बुटवल– नवलपरासीको दुम्कीवास–५ को दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिकै शुक्रबार भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।

९ जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परी ६ जनाको घटना स्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
मृतकमध्ये हालसम्म ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा नवलपरासीको कावासोती–८ की २३ वर्षीया सुमित्रा लामा, लामाकी ७ महिनाकी छोरी अंशु लामा, बर्दघाट–६ की ५० वर्षीया माईली लामा, दाङ विजौरी–२ का ३२ वर्षीय जीवन खड्का र दाङ त्रिभुवन नगरपालिका–२ का ४५ वर्षीय गोविन्द बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मृतको शव प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको प्रहरीले जानकारी दिएको छ।
नारायणगढबाट दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यु पी ३२ डी एन ०८५४ नम्बरको भारतीय ट्रक बिहान साढे ८ बजे आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी घाइते हुनेमा दाङ घोराही नगरपालिका–५ का २७ वर्षीय शरण नरेश नेपाली, कावासोती–२ का थकाली चोक बस्ने वर्ष नखुलेकी सुस्मिता ढकाल, रुपन्देही हात्ती फसाटिक–८ बस्ने ३० वर्षका गोपाल रेग्मी, दाङ विजोडी–३ बस्ने १९ वर्षका सुभाष नेपाली, गोर्खा घ्यालचोक–५ बस्ने २७ वर्षका विनोद अधिकारी, चितवन भरतपुर उपमहानगरपालिका–२ बस्ने ४५ वर्षका एकबहादुर खत्री र ट्रक चालक भारत देवरीया कंचनपुर गाउँ उत्तर प्रदेश बस्ने वर्ष ५१ का व्यास शर्मा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
घाइते मध्ये २ जनालाई भरतपुर पठाइएको छ भने अन्यको दुम्कीवासमा उपचार भैरहेको छ।