धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ। मंगलबार विहान २ः३० बजे क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित सिन्धुलीटोलमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवाल रहेका छन्। भने, अन्य दुई जनाको सनाखत हुन नसकेको धनुषाका प्रहरी प्रवक्ता नयाव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
बाटोमा रोकिराखेको ना.२ ख. ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक हरिनारायण महतो प्रहरी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय महेन्द्रनगरमा राखिएको प्रहरी प्रवक्ता बस्नेतले बताए।
प्रहरीका अनुसार मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पातल जनकपुर ल्याएको छ। पहिचान खुल्न नसकेका मृतकका आफन्तहको खोजी भैइरहेको प्रहरीले जनाएको छ।