दाँत र आँखाको पढाइ कीर्तिपुर सारिँदै
०२ साउन २०७२
•
९ मिनेट पाठ
दाँत र आँखाको पढाइ कीर्तिपुर सारिँदै
काठमाडौं- चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थान (आइओएम) सँग परामर्श नै नगरी त्रिवि कार्यकारी परिषदले दन्त र आँखासम्बन्धी विषयको पठपाठन कीर्तिपुरमा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ।त्रिवि ऐनमा कुनै पनि संकायसम्बन्धी कार्यक्रम विस्तार गर्दा सोही संकाय अन्तर्गतको फ्याकल्टी बोर्ड र डिन कार्यालयको सिफारिस अनिवार्य चाहिने उल्लेख छ। त्रिवि सभा तथा कार्यकारी परिषद बैठकले भने त्यसलाई बेवास्ता गर्दै गत असार २२ गते बिडिएस कार्यक्रम कीर्तिपुर सार्ने निर्णय गरेको छ। त्यसअघिको बैठकमै यस्तो प्रस्ताव आए पनि कार्यकारी परिषदका सदस्य डा. धर्मकान्त बास्कोटाले असहमति जनाएपछि निर्णय हुन सकेको थिएन। असार २२ को बैठकमा बास्कोटालाई नबोलाईकनै निर्णय गरिएको थियो।




सो निर्णयको छायाप्रति २५ गते आइओएम पुगेपछि मात्र त्यहाँका अधिकारीले जानकारी पाएका थिए। आँखा कार्यक्रम सञ्चालन गर्न नेत्रज्योति संघसँग सम्झौता गरेको विषयमा त त्रिविले हालसम्म पनि खबर गरेको छैन।

यसअघि आइओएमअन्तर्गतको एमबिबिएस कार्यक्रम सार्ने निर्णय हुँदा आइओएम टुक्र्याउन खोजेको भन्दै आन्दोलन भएको थियो। त्यसपछि निर्णय कार्यान्वयन हुन सकेको छैन। शिक्षण अस्पतालका डा. गोविन्द केसीको आमरण अनशनका क्रममा सरकारले सो निर्णय कार्यान्वयन नगर्ने सहमति गरिसकेको छ।

एमबिबिएस सार्ने निर्णय कार्यान्वयन थाती राखे पनि त्रिवि पदाधिकारीले आइओएमसँगै समानान्तर कार्यक्रम चल्ने गरी नयाँ सम्झौता गरेका हुन्।

आइओएमले पाँच वर्षअघि नै आफ्नै परिसरभित्र बिडिएस कार्यक्रम विस्तार गर्ने निर्णय गरेको थियो। सो आधारमा आइओएमले पटकपटक बजेट समेत माग गर्दै आएको छ। नयाँ आर्थिक वर्षको कार्यक्रममा समेत आइओएमले बिडिएस सञ्चालनका लागि पूर्वाधार बनाउने योजनासहित बजेट मागेको छ।

आइओएमलाई असार २५ गते पठाइएको पत्रमा त्रिवि प्राज्ञिक परिषदको स्थानीय समितिको निर्णयबमोजिम आर्थिक वर्ष ०७२/०७३ देखि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको बिडिएस (ब्याच्लर अफ डेन्टल सर्जरी) कार्यक्रम कीर्तिपुर परिसरमा सार्ने उल्लेख छ। निर्णयको छायाप्रतिमा विश्वविद्यालय क्याम्पस र प्रिन्सिपल कार्यालय भवन बिडिएस कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको उल्लेख छ।

स्रोतका अनुसार निर्णयलगत्तै आइओएम पदाधिकारीले सोधीखोजी गर्दा आइओएमअन्तर्गतकै डेन्टल विभागको सिफारिसमा सारिएको जवाफ त्रिवि पदाधिकारीले दिएका थिए।

डेन्टल विभाग प्रमुख डा. वसन्त श्रेष्ठले आफूले कीर्तिपुर परिसरमै कार्यक्रम सुरु गर्ने गरी सिफारिस नगरेको बताए। 'मैले यो वर्षदेखि बिडिएस कार्यक्रम हाम्रोमै सञ्चालन हुनुपर्योर भनेर सिफारिस गरेको हुँ,' उनले भने, 'धेरै अगाडिदेखि मेरो भनाइ यही थियो।'

प्राज्ञिक कार्यक्रम विस्तार र स्थानान्तरणका लागि सम्बन्धित विभागको राय लिएर डिन कार्यालयले मात्रै सिफारिस गर्न सक्छ। तर, श्रेष्ठले डिन कार्यालयलाई थाहै नदिई उक्त सिफारिस गरेका थिए।

आइओएमका डिन डा. राकेश श्रीवास्तवले डिन कार्यालयलाई जानकारी नै नदिई यस्तो निर्णय भएर आउँदा आफू आश्चर्यमा परेको बताए। लगत्तै आइओएम पदाधिकारीले सोधीखोजी गर्दा डा. श्रेष्ठले उपकुलपतिले भनेपछि प्रक्रिया मिचेरै सिफारिस दिएको जवाफ दिएका थिए। 'भिसी सरले डिनसँग कुरा भइसक्यो पठाउनुस् भन्नुभयो, पठाईदिएँ जवाफ दिनुभयो,' डा. श्रीवास्तवले भने, 'मलाई किन सोध्नुभएन त भन्दा उहाँले भनेपछि गरेको भन्नुहुन्छ।'

डिन डा. श्रीवास्तवले त्रिवि परिसरमा अस्पताल मात्रै चलाउने भए आइओएमको सहमति नचाहिने, तर अध्ययन नै गराउने भए सहमति हुनुपर्ने बताए। उनले नेत्रज्योति संघसँग भएको सहमतिबारे औपचारिक जानकारी नभएको बताए। त्रिविअन्तर्गतको आइओएम परिसरमा अहिले पनि बिपी कोइराला अफ्थाल्मोलोजी सेन्टर सञ्चालित छ।

त्रिविले स्वदेशीसँगै विदेशी विद्यार्थीलाई एमडी अफ्थाल्मोलोजी, विशिष्टीकृत सेवाका लागि फेलोसिफ, अनसुन्धानलगायत कार्यक्रम सञ्चालन गर्ने भन्दै कीर्तिपुरमा आँखा अस्पताल बनाउने सम्झौता गरेको थियो।

अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न कीर्तिपुरस्थित त्रिवि परिसरमा १० रोपनी जग्गा उपलब्ध गराउने र संघले भवन बनाएर अस्पताल चलाउने सम्झौतामा उल्लेख छ। यो सम्झौता गर्दा समेत आइओएमलाई जानकारी गराइएको थिएन।

आइओएमको अन्डरग्र्याजुएट कार्यक्रम सार्ने निर्णय गत वर्ष भदौ १० को त्रिवि सभाले गरेको थियो। सो आधारमा असोज ८ गते नै त्रिविले दुइटा उच्चस्तरीय समिति गठन गरेको थियो। तर, समितिको सिफारिस र आइओएमको सहमतिबिनै गत पुस १० गते कार्यकारी परिषदले आइओएमको अन्डरग्र्याजुएट कार्यक्रम त्रिवि परिसरमा सार्ने गरी जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट) नेपाल नामक गैरसरकारी संस्थासँग ५० वर्षे सहमति गरेको थियो।

पछि दुवै समितिले आइओएमका कुनै पनि कार्यक्रम कीर्तिपुर सार्न नहुन जनाउँदै महाराजगन्जमै विस्तार गर्न सिफारिस दिएका थिए। सो सिफारिसमा चित्त नबुझेपछि उपकुपति हीराबहादुर महर्जन फेरि अर्को समिति बनाएका थिए। त्यसलगत्तै डा. केसीले आइओएम टुक्र्याउने निर्णय फिर्ता गर्नुपर्ने मागसहित आमरण अनशन सुरु गरेका थियो। सरकारले डा. केसीसँग सो निर्णय रद्द नै गर्ने सहमति गरेको थियो।

जसरी पनि थप कलेजलाई सम्बन्धन दिन अनेक प्रयासमा त्रिवि उपकुलपति महर्जन र रेक्टर गुणनिधि न्यौपाने लाग्दै आएका थिए। त्यसमा सफल नभएपछि उनीहरू सम्बन्धनको बाटो खोल्नकै लागि आइओएमलाई पिजीमा स्वायत्तता दिन र एमबिबिएस छुट्ट्याउन लागेका थिए। उनीहरू एमबिबिएस टुक्र्याउन नसके पनि अन्य कार्यक्रम टुक्र्याउन लागिपरेको डा. केसीले बताएका छन्। उपकुलपति महर्जनको चारवर्षे कार्यकाल साउन तेस्रो साता सकिँदैछ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस