चुरे संरक्षण कार्यक्रममा दोब्बर बजेट
३० असार २०७२
•
९ मिनेट पाठ
चुरे संरक्षण कार्यक्रममा दोब्बर बजेट
काठमाडौं- अघिल्लो वर्षको बजेट भाषणमा अर्थमन्त्री रामशरण महतले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका लागि ९० करोड रुपैयाँ विनियोजन गर्दै भनेका थिए, 'आगामी वर्ष चुरे संरक्षणका लागि नदी बेसिन प्रणालीमा गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।'एक वर्षपछि मंगलबार उनले बजेट भाषण गरिरहेका बेला ललितपुर, खुमलटारस्थित समितिको कार्यकक्षमा चुरे संरक्षण गुरुयोजनाको 'आन्तरिक मस्यौदा' मा छलफल भइरहेको थियो। अघिल्लो वर्षको बजेटमा गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भनिएअनुसार सो मस्यौदा तयार पारिएको थियो। मस्यौदा निर्माण समूहमा ३७ जना विज्ञ छन्।

'विज्ञ समूहले गत चैतदेखि मेचीदेखि महाकालीबीचको चुरे क्षेत्रको स्थलगत अध्ययन गरेर गुरुयोजनाको आन्तरिक मस्यौदा तयार गरेको हो,' समितिका प्रवक्ता तथा सदस्य फुर्वा तामाङले मंगलबार नागरिकस"ग भने, 'समितिले २० वर्षे गुरुयोजा निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।' उनले समितिले एक वर्षमा धेरै काम गरेको दाबी गरे।

आर्थिक वर्ष २०७०/०७१ अघिका तीन वर्षमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि छुट्ट्याइएको ७२ करोड रुपैयाँ खेर गएको थियो। वृक्षरोपण, ताल–पोखरी निर्माणका लागि गरिएका कार्यक्रम सबै असफल भएका थिए। त्यतिबेला यो कार्यक्रम वन मन्त्रालयअन्तर्गत सञ्चालन भएको थियो। ०७१ असार २ गते सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाम परिवर्तन गरी राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रम बनायो र यसलाई समिति मातहत लगियो।

अघिल्लो वर्ष खर्च नभएको ९ करोड रुपैयाँ पनि ०७१/०७२ बजेटमा स्थानान्तरण गरियो। र, समितिले आफ्नो स्थापनास"गै यो एक वर्षमा ९९ करोड रुपैयाँ खर्च गरेको थियो। मंगलबारको बजेटमा समितिका नाममा अर्थमन्त्रीले १ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेका छन्।

चौथो राष्ट्रिय योजनादेखि नै चुरै संरक्षणको कुरा उठे पनि यसको संरक्षणमा विगतमा बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयनमा आएका थिएन। नवौं योजना चुरिया क्षेत्रको संवेदनशील भौगर्भिक बनोट र यसमा परेको चापका कारण भावर तथा तराई क्षेत्रको जटिल अन्तरसम्बन्धमा देखा परेको नकारात्मक असर कम गर्न भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम राखिएको थियो। समिति सदस्य तामाङका अनुसार गुरुयोजनाको पहिलो मस्यौदा असोजभित्र तयार हुन्छ। पुससम्ममा मस्यौदा कार्यान्वयनमा आउ"छ।

सरकारले ०७१ असार २ गते समिति स्थापनाको निर्णय गरेको थियो। असार ६ गते समितिको अध्यक्षमा पूर्वअर्थसचिव रामेश्वर खनाल नियुक्त भएका थिए। भदौ १३ गतेको मन्त्रिपरिषद निर्णयबाट चार सदस्य नियुक्त गरियो। ती सदस्यले १८ गते काम सुरु गरेका थिए।

तामाङका अनुसार छोटो समयमा समितिले कार्यालय स्थापना, विज्ञहरूको नियुक्ति, अनुसन्धान र प्रविधि शाखा स्थापना गरेको छ। 'नयाँ भौतिक संरचना स्थापना र थोरै बजेटमा काम सुरु भएको हो। तर, हामीले आफ्नो समयतालिका अनुसार धेरै काम गरेका छौं,' उनले भने।

तामाङका अनुसार अघिल्लो बजेटमा भनेजस्तै नदी बेसिन प्रणाली योजना बनाएर कार्यान्वयनको काम पनि गरिएको छ। वन मन्त्रालयले गरिरहेको कामलाई समितिले निरन्तरता दिएर बकैया, बलान, जलाद, रातु र रंगुनको नदी प्रणालीमा काम गरिरहेको छ। यी बाहेक समितिले चुरे हुँदै बग्ने सबै नदी, तिनका शाखा र गल्छीको बेसिन प्रणाली गुरुयोजना बनाउँदैछ।

'चुरेको माथिल्लो र तल्लो तटमा बसोबास गर्दै आएका सर्वसाधारणबीच सद्भाव कायम गर्नु पनि समितिको प्रमुख उद्देश्य हो। यसका लागि पनि समितिले काम गरिरहेको छ,' तामाङले भने।

समितिले गत वैशाखमा विराटनगर, धनुषा, हेटौंडा, बुटवल र लम्कीमा चुरे संरक्षण कार्यक्रम सहयोग एकाइ कार्यालय पनि स्थापना गरेको छ। यसैगरी चितवनको भरतपुरमा अनुसन्धान केन्द्र स्थापनाको पहल थालेको छ। यसका लागि जमिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ। 'आगामी आर्थिक वर्षमा भवन बनाउ"छांै,' सदस्य तामाङले भने, 'यो केन्द्रले चुरेको माथिल्लो र तल्लो तटका प्राकृतिक तथा सामाजिक विषयवस्तु अध्ययन गरी उपयुक्त रैथाने प्रविधि पहिचान गर्नेछ। ती प्रविधि समुदायलाई हस्तान्तरण गरिनेछ।'

यसैबीच, समितिले चुरे क्षेत्रको विस्तृत अध्ययनका लागि काठमाडांै र त्रिभुवन विश्वविद्यालयस"ग सम्झौता पनि गरेको छ। चुरे संरक्षणअन्तर्गतका जुनसुकै अनुसन्धानमूलक काम यिनै प्राज्ञिक निकायले गर्नेछन्। यसअन्तर्गत जैविक तटबन्धसम्बन्धी कार्यक्रम सुरु भएको छ।

यसैगरी चुरे संरक्षणमा आम समुदायलाई सहभागी गराउने उद्देश्यले समितिले 'चुरे बुझाऔं र बुझांै' कार्यक्रम असार २ गतेबाट चुरेका ३६ मध्ये ३१ जिल्लामा सञ्चालन गरेको छ। हरेक जिल्लामा एक–एक वटा गैर सरकारी संस्था छनोट गरी ती संस्थामार्फत यो कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रममार्फत वृक्षरोपण, स्कुले बालबालिकालाई चुरे र यसको महŒवबारे जनचेतना, बाल क्लब र महिला समूह गठन गरिएका छन्।

सरकारले चुरे संरक्षणका लागि वषार्ंैदेखि कार्यक्रम बनाउँदै आए पनि यसको दोहन रोकिएको थिएन। अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूले चुरे क्षेत्र, त्यस हुँदै बग्ने खोलानाला खोसि्रएर व्यापक विनाश गर्दै आएका थिए। यहा"का ढुंगा, गिटी र बालुवा कौडीको भाउमा भारत निकासी भइरहेको थियो।

चुरे क्षेत्र अतिक्रमण र वन फँडानी त्यत्तिकै बढेको थियो। पछिल्ला दिनमा पनि पहिरो, भूक्षयको समस्या त्यत्तिकै बढ्दै गएको छ। पानीको सतह हरेक वर्ष घट्दै गएको छ। पानीका स्रोत सुक्न थालेका छन्। यसले गर्दा तराईको उत्पादनमा ह्रास आउने क्रम पनि बढेको छ।

वन मन्त्रालयअन्तर्गतको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले उल्लिखित समस्या सम्बोधन गर्न नसकेपछि ०७१ असार २ गतेको मन्त्रिपरिषदले चुरेलाई वातावरण चुरे संरक्षण क्षेत्र घोषणा गरेको हो। यसको विस्तृत संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि समिति स्थापना भयो। ढुंगागिटीको विदेशी निकासी ०७१ साउनदेखि बन्द गर्ने निर्णय पनि गर्योप।

चुरेले नेपालको कुल भुभागको १२ दशमलव ७८ प्रतिशत ओगटेको छ। चुरे र यसको प्रभाव क्षेत्रको जनसंख्या १ करोड ४५ लाख ४३ हजार ५ सय ९ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस