सर्लाहीमा सुरक्षाकर्मीकै मिलोमतोमा गोरु तस्करी भइरहेको रहस्य सार्वजनिक भएको छ। सीमावर्ती भारतीय नाकाबाट रौतहटको गरुडा बजार हुँदै सर्लाहीतर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गोरु नियन्त्रणमा गरेपछि तस्करीको रहस्य पुस्टि भएको हो।
छिमेकी मुलुक भारतबाट तस्करी भएर आएको गोरु रौतहटको गरुडा बजार हुँदै सर्लाहीको नवलपुर तर्फ बुधबार लैजाने क्रममा सशस्त्र प्रहरीको मधेस प्रदेश बाहिनीको टोलीले यहाँको बरहथवा नगरपालिका १ स्थित वागमती नदीबाट ३२ वटा गोरु नियन्त्रणमा लिएर आवश्यक कार्यबाहीको लागि मलंगवा भन्सार कार्यालय पुर्याएपछि तस्करीको रहस्य बहिरिएको हो।
तस्करहरुले गोरु लिएर सर्लाहीको नवलपुर तर्फ गाडीमा लोड गर्नका लागि लैजाँदै गर्दा मधेस प्रदेश छिन्नमस्ता बाहिनी बर्दिवासबाट खटिएको विषेश टोलीलाई देख्ना साथ गोरु छाडी भागेको र करिव साढे १३ लाखको मूल्याँकन गरिएका ३२ वटा गोरु नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी गणेशठाडा मगरले बताएका छन्।
तस्करहरुले भारतीय क्षेत्रबाट गोरु किनेर रौतहट र बाराको विभिन्न नाका हुँदै गरुडा बजारसम्म किसानको नाममा पुर्याउने गर्छन्। नक्कली किसान बनेर तस्करहरुले सर्लाहीको नवलपुर, नयाँरोडसम्म गोरु पुर्याएपछि तस्करहरुको अर्को समूहले ट्रकमा लोड गरेर नक्कली क्वारेन्टाइनसहितका कागजात खडा गरेर पूर्वान्चलको काँकडाभिटा नाका हुँदै तस्करीको माध्यमले बंगलादेशसम्म तस्करीको गोरु पुर्याउने गरेकोे बुझिएको छ।
चुनावको मुखमा सर्लाहीको विभिन्न नाकाबाट खुलेआम तस्करी भइरहेको पाइएको छ। खुल्ला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरु सर्लाहीका चोर नाकाहरु भएर दिनदहाडै दैनिक उपभोग्य, कस्मेटिक, कपडा, स्पेयर पार्टस, लगायतका बहुमूल्य सामानहरुको तस्करी कार्य संगठित रुपमा भइरहेको देखिएको छ।
रौतहटबाट विस्थापित भएका तस्करहरु सर्लाहीको सुरक्षाकर्मीलाई मोटो रकम दिएर बलरा, अर्लाहा, मधुवनी, मलंगवाको लचका नाका, त्रिभुवन नगर लगायतका नाकाहरुबाट खुलेआम तस्करी भइरहेको स्थानीय सर्वसाधारणहरुले बताएका छन्।
अवैध कारोबारीहरुको लागि सर्लाही ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। स्थानीय प्रहरी प्रशासनको संरक्षणको कारण अवैध कार्यले तीव्रता पाएको श्रोतको दाबी छ।