वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दुई हजार एक सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँका १२ स्थानीय तहमा दुई हजार एक सय १४ को उम्मेदवारी परेको हो।
सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। त्यमध्ये कांग्रेस, एमाले, माओवादी लगात ६ राष्ट्रिय मान्यता प्राप्त दल छन्। मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीसहित राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उतारेको छ। माओवादीसँग गठबन्धन गरेको नयाँ राजनीतिक दल एकीकृत समाजवादीले समेत सबै तहमा प्रतिनिधित्व गरेको छ। माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायत साना दलले आफ्नो उपस्थिति रहेका तहमा उम्मेदवार उठाएको छ।
१२ अध्यक्ष/प्रमुखका लागि ९६ प्रतिस्पर्धामा होमिएका छन्। १२ उपप्रमुख/उपाध्यक्ष मा ६९ को मनोनयन परेको छ। एक सय तीन वडामा चार सय ८४ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। दुई सय ६ खुला सदस्य चाहिनेमा सात सय ७४ ले मनोनयन दर्ता गराएका छन्। एक सय सय तीनको दरले महिला र दलित महिला सदस्य आवश्यक रहेकोमा क्रमशः तीन सय ६४ र तीन सय २७ प्रतिस्पर्धामा होमिएका छन्।
बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १४ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच/पाँचले मनोनयन दर्ता गराएका छन्। सबै पदमा गरेर इन्द्रावती गाउँपालिकामा सबैभन्दा धेरै दुई सय ५७ को उम्मेदवारी परेको छ। त्यसपछि क्रमश: मेलम्ची नगरमा दुई सय ४७ र चौतारा साँगाचोकगढी नगरपालिकामा दुई सय ४१ ले मनोनयन दर्ता गरेका छन्।
सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय १४ ले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। दाबी, विरोधका साथै कतिपयले उम्मेदवारी फिर्ता लिन सक्ने भएको यो संख्या भने केही घट्ने सम्भावना छ।