काठमाडौं- सुरक्षित संरचना निर्माणलाई पहिलो प्राथमिकता दिँदै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ का लागि ४ अर्ब ६ करोड रुपैयाँको राजस्व तथा खर्च प्रस्ताव गरेको छ। राजनीतिक संयन्त्र समेतको सहभागितामा २६ औं नगरपरिषदबाट पारित आव २०७२/०७३ को बजेट महानगरपालिकाले बुधबार सार्वजनिक गरेको हो।भूकम्पबाट पूर्ण क्षति भएका व्यापारिक तथा आवासीय भवनको नक्सा स्वीकृत गर्दा पुरानै प्रयोजनका लागि भए नक्सा दस्तुरमा ७५ प्रतिशत र आंशिक क्षति भएकालाई २५ प्रतिशत छुट दिने महानगरपालिकाले जनाएको छ।
भूकम्पपीडितलाई परिचयपत्रका आधारमा महानगरपालिकाले उपलब्ध गराउने सिफारिश दस्तुर आर्थिक वर्ष २०७२/०७३ का लागि छुट दिने निर्णय गरिएको छ। साथै पूर्ण क्षति भएका भवनमा सञ्चालित व्यवसायलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको महानगरपालिकाले जनायो।
महानगरपालिकाभित्र भवन निर्माण गर्दा तेस्रो पक्षबाट प्रमाणीकरण गरिने प्रक्रिया प्रभावकारी बनाइने महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए। 'तला थप्न माग गरिएका भवनका नक्सा पासको हकमा बनिरहेको संरचना विद्यमान भवन संहिताअनुसार प्राविधिक परीक्षण गरेर मात्र स्वीकृति दिने नीतिगत व्यवस्था मिलाएको छ,' उनले भने।
बजेटका लागि आन्तरिक आयबाट १ अर्ब ५९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए। कूल विनियोजित रकममध्ये पुँजीगत खर्च तथा पुँजीगत सम्पत्तितर्फ २ अर्ब ८८ करोड र चालू खर्चतर्फ १ अर्ब १८ करोड छुट्ट्याएको उनले जानकारी दिए।
चालु आर्थिक वर्ष २०७१/०७२ का लागि विनियोजित ३ अर्ब ९८ करोड ३५ लाख रुपैयाँमध्ये ११ महिनामा १ अर्ब ३९ करोड ८१ लाख रुपैयाँमात्र खर्च भएको उनले जानकारी दिए। आय ३ अर्ब ९८ करोड रुपैयाँ अनुमान गरिएकोमा १ अर्ब ७९ करोड ९५ लाख मात्र संकलन भएको उनले जनाए।
योजनाअनुसार सार्वजनिक सम्पदा र संरचना पुनर्निर्माणलाई तीव्रता दिइने, महानगरलाई आधुनिक एवम् सुविधासम्पन्न सहरका रुपमा निर्माण गरिने, सहरका पुराना बस्ती क्षेत्रमा सरकारसँग सहकार्य गरी संयुक्त आवास योजना लागू गरिने पनि उनले जानकारी दिए। 'यसका लागि तत्काल काम थाल्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ,' उनले भने, 'सरकारी सहयोगमा महानगरभित्रका घना बस्ती रहेका भित्री सहरी क्षेत्रमा निजी, सरकारी र विभिन्न अर्धसरकारी संघ संस्थाका घर तथा जग्गा खरिद गरी खुला स्थलका रुपमा विकास गरिनेछ।'
पुरातात्विक सम्पदा, कला र ज्ञानको संरक्षण गर्न 'भूकम्प स्मारक' संग्रहालय स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ। महानगरपालिकाको बागदरबारस्थित कार्यालय भवनको ऐतिहासिक महत्व कायम राखी आधुनिक भवन निर्माण गर्न महानगरपालिकाले ५ करोड विनियोजन गरेको छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण र पुनःस्थापना प्रारम्भ गर्न आवश्यक रकमको व्यवस्था गरिएको उनले जनाए। यसको शुरुवात काष्ठमण्डपको पुनर्निर्माणबाट गरिने उनले बताए।
'सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग सहकार्य र सहयोग आदानप्रदान गरिनेछ,' उनले भने, 'महानगरभित्र सार्वजनिक निजी साझेदारीमा बहुतले र भूमिगत पार्किङस्थल विकास गरी कालोपत्रे सडकमा पार्किङ गर्ने प्रवृत्ति निरुत्साहित गरिनेछ।'