काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रमा विषयपिच्छे परिषद हुँदा पाठ्यक्रम, अनुगमन र गुणस्तरमा एकरूपता कायम गर्न असहज भएको निष्कर्ष निकाल्दै चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलले स्वायत्त चिकित्सा शिक्षा आयोगको प्रस्ताव गरेको छ।केदारभक्त माथेमा नेतृत्वको कार्यदलले हाल सञ्चालनमा रहेका स्वास्थ्य शिक्षाका नियमनकारी पाँचवटा परिषदको अधिकार क्षेत्र कटौती गर्दै आयोग गठन गर्न सुझाव दिएको हो।
हाल स्वास्थ्य शिक्षा क्षेत्रमा मेडिकल (चिकित्सा), स्वास्थ्य व्यवसायी, नर्सिङ, फार्मेसी, आयुर्वेद चिकित्सा परिषद छन्। कार्यदलले प्रधानमन्त्रीलाई आयोगको अध्यक्षमा प्रस्ताव गरेको छ। कार्यकारी उपाध्यक्ष रहने २७ सदस्यीय आयोगमा ७ सदस्यीय कार्यकारी समिति र ६ वटा अधिकारसम्पन्न निर्देशनालय प्रस्ताव गरिएको छ।
'प्रस्तावित आयोगका कतिपय कार्यक्षेत्र विश्वविद्यालय, प्रतिष्ठान र परिषदको क्षेत्राधिकारभित्र परेकाले बाझिएका व्यवस्था आयोगको कार्यक्षेत्रभित्र रहने गरी व्यवस्थापिका संसदबाट ऐन जारी गरेर आयोग स्थापना गर्न जरुरी छ,' प्रतिवेदनमा भनिएको छ।
कार्यदलले नेपाल मेडिकल काउन्सिलको पुनःसंरचनाका लागि छुट्टै प्रस्तावसमेत गरेको छ। नेपाल मेडिकल काउन्सिलको संरचना तथा यसको काम, कर्तव्य र अधिकार पुनर्परिभाषित गरी प्रनितिधित्वसमेत पुनर्गठन गर्न प्रस्ताव गरिएको छ। काउन्सिललाई एमबिबिएस र विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा सञ्चालन, मेडिकल प्रोफेसनलसमेतको आचारसंहिता कार्यान्वयन हेर्ने र निरन्तर व्यावसायिक विकास (सिपिडी) का कार्यक्रम कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिनसमेत कार्यदलले सिफारिस गरेको छ।
हाल स्वास्थ्य जनशक्ति उत्पादनमा सम्बन्धन दिने र प्राज्ञिक गतिविधि सञ्चालन गर्ने सिटिइभिटीसहित विश्वविद्यालयहरू शिक्षामन्त्रालयअन्तर्गत र विषयगत परिषद स्वास्थ्य मन्त्रालयअन्तर्गत छन्। यी दुईथरी संरचनाबीच समन्वय अभावमा आवश्यकताअनुसार जनशक्ति उत्पादन हुन नसकेको र उत्पादित जनशक्तिको गुणस्तर प्रश्न उठ्ने गरेको भन्दै समितिले यस्तो आयोगको प्रस्ताव गरेको हो। निजी मेडिकल कलेज सञ्चालकहरूले चिकित्सा परिषदको भूमिका खुम्च्याउन खोजेको भन्दै विरोध गरे पनि विज्ञहरूले भने यस्तो संरचनाको प्रस्तावलाई सकारात्मक भनेका छन्।
कार्यदल प्रतिवेदनमा स्वास्थ्य जनशक्तिसम्बन्धी शिक्षाको विकास एवं प्रवर्द्धनका लागि मौजुदा संरचनागत, कानुनी व्यवस्था र अभ्यास प्रभावकारी नभएको निष्कर्ष निकालिएको छ।
सुझावसम्बन्धी सातांै परिच्छेदको १२ औं बुँदामा चिकित्सा शिक्षाका क्षेत्रमा विश्व परिवेशमा आउने परिवर्तन र समस्या तथा चुनौतीलाई समायोजन एवं सामना गर्न सक्ने संरचनागत र कानुनी व्यवस्था गर्न आवश्यक रहेको उल्लेख छ।
यसै सन्दर्भमा शिक्षण संस्थाको स्थापना, शिक्षण अस्पताल, एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्था सञ्चालन, अनुगमन, गुणस्तर सुनिश्चितता, प्रत्यायोजन (एक्रेडिएसन), आधारभूत पाठ्यक्रम प्रारूप, स्नातकोत्तर तहको वैकल्पिक तालिम व्यवस्था, इन्टर्नसिप, संस्थागत तथा निकायगत समन्वयका लागि एक अधिकारसम्पन्न स्वायत्त चिकित्सा शिक्षा आयोग गठनका लागि सुझाइएको छ।
सोही परिच्छेदको १२.१ मा चिकित्सा शिक्षा आयोग (एचपिइसी) को गठनसम्बन्धी सुझाव समेटिएको छ। आयोगको कार्यकारी उपाध्यक्ष विश्वविद्यालय एवं प्रतिष्ठानका पूर्वउपकुलपति एवं राष्ट्रिय स्तरका स्वास्थ्य संस्थाका पूर्वप्रमुखमध्येबाट मन्त्रिपरिषदले नियुक्त गर्ने प्रस्ताव छ।
यस्तै, आयोगमा १० जना सदस्य स्वास्थ्य शिक्षामा कार्यक्रम चलाएका संस्थाका उपकुलपतिमध्येबाट नियुक्ति गर्ने प्रस्ताव छ। आयोगका अन्य सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा तथा स्वास्थ्य हेर्ने) सहित दुई र कम्तीमा एक महिलासहित अध्यक्षले सिफारिस गरेका चार मनोनीत सदस्य हुनेछन्। त्यसैगरी, विषयगत काउन्सिलबाट अध्यक्षहरूमध्ये ५ सदस्य आयोगबाट मनोनीत सदस्य र नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्वमध्ये एक महिलासहित २ जना सदस्य रहने प्रस्ताव गरिएको छ।
प्रस्तावित आयोगको दैनिक कार्य सञ्चालनका लागि कार्यकारी उपाध्यक्षको अध्यक्षतामा महाशाखाका निर्देशकहरूसमेत रहने गरी तथा अध्यक्षबाट मनोनीत आयोगका सदस्यमध्ये १ जनासहित ७ सदस्यीय कार्यकारिणी समिति रहनेछ।
आयोगले स्वास्थ्य जनशक्तिसम्बन्धी शिक्षा क्षेत्रका सबै तह तथा विषयको मापदण्ड र स्तर तथा एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि नीति निर्धारण गर्ने, प्रत्यायोजनसम्बन्धी नीति नियम, आधार तथा मापदण्ड तय गर्नेेसमेत प्रस्तावमा उल्लेख छ।
त्यसैगरी, प्राज्ञिक उन्नयन तथा अनुसन्धानसम्बन्धी नीति तय गर्ने, चिकित्सा शिक्षासम्बन्धी विभिन्न तह र विधाका नवीन शैक्षिक कार्यक्रमबारे नीति निर्धारण गर्ने, संस्थागत तथा निकायगत समन्वय गर्ने गराउने, स्वास्थ्य जनशक्तिसम्बन्धी शिक्षा क्षेत्रमा नेपाल सरकार तथा विश्वविद्यालयलाई सल्लाह सुझाव प्रदान गर्ने र चिकित्सा शिक्षाको क्षेत्रमा तोकिएबमोजिमका अन्य कार्य गर्ने उल्लेख छ।
उल्लिखित काम गर्नका लागि प्रस्तावित ६ वटा निर्देशनालयमा मापदण्ड र स्तर निर्धारण, प्रत्यायोजन योजना तथा समन्वय निर्देशनालय, प्राज्ञिक उन्नयन तथा अनुसन्धान, परीक्षा, वैकल्पिक स्नातकोत्तर शैक्षिक कार्यक्रम छन्।
चिकित्सकहरू तथा दन्त चिकित्सकहरूका पेसागत संगठनहरूका निर्वाचित अध्यक्षहरू नेपाल मेडिकल काउन्सिलको पदेन सदस्य हुने भएकाले त्यस क्षेत्रबाट थप प्रतिनिधित्व आवश्यक नपर्ने भन्दै कार्यदलले काउन्सिलमा निर्वाचनसम्बन्धी व्यवस्था खारेज गर्नसमेत सिफारिस गरेको छ। मेडिकल काउन्सिलमा डेन्टल विधाबाट एक उपाध्यक्ष थप गर्न र डेन्टल विधालाई थप जिम्मेवार तथा सुदृढ बनाउन समेत कार्यदलले सिफारिस गरेको छ।
काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटाले उच्चस्तरीय कार्यदलले सिफारिस गरेकामध्ये सिंगल इन्ट्री प्रवेश परीक्षा, काउन्सिलमा निर्वाचन गर्ने परिपाटी अत्यन्त सकारात्मक रहेको बताए।