काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकाशको पूर्वसन्ध्यामा गरेका केही विवादास्पद निर्णय उल्ट्याउँदै 'न्यायालय सुधार अभियान' थालेका छन्।
उनले बिहीबारै २०७० सालअघि नियुक्त ९१ र पछिका ८८ गरी १ सय ७१ जिल्ला न्यायाधीशको सरुवा गरेका छन्। पुनरावेदन अदालतका ३४ न्यायाधीशको पनि सरुवा भएको छ। साहले गरेका जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरुको काजसरुवा निर्णय उल्ट्याउँदै नयाँ सरुवा गरिएको हो।
श्रेष्ठले लामो समयदेखि रिक्त सर्वोच्च अदालतका रजिस्ट्रार तथा न्याय परिषदमा सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्दै न्यायालयलाई नयाँ रुपमा लैजाने अभियानसमेत अघि सारेका छन्।
पूर्व प्रधानन्यायाधीश साहले अवकाश हुनु दुई साताभन्दा कम समय बाँकी रहँदा सूचना प्रविधि शाखामा नियुक्ति, सूचना प्रविधि सामग्री खरिदलगायत विवादास्पद निर्णय लिएका थिए। श्रेष्ठले ती निर्णय उल्ट्याउँदै साहका कामकारबाही छानबिन गर्न सर्वोच्चका न्यायाधीश सम्मिलित छानबिन समिति गठन गरेका छन्।
समितिमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ र सहरजिस्ट्रार महेन्द्रनाथ उपाध्याय सदस्य छन्। देशभरका अदालतमा सूचना प्रविधि विकास गर्न भनी साहले थालेका काम शंकास्पद देखिएको भन्दै समितिले तत्कालीन समयमा भएका कामहरुबारे अध्ययनसमेत थालिसकेको छ। प्रधानन्यायाधीश आफैं कुनै पनि समितिको सभापति नबस्ने परम्पराविपरीत साह आफैंले राखेको आइटी समिति सभापतिको जिम्मेवारी पनि श्रेष्ठले सुशीला कार्कीलाई सुम्पेका छन्।
आर्थिक वर्षको अन्त्यतिर दुई वर्ष अवधि पूरा भएका न्यायाधीशहरुको सरुवा गर्ने परम्परा रहे पनि साहले आफूअनुकूल र प्रतिकूल व्यक्ति हेरेर जथाभाबी सरुवा गरेको आरोप लागेको थियो।
उनले आफू निकटकालाई सुगम र अन्यलाई दुर्गममा सरुवा गर्ने निर्णय गरेको भन्दै न्यायक्षेत्रमा व्यापक असन्तुष्टि छाएको थियो। साहको एकल निर्णयअनुरुप असार ७ गते जिल्ला, पुनरावेदन र पुनरावेदन अदालतका मुख्य केही न्यायाधीशको काज सरुवा गरिएको थियो।
रिक्त न्यायाधीश नियुक्त गर्न नसकेपछि साहले सरुवामा हात हालेका थिए तर सरुवा गर्दा दुई वर्ष पुगेका योग्य मात्र नभई अन्य समेत परेको पाइएपछि प्रधानन्यायाधीश श्रेष्ठले त्यसलाई बदर गर्दै नयाँ सरुवा निर्णय गरेका हुन्।
न्यायपरिषदले पुनरावेदनका ३४ र जिल्लाका १७९ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको सचिव कृष्ण गिरिले वताए।
२०७० अघि नियुक्त ९१ र पछि नियुक्त भएका ८८ जिल्ला न्यायाधीशको सरुवा गरिएको गिरीले जानकारी दिए। पुनरावेदनका ३४ न्यायाधीशको पनि सरुवा गरिएको उनले जनाए।
नया" प्रधानन्यायाधीशको सिफारिस भइसकेपछि प्रधानन्यायाधीशले न्यायाधीश काजसरुवा गर्ने चलन थिएन। त्यसलाई कुल्चँदै निर्णय गर्दा साह विवादमा तानिएका थिए। अवधि पुगेपछि काजसरुवा गर्ने कानुनले प्रधानन्यायाधीशलाई दिएको अधिकार साहले दुरुपयोग गरेका थिए।
नयाँ प्रधानन्यायाधीश श्रेष्ठले परिषदको पहिलो बैठकमै त्यसलाई उल्टाएर अवधि पुगेका न्यायाधीशहरुको नयाँ सरुवा गरेका हुन्। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको कार्यकालयता न्यायाधीशहरुको काजसरुवा हुन सकेको थिएन।
पुनरावेदनमा को कहाँ?
सुष्मलता माथेमा बुटवलबाट पोखरा
सत्यराज गुरुङ जनकपुरबाट पोखरा
बाबुराम रेग्मी पाटनबाट हेटौंडा
प्रेमराज कार्की पोखराबाट बुटवल
विनोद शर्मा पाटनबाट वुटवल
तिलप्रसाद श्रेष्ठ हेटौंटाबाट पाटन
यज्ञप्रसाद बस्याल राजविराजबाट नेपालगन्ज
साहले नियमविपरीत मुख्य न्यायाधीशसमेत सरुवा गरेका थिए। रिक्त सर्वोच्च अदालतको स्थायी र अस्थायी न्यायाधीश नियुक्त हुने योग्यता पुगेका मुख्य न्यायाधीश सरुवा गर्ने परम्परा नै थिएन।
अन्तरिम संविधानको धारा ११० को उपधारा ३ मा मुद्दाको संख्या र न्यायिक निरुपण गरिनुपर्ने विवादको विÈयसमेतका आधारमा कुनै अदालतको न्यायाधीशलाई केही समयका लागि समान तहमा अन्य अदालतमा कामकाजमा खटाउन प्रधानन्यायाधीशले सक्ने व्यवस्था छ। तर साहले अवकाश पाउन १५ दिन मात्र बाँकी छँदा करिब १ सय जना न्यायाधीशको काजसरुवा गरेका थिए।
न्यायिक इतिहासमा पूर्वनिर्णय एक साता नबित्दै उल्टिएको सम्भवतः पहिलो हो।
सर्वोच्च अदालतको रजिस्ट्रार, न्यायपरिषद सचिव नियुक्त गर्ने, परिषदको बैठक नियमित राखी रिक्त न्यायाधीश नियुक्त गर्ने निर्णय श्रेष्ठको काम गर्ने इच्छाशक्तिका रुपमा हुनुपर्ने नेपाल बार एसोसिएसन महासचिव सुनीलकुमार पोखरेलले टिप्पणी गरे।
उनले बिहीबारै २०७० सालअघि नियुक्त ९१ र पछिका ८८ गरी १ सय ७१ जिल्ला न्यायाधीशको सरुवा गरेका छन्। पुनरावेदन अदालतका ३४ न्यायाधीशको पनि सरुवा भएको छ। साहले गरेका जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरुको काजसरुवा निर्णय उल्ट्याउँदै नयाँ सरुवा गरिएको हो।
श्रेष्ठले लामो समयदेखि रिक्त सर्वोच्च अदालतका रजिस्ट्रार तथा न्याय परिषदमा सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्दै न्यायालयलाई नयाँ रुपमा लैजाने अभियानसमेत अघि सारेका छन्।
पूर्व प्रधानन्यायाधीश साहले अवकाश हुनु दुई साताभन्दा कम समय बाँकी रहँदा सूचना प्रविधि शाखामा नियुक्ति, सूचना प्रविधि सामग्री खरिदलगायत विवादास्पद निर्णय लिएका थिए। श्रेष्ठले ती निर्णय उल्ट्याउँदै साहका कामकारबाही छानबिन गर्न सर्वोच्चका न्यायाधीश सम्मिलित छानबिन समिति गठन गरेका छन्।समितिमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ र सहरजिस्ट्रार महेन्द्रनाथ उपाध्याय सदस्य छन्। देशभरका अदालतमा सूचना प्रविधि विकास गर्न भनी साहले थालेका काम शंकास्पद देखिएको भन्दै समितिले तत्कालीन समयमा भएका कामहरुबारे अध्ययनसमेत थालिसकेको छ। प्रधानन्यायाधीश आफैं कुनै पनि समितिको सभापति नबस्ने परम्पराविपरीत साह आफैंले राखेको आइटी समिति सभापतिको जिम्मेवारी पनि श्रेष्ठले सुशीला कार्कीलाई सुम्पेका छन्।