वन क्षेत्रको अतिक्रमण राेक्न प्रजिअको अगुवाईमा संयुक्त अनुगमन
१३ वैशाख २०७९
•
४ मिनेट पाठ
वन क्षेत्रको अतिक्रमण राेक्न प्रजिअको अगुवाईमा संयुक्त अनुगमन
निर्वाचनको र भूमी सुधार आयोगले जग्गा बाँड्ने चर्चा चलेका बेला वन क्षेत्रको अतिक्रमण बढने सक्ने भन्दै कपिलवस्तुका बाणगंगा नगरपालिकाको पटना र हथौसा क्षेत्रमा रहेको वन क्षेत्रको संयुक्त अनुगमन गरिएको छ। 




प्रजिअ धर्मेनद कुमार मिश्राको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, २ वन डिभिजनक प्रमुख, भूमि सुधार र मालपोत कार्यालय प्रमुख, पत्रकार महासंघ लगायतको संयुक्त टोलीले पटना र  हथौसा क्षेत्रमा रहेको वन क्षेत्रको अनुगमन र निरीक्षण गरेको हो। बाणगंगा नगरपालिका वडा नम्बर १० र ११ मा रहेको मायादेबी साझेदारी वनमा १ हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। 

त्यस मध्ये ८ सय हेक्टर अतिक्रमित क्षेत्र छुट्टाई सकिएको र २ सय बढी हेक्टर डिर्मामशेन गर्न बाकी रहेको कपिलवस्तु डिभिजन वन कार्यालयका प्रमुख बिजयराज सुबेदीले बताए। त्यहको कलु वन क्षेत्र करिब ३ हजार ५ सय हेक्टर  वन क्षेत्र मध्ये १ हजार बढी अतिक्रमणमा परेको हो। वर्षाैंदेखि अतिक्रमणेको चपेटामा परेको त्यहा विभिन्न वाहानमा अतिक्रमण गरीएको छ। अतिक्रमण गरिएको वन क्षेत्रमा घर, टहरा बिद्यालय, खानेपानी टंकी मन्दिर, सुरक्षा निकायको बेस क्याम्पस  निर्माण मात्र होईन वनको बीचोबीच भागमा खेतीबारी गरिँदै आईएको छ। अतिक्रमण गर्नेमा राजनीतिक दलकै नेता अग्रपंक्तिमा रहेको वन कार्यालयको कर्मचारीहरु बताउँछन्। 

प्रजिअ मिश्राले वन क्षेत्र अतिक्रमणले गर्दा पटना क्षेत्रको वन दयनीय अवस्थामा रहेको बताए। ‘विभिन्न नाममा पटनमा वन अतिक्रमण भएको देखियो, त्यसलाई रोक्न ठोस योजना र कार्यान्वय नहुँदा वन अतिक्रमण रोकिएको छैन’ उनले भने। ‘पटना क्षेत्रको वन अतिक्रमण नियन्त्रण गर्न जरुरी छ, अब अतिक्रमण बढन दिनु हुँदैन ’ उनले भने। उनले वन अतिक्रमण रोक्न आफूले चाहिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वन अतिक्रमण देखेर दुःखी भएका प्रजिअ मिश्राले सालको ठूला-ठूला रुखलाई सुकाउन वन क्षेत्रमा बसोबास गर्नेहरुले रुखको हरियो गोलियामा थाछ्ने गरिए पनि त्यसलाई कसैले नरोकेको बताए। मायादेबी साझेदारी वनका अध्यक्ष अजिज खाले वन क्षेत्रको अतिक्रमण रोक्न धेरै प्रयास गर्दा पनि गाह्रो परेको बताए। ‘अतिक्रमण रोक्न धेरै प्रयास गरेको छु, तर ठोस सहयोग नपाउँदा गाह्रो परेको छ’ उनले भने। 

पटना वन क्षेत्र रुपन्देहीको सिमा नाकासंग जोडिएकाले पनि तस्करहरुको निसानामा पटनाको वन पर्दै आएको उनले बताए। २०५२ साल देखि अतिक्रमण सुरु भएको उनी बताउँछन्। पक्की, टिन र छाप्रो घर तथा खेतकारुपमा अतिक्रमण गरी बसेका छन्। वन क्षेत्र चौतर्फी निशानामा पर्दा पनि अतिक्रमण हटाउन सरोकारवाल निकाय, सरकारी निकाय, राजनीतक दल लगायतबाट प्रभावकारी भूमिका नभएकाले नै समस्या झन् बढदै गएको मायादेवी साझेदारी वनका अध्यक्ष माहोम्मद अजिज खाँले गुनासो गरे। ‘ अतिक्रमण खाली गराउन प्रयास गर्दा सहयोग पाउनुको साटो उल्टै धम्की आउने गरेको छ, ’ उनले गुनासो गरे ‘ त्यसैले पटनाको अतिक्रमण खाली गराउन निकै चुनौती रहेको छ।

काँडेतार लगाए पनि तस्कारी नरोकिएपछि पटना र हथौसामा रहेको वन क्षेत्रको सिमासाध निर्धारण गरि ट्रेन्च खन्न सुरु गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी मदन स्यान्डील्यले बताए। अहिलेसम्म वन क्षेत्रको वरिपरि गरी २२ किलोमिटर ट्रन्च खनिएको उनले बताए। वनमा ट्रेन्च खनिए पछि पटना क्षेत्रमा काठ तस्कारीमा निकै कमी आएको दाबी गरे। वन क्षेत्रमा नापी गरी अतिक्रमित क्षेत्र छुट्टाउन थालेपछि २ सय हेक्टर बढी क्षेत्र वन क्षेत्रमा आएको उनले बताए। 

पटना सव डिभजन कार्यालय सहायक वन अधिकृत पहलमान सेरबुजा मगरले वन क्षेत्रमा ट्रेन्च बनाउन, डिमार्केशन गर्ने, सुरक्षा गस्ती बढाए पछि अहिले भने तस्करी नियन्त्रणमा आएको बताए। उनले अतिक्रमित वन क्षेत्रलाई बढन नदिन आफुहरु लागी परेको बताए। डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत विभिन्न ७५ स्थानमा गरी कुल १ हजार ५६७ दशमलव ५७ हेक्टर वन अतिक्रमणमा परेको छ। जुन २ हजार ६५३ घरुधरीले अतिक्रमण गरी बसेका छन्। 

वन क्षेत्रको डिर्माकेशन नहुदा अतिक्रमित क्षेत्रको यकिन तथ्यांक पनि आउन गाह्रो परेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमसख बिजयराज सुबेदीले बताए। अतिक्रमित क्षेत्र नै किनबेच हुने गरको भूमि आयोगले सुकुम्बासीलाई जग्गा दिने आश्वसान, हाटबजार नै वन क्षेत्रमा लगाईने गरिएकाले अतिक्रमित क्षेत्र हटाउन चुनौती देखिएको उनले बताए। पटना र हथौसा क्षेत्रमा मायोदबी साझेदारी वन तथा राजापानी, कालिका र बुद्ध सामुदायिक वन रहेका छन। 

गत वर्ष डिभजिन वन कार्यालय कपिलवस्तुले ३३ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको थियो। अनुगमन टोलीमा डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कडेल, प्रहरी उपरिक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुस सेन वली, राष्ट्रिय अनुसंधानका प्रमुख यागेन्द्र केसी, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल, मालपोत प्रमुख रिषिराम पौडल, नापी कार्यालय प्रमुख कैलान नाथ पाण्डेय, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायत रहेका थिए।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
११ मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस