मेदवारी दर्ता गराएका दलका उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन्। यहाँका किसानलाई धानको बीउ राख्ने, मकै गोड्ने, गहुँ थन्काउने लगायत कामको चटारो छ। नेताहरूलाई वैशाख ३० गते हुने स्थानीय निर्वाचन कसरी आफ्नो पोल्टामा पार्ने भन्ने चिन्ता छ। तर, किसानलाई भने चुनावले छोएको देखिएको छैन।

खेती सम्हाल्न मै व्यस्त रहेका यी किसान आफूहरुको पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना राख्छन्। जौ, गहुँ थन्काउने, धानको बिऊ राख्ने, आलु लगाउने, मल हाल्ने, तरकारी खेती लगाउने जस्ता काममा यतिबेला कृषकहरू व्यस्त छन्।

मालिका गाउँपालिका–५ देवीस्थानका टेकबहादुर बूढालाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ। उनी भन्छन्, 'जसले जिते पनि गाउँको विकास गर्ने होइनन्। कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन्। हामी त किसानी मान्छे आफ्नो काम गर्‍यो, बस्यो।'

'पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटाले जित्छ  तर, वर्ष दिनसम्म खाने खेती गर्न छाडेर निर्वाचनमै अल्मलिए हामीसँग साँझ बिहान हातमुख जोर्ने उपाय हुन्न,' बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले भने।

मंगला गाउँपालिका–४ की राधिका सापकोटा पनि आफ्नो गाउँमा राजनीतिक दलले निर्वाचनलाई लक्ष्य गरी आयोजना गरेका बैठकहरुलाई छाडेर मेलापात मै व्यस्त छिन्। पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएका कारण यस पटकको निर्वाचनमा कुनै नौलोपना नपाइएको उनको भनाइ छ।

बेनी नगरपालिका–५ पुरण्य गाउँमा पिउने पानी र विद्युत् विस्तार गर्ने मुद्दा २०७४ कै निर्वाचनमा उठाइए पनि समस्या जस्ताको तस्तै छ। 'पहिलेका चुनाव अघि गरेका प्रतिवद्धता जनप्रतिनिधिले सबै बिर्सिए,' स्थानीय तुलबहादुर परियारले भने, 'बेनी नगरपालिकाभित्र पनि सहज रूपमा पानी पाइँदैन। गाउँमा बिजुली बाल्न पाइएको छैन। छोरानातिलाई पढाउन सहज छैन। यस्ता समस्या भोग्दै बस्नुपरेको छ भने अब पनि हामीले किन भोट दिने? सबै नेता त्यस्तै हुन्।'

राजनीति गर्ने नेताले प्रत्येक निर्वाचनमा जनतालाई ढाट्ने मात्रै काम गरिआएकाले राजनीतिभन्दा खेतीकै चिन्ता बढी लिनु श्रेयस्कर भएको यहाँका मतदाताहरुको भनाइ रहेको छ। दैनिक ज्याला मजदुरीमा गुजारा चलाउने यहाँका मतदातालाई पनि निर्वाचनप्रति खासै उत्साह छैन।

तर, म्याग्दीको बेनी नगरपालिका–२ का डोलेन्द्र शर्मालाई कामको चटारो भए पनि छिटो काम सकेर दलहरुका चुनावी कार्यक्रममा जाने, कुरा सुन्ने र असल नेता छान्ने धोको छ। विगतका निर्वाचनहरुमा वैदेशिक रोजगारीमा रहेका कारण मतदान गर्न नपाउनुभएका शर्माले यस पटक भने जुनसुकै राजनीतिक दलको भए पनि असल उम्मेदवारलाई मत खसालेर चुन्ने अवसर नगुमाउने अठोट व्यक्त गरे।

'उम्मेदवारलाई भोट माग्न मतदाताको घरदैलो पुग्न हतारो छ,' उनले भने, 'हामीलाई भने नयाँ बाली लगाउने र लगाएको बाली थन्क्याउने चटारो छ।' निर्वाचन नजिकिए पनि जिल्लाका कतिपय युवा वैदेशिक रोजगारीमा जान गाउँ छोडेर राजधानीतिर हिँडिरहेका छन्।

शिरमा कालो छाते टोपी र हातमा हरियो रङ्गको झोला बोकेका ४१ वर्षीय तीर्थबहादुर विक आइतबार बिहान बेनीको कालीपुल वसपार्कमा भेटिए। युएई हिँडेका उनको निधारमा बिदाइको रातो अच्छेता देखिए पनि निर्वाचनकै मुखमा देश छाड्नु परेकाले होला अनुहार मलिन छ।

जिल्लाको धवलागिरि गाउँपालिका–४ का विकले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदाहुदै पनि रोजगारीको बाध्यताले  विदेशिन बाध्य भएको दुःखेसो पोखे। विगत पाँच वर्षदेखि युएईमा रोजगारी गरेर परिवारको खर्च धान्दै आएका विक डेढ महिनाका लागि बिदामा घर आउएका हुन्।

विकजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको पर्वाह नगरी कालीपुल बसपार्कबाट बस चढी विदेश उड्न काठमाडौँ पसिरहेका छन्। 'डेढ महिनाको बिदा लिएर घर आएको थिएँ,” विकले  भने, 'भोट हाल्नका लागि पर्खेर बसे उता जागिर नै रहन्न।' यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको जानकारी दिने उनले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताए।

गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नू भनेर परिवारलाई सल्लाह दिएर आएको विक बताउँछन्। 'यतिका चुनावमा मतदान गरिसकें, केही उन्नति भएजसो लागेन,' उनले भने। मुलुकमा नयाँ शासन व्यवस्था आए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको उनको ठम्याइ छ। 'चुनाव जित्ने नेताका व्यवस्था फेरिए होलान्, हाम्रो त अवस्था जस्ताको तस्तै छ,' निराश भावमा विकले भने।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस