प्रहरी-सशस्त्रको टकरावप्रति सेनाको चासो
०४ साउन २०७२
•
६ मिनेट पाठ
प्रहरी-सशस्त्रको टकरावप्रति सेनाको चासो
काठमाडौं- पक्राउ पुर्जी जारी गर्न पाउने अधिकारसहितको नियमावली पारित भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीविच बढेको द्धन्द्धप्रति नेपाली सेनाले चासो ब्यक्त गरेको छ।कानुन अनुसार विशेष परिस्थितीमा मात्रै परिचालीत हुनसक्ने सशस्त्रलाई प्रहरीझै नियमित परिचालन गरी पक्राउ र पक्राउ पुर्जी दिने अधिकार सहित गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को विधेयक समितिले सशस्त्र प्रहरी नियमावली–२०७२ पारित गरेपछी दुबै संगठनका अधिकारीविचको सम्बन्ध चिसिएको थियो।




भुकम्पछी सेनाले खोजी, उद्धार र राहतका लागी सञ्चालन गरेको अप्रेशन संकटनमोचन लगायत समसामयिक विषयमा छलफल गर्न सैनिक मुख्यालयले सोमबार राखेको पृतनापतीहरुको भेलाले दुबै संगठनका सदस्यविच बढेको द्धन्द्धप्रती चासो राखेका हुन्।

सेनाले छलफलबारे जानकारी दिन जारी गरेको विज्ञप्तीमै सो विषय उल्लेख गर्दै ' हालको अवस्थामा अन्य सुरक्षा निकायहरु विचको आपसी सम्बन्धको कारण उत्पन्न हुनसक्ने संभावित असहज परिस्थितिको बारेमा पृतनापतिहरुले चासो व्यक्त गर्नुभएको' उल्लेख गरेको छ।

भेलामा सहभागी ६ वटा पृतनाका प्रमुखहरुले सशस्त्रको नियमावली आएसँगै दुबै संगठनविच बढेको दुरीको नकारात्मक असर फिल्डमै देखिन थालेको भन्दै उनीहरुले यसले शान्ति सुरक्षा व्यवस्थापनमै नकारात्मक असर पारिरहेको ब्रिफ गरेका थिए।

सशस्त्र प्रहरी परिचालन सम्बन्धी निर्देशिकाले सशस्त्रलाई प्रहरीझै चेकिङ, गस्ती, चोरी, डकैती, चन्दा असुलीमा पक्राउको अधिकार तोकिसकेको र त्यसैलाई बलियो बनाउन प्रहरीको क्षेत्राधिकारभित्रको पक्राउ पुर्जी जारी गर्न सक्ने अधिकार समेत दिएको भन्दै प्रहरी नेतृत्वले संस्थागत असहमती जनाएको थियो।

मन्त्रीपरिषद्को विधेयक समितिले प्रहरीको संस्थागत असहमती बेवास्था गर्दै नियमावली पारित गरेपछी गृह–प्रहरी र सशस्त्र नेतृत्वको सम्बन्ध चिसिएको थियो भने गृहमन्त्री बामदेव गौतमले औपचारिक कार्यक्रममै प्रहरीको आलोचना गर्दै सशस्त्रको पक्षमा वकालत गरेका थिए।

सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले दुबै सुरक्षा संगठनविचको सम्बन्ध विग्रिए शान्ती सुरक्षामा असर पर्नसक्ने भन्दै भेलामा त्यस विषयमा चासो राखेको बताए। 'भुकम्पपछी तीनवंगठन एकिकृत रुपमा खटिदा प्रभावकारी काम हुनसक्यो' पोखरेलले नागरिकसँग भने' अहिले पृतनापतीहरुले दुई संगठनविचको सम्बन्ध त्यत्ति सुमधुर नरहेको अनुभव गर्नु भएको रहेछ, भेलामा त्यही जानकारी गराउनुभएको हो।'

सशस्त्रको नयाँ नियमावलीमा रहेका कतिपय विषयवस्तुहरु सेनाको क्षेत्राधिकारभित्रका रहेको भन्दै पृतनापतीहरुले ' नेपाली सेनाको छवी, परम्परालाई मिनिमाइज गर्दै अन्य संगठनलाई अधिकार सम्पन्न गराउने शड्यन्त्र भइरहेको' भन्दै त्यसविरुद्ध एकिकृत रुपमा प्रतिवाद गर्नुपर्ने सुझाव दिएको छलफलमा संलग्न स्रोतले जानकारी दियो।

'सेनालाई मिनिमाइज गर्ने प्रयास भइरहेको छ यसले राष्ट्रिय सुरक्षानै खतरामा पर्नसक्छ' छलफलमा उठेको विषय उदृत गर्दै स्रोतले भन्यो' यसको तत्काल प्रतिवाद हुन आवश्यक छ।'

बैठकमा संविधान सभाको मस्यौदामा सेनाको विषयमा राखिएको व्यवस्थाहरुमाथी समेत गम्भिर छलफल भएको थियो। भेलामा सहभागी उच्च सैनिक अधिकृतहरुले सेनालाई निजामती कानुनमा बाध्न खोजेको भन्दै मस्यौदाप्रति कडा असहमती राखेका थिए।

मस्यौदामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकास प्राप्त सैनिकमाथी अनुसन्धान गर्न सक्ने, भर्ना छनौट तथा भर्नामा लोकसेवाको नियन्त्रणमा रहने, राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानसेनापती सदस्य नरहने ,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतीले प्रधानसेनापती नियुक्त गर्ने प्रावधानको साटो सिधै राष्ट्रपतीले नियुक्त गर्नसक्ने प्रावधानप्रति सहभागीले असहमती राखेका थिए।

'सेनालाई निजामती कानुनमा बाध्न खोज्नु अन्तराष्ट्रिय मापदण्ड विपरित हो' भेलामा उठेको विषय उदृत गर्दै स्रोतले भन्यो ' यस विरुद्ध एकजुट हुनुपर्छ।'

छलफलले भुकम्पपछी खोजी, उद्धार र राहत वितरणमा संगठनले प्रभावकारी काम गरेको र यसले जनतामा सेनाप्रती थप विश्वास बढेको निष्कर्ष निकालेको थियो। छलफलमा सम्बोधन गर्दै प्रधानसेनापती गौरवशमसेर राणाले उपलब्ध स्रोत र साधनको अधिकतम् परिचालन गरी उल्लेखनीय उपलब्धी आएको भन्दै सबैलाई धन्यवाद दिएका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस